26 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

हाम्रो क्रिकेट विश्वभरी “नोटीस” भएको छ

29 - Apr- 2014, Posted by: Yuwahunkar

विश्वकपमा पुग्नु नै हाम्रो लागि एउटा ठूलो उपलब्धि थियो । विश्वकप हाम्रो लागि शुरुवात हो, यतिमै सीमित हुने त होइन । हामी त अत्यन्तै उत्साही भएका छौं ।

पारस खड्का, कप्तान, नेपाली राष्ट्रिय क्रिकेट टीम



नेपाली क्रिकेट टीम विश्वकप खेलेर फर्कियो, कस्तो लागिरहेको छ ?
विश्वकपमा पुग्नु नै हाम्रो लागि एउटा ठूलो उपलब्धि थियो । विश्वकप हाम्रो लागि शुरुवात हो, यतिमै सीमित हुने त होइन । हामी त अत्यन्तै उत्साही भएका छौं । हाम्रो क्रिकेट विश्वभरी “नोटीस” भएको छ । क्रिकेट खेलको इतिहासमा यो हामी र खेलकुदलाई माया गर्ने सबैका लागि अविष्मरणीय क्षण थियो । अन्तर्राष्ट्रिय मैदानमा खेल्ने हामी सबैको सपना थियो । हामी टी–२० का लागि छनौट भएदेखि नै उत्साह थियो । त्यो भावनालाई म शब्दमा व्यक्त गर्न सक्दिनँ ।

बंगलादेशमा क्रिकेट खेल्दा सारा नेपालले हामीलाई हेरिरहेको छ भन्ने महशुष भएको थियो ?
मैंले सामाजिक सञ्जालहरुमार्फत् फोटोहरु हेरेको थिएँ । वसन्तपुरमा प्रोजेक्टर राखेर धेरै दर्शकहरु उत्साहका साथ क्रिकेट हेरिरहेका थिए । जुन देशका अन्य भागहरुमा पनि भएको थियो । यस्तो मोह त हामीले अपेक्षा गरेकै थिएन । खेलमा हामी सधैं अरु देशहरुको म्याच हेरेर अरुलाई समर्थन गथ्र्यौं । तर, यसपालि हामी नै अन्तर्राष्ट्रिय मैदानमा विश्वकप खेल्दै थियौं । खेलमा हामीले सबैभन्दा माथिल्लो तहको खेल मान्ने त विश्वकप नै हो । नेपालले विश्वकप कहिले खेल्न पाउँछ भन्ने सपना अब चरितार्थ भएको छ ।

खेलाडीहरुलाई मैदानमा कत्तिको दबाब हुन्छ ?
हामीले सबैभन्दा धेरै दबाब त विश्वकपका लागि छनौट हुने बेलामा महशुष ग¥यौं । विश्वकप त हाम्रा लागि “सो केस स्टेज” थियो भने विश्वकपसम्म पुग्ने “क्वालिफाइङ स्टेज” हरुचाहिं हाम्रो लागि निकै चुनौती र दबाबपूर्ण थियो । मैंले खेलेयता सबैभन्दा ठूलो दबाबमा खेलेकोचाहिं “दुबईको क्वालिफायर” खेलमा हो ।

नेपालले आरामसँग हराएको हङकङले नेपाललाई हराउने बंगलादेशलाई सजिलै हराइदियो, त्यतिबेला ग्लानि भयो कि भएन ? अलिकति फरक रणनीति लिएको भए त आयोजक राष्ट्रलाई पनि जित्न सकिने रैछ भन्ने लागेको थियो ?
अवश्य लागेको थियो । हामी जब खेल्छौं, आफ्न प्रतिद्वन्द्वीलाई हराउनका लागि नै खेल्छौं । तर, खेलको सुन्दरता के हो भने एउटा टीम जित्छ, अर्को हार्छ– यो त सत्य हो । हामी खेलाडीहरुले पनि नतिजा के आउँछ भनेर बढी सोच्नुभन्दा पनि आफू प्रतिवद्ध भएर खेल्नुपर्छ । आफूूले क्षमताले खेल्दाखेल्दै पनि आफ्नो प्रतिस्पर्धीले राम्रो खेल्छ भने हामीले त्यसलाई स्वीकार गर्नुप¥यो ।

राष्ट्रिय टीमलाई नेतृत्व गर्दा कस्तो उत्तरदायित्व वहन गर्नुपर्दो रहेछ ?
क्याप्टेनको रुमा र खेलाडीको रुपमा कसरी कार्यसम्पादन गर्ने भन्ने कुरा हो । सबैभन्द पहिला त म राम्रो खेलाडीको रुपमा प्रमाणित हुनुपर्छ । राम्रो खेलाडीको रुपमा म राम्रो ब्याटीङ र बलिङ गर्छु । खेलाडीको रुपमा मेरो कार्यसम्पादन नै महत्वपूर्ण कुरा हो । क्याप्टेन हुँदा खेलाडीहरु र क्रिकेट खेलको हितका लागि चाहिं लड्नै पर्ने रहेछ, संघर्षै गर्नुपर्ने । म आफ्नो स्थानबाट क्रिकेट खेल राम्रो गर्न धेरै मेहनत गरिरहेको छुु । खेलाडीहरु म्यानेज गर्न त कुनै समस्या हुँदैन ।

टी–२० खेल्ने हामी नेपालीको स्वदेशमा एउटा पनि अन्तर्राष्ट्रिय स्तरको रंगशाला छैन, कस्तो अचम्म छ होइन ?
म यो कुरालाई कसरी दाँज्छु भने नेपाल विकसित छैन । नेपालको विकास किन भएन त भने उदाहरण सुनाउँछु, म सानो छँदा टेम्पो कप खेल्न भारतीय क्रिकेट टीमका कप्तान कपिलदेवहरु किर्तिपुर आउनुभएको थियो । त्यतिबेला क्रिकेट ग्राउण्ड यति धेरै राम्रो थियो । जति पछि भयो क्रिकेट ग्राउण्ड त्यति नराम्रो–नराम्रो हुँदै गयो । अहिले त किर्तिपुरको ग्राउण्ड कस्तो भयो तपाईंले देख्नुहुन्छ । यसले हाम्रो व्यवस्थापन कस्तो छ भन्ने कुराको सचित्र वर्णन गर्छ ।

 यस्तो अवस्थाका लागि जिम्मेवार को छन्, सरकारको तदारुकता केही देखिएन होइन ?
अब सरकारको तर्फबाट केही होला भन्ने आशा गरौं । ध्यानआकर्षण गर्न पनि नतिजा दिनुपर्ने कुराचाहिं गलत हो । लगानी गर्नुपर्छ अनिमात्र नतिजा आउँछ । क्रिकेटमा आज बिना लगानी हामी यहाँसम्म आइपुग्यौं । लगानी गर्ने हो भने हामी अझ धेरै राम्रो गर्न सक्छौं भन्ने कुरा चाहिं बुझ्नुपर्ने व्यक्तिहरुले बुझ्नुभएको छ कि । अब पनि गर्नुभएन भने उहाँहरुले रंगशाला बनाउने काम सम्पन्न गरिसक्दा खेलाडीहरु नै नहुने अवस्था हुन्छ कि भनेर सोच्नुपर्छ ।

यो पटक क्रिकेटमा जे उपलब्धि पाइयो, त्यसले भविष्यमा केही काम गर्न सबै पक्षलाई तातो लागेको छ र काम होला जस्तो लाग्छ ?
आशा गरेका छौं । शायद गरेनन् भने नेपाली जनताले प्रश्न गर्नुहोला । हामी खेलाडीहरुका तर्फबाट सक्दो प्रयास गरेका छौं । अब नेपाली क्रिकेट अघि बढ्नका लागि राम्रो व्यवस्थापन, सबैले आ–आफ्नो पक्षबाट जिम्मेवारी नलिइकन सम्भव हुँदैन । त्यो भएन भने नेपालले सन् २०१४ मा टी–२० खेलेको थियो भन्ने इतिहासको पानामा सीमित हुन्छ । हामी दुई वर्षपछि फेरी टी–२० खेलौं, चार वर्षपछि सन् २०१९ को ५० ओभरको क्रिकेट खेलोस् । त्योचाहिं हाम्रो चाहना हो । यदि यो समयमा पनि हामीले केही गर्न सकेनौं भने न नेपाली क्रिकेट अघि बढ्छ, न खेलकुद क्षेत्र नै राम्रो हुन्छ । यो समग्र खेलकुल क्षेत्रकै विकासका लागि पनि परिक्षा हो ।

क्रिकेट खेलले राष्ट्रिय एकतालाई खोजेर ल्याउने काम ग¥यो भन्ने विश्लेषणहरु भइरहेका छन्, तपाईंलाई त्यस्तो लाग्छ ?
यो त प्रमाणित नै भयो । मैंले जति मानिसहरु भेटेको छु– उहाँहरुबाट राम्रो प्रतिक्रिया पाएको छ । हामी त क्रिकेट खेलिरहेका छौं । यसरी क्रिकेट खेल्दा देश नै आएर समर्थन गरिरहेको छ । न पहाड, न तराई, न हिमाल हामीले नेपालको झण्डामुनि खेलिरहेका छौं । देश नै एक ठाउँमा आएर समर्थन दिदाँ हामीमा नयाँ जोश र जाँगर आएको छ कि हामी अझ राम्रो नतिजा दिन सक्छौं कि ।

अब हुन लागेको एसीसी प्रिमियर लिगको तयारी अवस्था के छ, यसमा कस्तो नतिजा सोच्नुभएको छ ?
अपेक्षा त ठूलै हुन्छ । अप्रिलको बीचबाट हामी तयारीका लागि लाग्छौं । खेल हो, हारजीत हुन्छ । हामी खेलाडीहरु हरेक म्याच जित्न सक्दो प्रयास गर्छौं । नेपालले क्रिकेट ग्राउण्डमा जित्दा देश खुसी हुन्छ भने हामी सधैं प्रयास गर्छौं ।
 


Interview


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar