समृद्ध राष्ट्र निर्माणको लागि युवालाई रोजगारी पहिलो सर्त
9 - Oct-2018, Posted by: Yuwahunkar | COMMENTS: 0
कुनै पनि देशको आर्थिक बिकास र समृद्धिको आधार भनेका युवा नै हुन ।
आजको युगमा जुन देशमा युवा मैत्री नीति कानुनहरु रहेको छ, ति देश नै आर्थिक बिकास र समृद्धिको उचाईमा पुगेकाछन । अमेरिका, जापान, चीन, कोरिया, स्वीटरजल्याण्ड, अष्टेलिया, जर्मर्नी, नर्वे लगायतका राष्टहरु युवा मैत्री ऐन नियम भएकै कारण आर्थिक बिकास र समृद्धिमा अगाडि देखिएका हुन । जुन देशमा दक्ष युवा जनशक्ति हुन्छ । त्यो देशले आर्थिक, सामाजिक, पुर्वाधार, पयर्टन लगायतका सबै क्षेत्रमा छिटै नै समृद्धि हासिल गर्न सक्छ । हामी बिकास र समृद्धिमा अन्य राष्टको तुलनामा निकै नै पछाडि छौं । यसको ठोस कारण हो, देशभित्र उपलब्ध रहेको दक्ष, अर्धदक्ष्य तथा अदक्ष युवा शक्तिलाई मुलुकको बिकास र समृद्धिमा लगाउन नसक्नु हो । हामीकहाँ सम्म पनि सरकारले युवा जनशक्तिलाई लक्षित गरी ठोस नीति तथा कार्यक्रम ल्याउन नसक्नुले पनि नेपाल आर्थिक बिकास र समृद्धिका पछाडि परेको हो । देशको प्रमुख नीति नै आन्तरिक उत्पादन र रोजगारी बृद्धि भन्दा पनि रेमिटेन्समा रहेको छ । देशका दक्ष, अदक्ष तथा अधै दक्ष्य युवा शक्तिहरुलाई सस्तो मुल्यमा खाडी राष्टहरुमा बैदेशिक रोजगारी शिर्षकमा काम गर्न पठाएर रेमिटेन्स भित्रियो भन्दै मख्ख पर्ने सरकारी नीति कै कारण मुलकले समृद्धि हाँसिल गर्न नसकेको हो । अहिले सबै राष्टहरुमा गरी २० लाख भन्दा बढी नेपाली युवायुवतीहरु बैदेशिक रोजगारीका क्रममा रहेकाछन । आफ्नै देशका रोजगारी पाएको भए सायद त्यो युवा पुस्ता केही रुपैयाँ कमाउनको लागि बिदेशीनु पर्ने थिएन होला । अहिले मुलकमा दैनिकजसो ठुलो संख्यामा युवाहरु बिदेशीई रहेकाछन । बिशेगरी दुवई, कतार, मलेसिया लगायतका राष्टहरुमा ठुलो सख्यामा नेपाली युवतीहरु कार्यरत रहेकाछन । तिनैले पठाएको रेमिटेन्सका कारण अहिले मुलुकको अर्थतन्त्र चलायमान भएको छ । तर अहिलेसम्म पनि सरकारले रेमिटेन्सको महत्व बुझन सकेको छैन । रेमिटेन्सलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्न सकेको छैन । रेमिटेन्सको प्रयोग, टिभि, फ्रिज, मोटरसाईकल, मोवाईल, सुन किन्न प्रयोग भईरहेको छ । यसले गर्दा जुन देशबाट रेमिटेन्स आयो अन्तत त्यही देशमा नै रेमिटेन्स फर्किने क्रम बढ्दै गएको छ । यसले गर्दा मुलकका लाहुरे अर्थतन्त्रको बिकास भईरहेको छ । सिंगो मुलुकको आर्थिक बिकास र समृद्धिको लागि लाहुरे अथतन्त्र निकै ठुलो बाधक हो । यो लाहुरे अर्थतन्त्रबाट सिंगो मुलकलाई जोगाएर बिकास र समृद्धिमा लानको लागि पनि युवा जनशक्तिलाई केन्द्रबिन्दुमा राखेर सरकारले ठोस नीति तथा कार्यक्रम ल्याउनु पर्छ । त्यसको सहीरुपमा कार्यान्वयनमा ल्याउनु पर्छ । अव पनि सरकारले बिकास र समृद्धिको युवा शक्तिको महत्व नबुझ्ने हो भने युवा जनशक्तिलाई बैदेशिक रोजगारीमा मात्र पठाउने हो भने मुलक अवका दिनमा आर्थिक बिकास र समृद्धिमा झन निकै नै पछाडि पर्नेछ । यसले उत्पादनमुखी अर्थतन्त्र भन्दा पनि आयातमुखी र लाहुरे अर्थतन्त्रलाई बढावा दिने छ । यस्तो हुनु भनेको मुलक
Posted on: 2018-Oct-9

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story