25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

बिश्व बजारमा खर्बौं रुपैया“को रेमिटेन्स : सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा भारत निकै अगाडि

29 - Jun-2018, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 काठमाडौ, असार
 बिश्व बजारमा बार्षिक रुपमा खर्बो रुपैयाँ बराबरको रेमिटेन्स कारोवार हुने गरेको छ । यसमध्ये पनि सबैभन्दा बढी रेमिटेन्स कारोवार गर्नेमा पनि छिमेकी राष्ट भारत निकै नै अगाडि देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको निशुल्क भिसा तथा टिकटको प्रावधानको बैदेशिक रोजगारीमा प्रभाव सम्वन्धी प्रतिवेदन अनुसार सन् २०१५ मा बिश्वभरमा पाँच सय ८० अर्ब छ करोड अमेरिकी डलर रेमिटेन्स भित्रिएको थियो । विश्वले प्राप्त गरेको रेमिटेन्समा दक्षिण एसियाली मुलुकको हिस्सा २० दसमलव दुई प्रतिशत र त्यसमा पनि नेपालको हिस्सा एक दसमलव दुई प्रतिसतरहेको छ ।दक्षिण एसियाली मुलुकले प्राप्त गरेकोरेमिटेन्समा नेपालको हिस्सा पाँच दसमलवसात प्रतिशत रहेको देखिन्छ । बिश्व बजारमासबै भन्दा बढी रेमिटेन्स भित्र्याउने मुलुकमाभने भारत रहेको छ । भारतले मात्र कुल बिश्वबजारको ११ दसमलव नौ प्रतिसत रेमिटेन्सभित्रउने गरेको छ । दक्षिण एशियाली राष्ट्रकोकुल रेमिटेन्समा भारते भिक्र्याउने रेमिटेन्सकोहिस्सा ५८ दसमलव छ प्रतिसत रहेको छ ।पाकिस्तानले पनि बिश्व बजारबाट तीन दसमलवतीन प्रतिसत रेमिटेन्स भित्र्याउने गरेको छ। यो रेमिटेन्स देक्षिण एशियाली राष्ट्रहरुलेभित्र्याउने कुल रेमिटेन्स मध्ये १६ दसमलवचार प्रतिसत हो । बंगलादेशले भने कुल बिश्वबजारको दुई दसमलव सात प्रतिसत अर्थातदक्षिण एशियाली राष्ट्रहरु मध्ये १३ दसमलवएक प्रतिसत रेमिटेन्स भित्राउने गरेको छ ।बिश्व बजारमा खर्बौं रुपैया“कोरेमिटेन्ससबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा भारत निकै अगाडियसैगरी श्रीलंकाले पनि बिश्वको कुल रेमिटेन्समध्येबाट एक दसमलव दुई प्रतिसको अनुपातमारेमिटेन्स भित्र्याउने गरेका छ । प्रतिवेदनअनुसार श्रीलंकाले भित्र्याएको रेमिटेन्स दक्षिणएशियाली राष्ट्रहरुले बार्षिकरपमा भित्र्याएकोरेमिटेन्सको पाँच दसमलव नौ प्रतिसत हो ।बिश्व बैंकको प्रतिवेदनलाई आधार मानेरराष्ट्र बैेंकले सार्वजनिक गरेको उक्र प्रतिवेदनअनुसार सन् २०१३ मा विदेशी नागरिककोप्रमुख गन्तव्य मुलुकमा अमेरिका, साउदीअरेविया, जर्मनी, रसिया, संयुक्त अरब ईमिरेट्सलगायतका देश तथा उच्च संख्यामा विदेशमाबसोबास र रोजगारी गरिरहेका नागरिककोआधारमा भारत, मेक्सिको, रसिया, चीन,बंगलादेश, पाकिस्तान लगायतका देश रहेकाथिए । त्यसैगरी, देशको जनसंख्यामा विदेशीनागरिकको हिस्सा उच्च हुने देशहरुमा कतार,संयुक्त अरब इमिरेट्स, अमेरिकन सोमाओ,सेन्ट मार्टिन, कुवेत लगायतका देश रहेकाथिए । प्रतिवेदन अनुसार सन् २०१४ मा उच्चमात्रामा विप्रेषण पठाउने मुलुकमा अमेरिका,युवा हुङ्कार द्दठसाउदी अरेविया, रसिया, स्विजरल्याण्ड,जर्मनी, यु.ए.ई. लगायत तथा प्राप्त गर्नेमाभारत, चीन, फिलिपिन्स, मेक्सिको, फ्रान्स,नाईजेरिया, इजिप्ट, पाकिस्तान, बंगलादेशलगायतका देश रहेका छन् । कुल गार्हस्थउत्पादनसँगको अनुपातको आधारमा उच्चविप्रेषण पठाउने मुलुकमा लग्जम्बर्ग, लाइवेरिया,मार्सल आइल्याण्ड, लेवनान, कुवेत लगायततथा प्राप्त गर्ने मुलुकमा ताजकिस्तान, क्रिगिजरिपब्लिक, नेपाल, टोङ्गा, माल्दोभा लगायतकादेश रहेका थिए ।नेपालमा वैदेशिक रोजगारी तथा विप्रेषणआप्रवाहको अवस्था पछिल्ला वर्षहरुमा वैदेशिकरोजगारमा जानेहरुको संख्या घट्दै गएको छ। आर्थिक वर्ष २०५०—०५१ मा तीन हजार छसय पाँच जना नेपाली वैदेशिकरोजगारीमा गएकोमा आर्थिकवर्ष २०६०÷—०६१ मा एक लाखछ हजार तथा आर्थिक वर्ष२०७०—०७१ मा पाँच लाख २७हजार गएको देखिन्छ । तर,यस्तो संख्यामा आर्थिक वर्ष२०७१—०७२ मा दुई दसमलव आठ प्रतिशतले, आर्थिक वर्ष२०७२—०७३ मा १८ दसमलव चार प्रतिशतले र आर्थिक वर्ष २०७३—०७४ मा चार दसमलव सात प्रतिशतले कमी आएको छ ।आर्थिक वर्ष २०३२—०३३ माट्रान्सफर आप्रवाह २३ करोड १३लाख रहेकोमा आ.व. २०५०—०५१ मा तीन अर्ब ४७ करोडरहेको थियो । आर्थिक वर्ष२०५७—०५८ मा रु. ४७ अर्ब २२करोड रहेको विप्रेषण आप्रवाहआर्थिक वर्ष २०७२—०७३ मा छखर्ब ६५ अर्ब र आर्थिक वर्ष२०७३—०७४ मा छ खर्ब ९५अर्ब रहेको थियो । आर्थिक वर्ष२०७०—०७१ मा २५ प्रतिशतलेबढेकोमा त्यसपछिका वर्षहरुमाक्रमशः घट्दै गई आर्थिक वर्ष२०७१—०७२ मा १३ दसमलव छप्रतिशत, आर्थिक वर्ष २०७२—०७३ मा सात दसमलव सातप्रतिशत र आर्थिक वर्ष २०७३—०७४ मा चार दसमल सात प्रतिशतले बढेको छ ।

Posted on: 2018-Jun-29

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar