25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

सुन्दर नेपाल

29 - Jun-2018, Posted by: Yuwahunkar   |   COMMENTS: 0
                   सुन्दर नेपाल
भूमिमा सुन्दर नेपाल देहमा देव सुन्दर,शिव छन् सुन्दर नेपाल अझ सुन्दर । राम्री छन गौरी पार्वती सीता भृकुटी सुन्दरी, दिन र रात उज्याला चन्द्रसुर्य र जुन्मिरी । तपको भूमि पवित्र देव र ऋषि ज्ञानले, विश्व विराट उज्यालो पार्दछ शिव ध्यानले । अनाथहरुका नाथ गोरख, पशुपति छन, स्वच्छ नदी र पहाड गुफामा ऋषि मुनि झन् । पवित्र ज्ञानको ज्योति विश्वलाई दिने पनि, वीर गोरर्खाली हौ हामी गर्व छ वीर हौ भनि । सुनौलो इतिहास छ, रक्तमा वीरता भरी, उर्लेको साहस हाम्रो रोकिदैन कसैगरी । देश भक्तिको छ, रक्त तातो छ वीरको गति, वेद र धर्मको शक्ति समाति चल्दछ मति । उठेको रणमार्गमा पाइला रोपिन्न वीरको, मेटिन्न आमाको टीका उज्यालो उचो शीरको । अटल चन्द्र र सुर्य झण्डा यो देश भक्तिको, सुन्दर नेपाल शान्त बनाउ पुञ्ज शक्तिको ।                                 शान्तिको शन्देश हरियो पहाड माथि सेतो श्रीपेच छ जाहाँ तराई अन्न भण्डार ऐश्वर्य छ, जहा तहाँ । देश यो, सुन्दर हाम्रो उचाई छ हिमालको, चन्द्र र सूर्यको झण्डा नभमा छ नेपालको ।। यही छ जडी र वुटी मृत्यु जित्ने छ औषधी, खानी र जलभण्डार एश्वर्य देशकै नीधि । सुन्दर प्रकृति भित्र धन धान्य छ यो घर, नेपाल स्वर्ग हो हाम्रो यो भन्दा अन्त के छ र । कर्तब्य कर्मको लागि प्राणको आहुति गरी लेखेको इतिहास छ सुनौलो वीरता भरी । नेपाली शिर झुकेन कस्तै संकट दाउमा, जीवन वलीवदीमा चढायौ मातृ पाउमा । गोर्खाली वीरता भित्र विश्वले पाठ माग्दछ वेदको ज्ञान वाड्दछ विश्वले झोली थाप्दछ । थमेर धैर्यको बाँध इतिहास लिइकन अशान्त विश्वमा शान्ति छरौ ज्ञान दिईकन ।।                         राष्ट्रमा समानता राष्ट्र यो सबलाई प्यारो राष्ट्र सेवा गरौ अब राष्ट्रिय ध्वजा मुन्तिर लाम बनी बसौ सब । देशको माटो चुमेर एक भै सब जन, हिमाल, पहाड अनि मधेस एक हो भन । राष्ट्र यो शक्तिको केन्द्र एकताको बल भरी, पौरख गर्दै सजाउ अब्बल गरी । अनेक भाषा भाषी र भेषभुषा अनेक थरी सवमा समभावली विभेद जति छन् पुरी । प्रेम र भइचाराले पूर्ण होस् सबको मन राष्ट्रिय एकतामात्र बलियो राष्ट्रिको धन । राष्ट्र हो जीवन हाम्रो, राष्ट्र नै प्राण देशको, हट्दछ प्रेमले मात्र विभेद भाषा भेषको । राष्ट्रमा संकट पर्दा शक्ति जागृत होस, सब, गोरखनाथको कृपा आशिर्वाद रहोस् अब । राष्ट्र र देशभक्तिले उठुन् जुरुक्क सब जन, शत्रुको दमन गर्न एक होस सबको मन । पुर्खाको गौवरगाथा, संझदै वीरता कथा, लडौँ लौ भगाउ शत्रु, हटाउँ राष्ट्रको व्यथा । देश यो शक्तिशालि हो, भक्तिले शक्ति आउने, गरेर देशको भक्ति, कर्म होस शान्ति छाउने ।

Posted on: 2018-Jun-29

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar