18 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

व्यापारमा ग्राहकको सन्तुष्टी नै ठुलो कुरा हो, श्रेष्ठ

13 - May-2018, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 व्यापारमा सबैथोक नाफा मात्र होईन, ग्राहकको खुसी र सन्तुष्टी पनि एउटा महत्वपुर्ण पाटो हो । जुन व्यापारबाट ग्राहक खुसी हुन्छन, त्यही व्यापार र दिगोटिकाउपुर्ण हुन्छ । यही कारण पनि मेरोव्यापारिक यात्रा आजको दिनसम्म आएकोहुन सक्छ ।व्यापारमा मैले संधै नाफालाई मात्र हेरिन। मेरा धेरैजसो ग्राहक नियमित छन, मकहाँ धेरै ग्राहकहरु आउनु हुन्छ, कुनै बेलासामान मन पर्छ, पैसा हुदैन, त्यति बेला मैले कति ग्राहकहरुलाई उपहार स्वरुप सित्तैमा सामान पनि दिएको छु ।
   मेरो एउटै सोचभनेको मेरो सबै ग्राहक खुसी होउन, सबैलाई उनीहरुले तिरेको मुल्यअनुसार गुणस्तरीय बस्तु दिनसकुं, यो भनाई हो, काठमाडौको सिभिल मल स्थित सपनम्वर एन फोर नामक चश्मापसलकी सञ्चालिका यमुनाश्रेष्ठको । श्रेष्ठले बिसं २०६७सालबाट राजधानीमा चश्मा,घडी र बिभिन्न किसिमकापरफ्ुमको व्यापार सुरुगरेकी हुन । सुरुमा झण्डैआठ लाख रुपैयाँ लगानीगरेर व्यापार सुरु गरेकीश्रेष्ठले अहिले सिभिल मलमारहेको दुई वटा पशलमा दुईजनालाई रोजगारी समेतदिन सफल भएकी छन ।व्यापार अपार हुन्छ भन्छन,तर उनको लागि व्यापारअपार नभएपनि उनको सानोपरिवार यसैबाट चलेको छ। दिन दिनै महंगीदै गएकोराजधानी र प्रतिस्पर्धी बन्दैगएको व्यापारमा आफुलाईटिकाईरहन निकै गाहे हुदैगएको उनको अनुभव रहेकोछ ।तैपनि ग्राहकलाई उचित मुल्यमागुणस्तरीय सामान दिएका कारण नै नियमितग्राहक बढद्ै गएकोले मलाई व्यापार चलाउनकेही सहज भएको छ, उनी भन्छन ।
   ग्राहकभनेका भगवान हुन रे त्यही भएर त पसलखोल्दासाथ धुपबत्ती गरिन्छ, जसले भगवानसंग बेईमानी गर्छ उसको व्यापार दिगो हुनसक्दैन । व्यापारप्रतिको मेरो सोचाई यही हो,यही सोचाई कै कारण म यहाँसम्म आउनसफल भएकी हुं उनी भन्छिन । व्यापारमानाफा त हुन्छ नै, तर नाफा कति लिने भन्नेहुन्छ, मेरो प्रमुख उद्ेश्य नै कम नाफामाधेरै भन्दा धेरै सामान बेच्नु हो । त्यहीकारणआफ्नो पशलमा जति पनि ग्राहक आउँछनसकेसम्म खाली हात नर्फकुन भन्ने सोच्छु ।तर कहिलेकाँही यस्ता ग्राहक पनि आउँछन,एउटा चश्मा किन्नको लागि झण्डै ५० वटाचश्मा हेर्छन, अनि मन परेन भनेर नलिकनपनि जान्छन । यस्तो गर्दा कहिलेकाँहीनरमाईलो पनि लाग्छ, तर व्यापार हो, सबैकुरा सहुन पर्छ, व्यापारमा यस्ता सानातिनाकुराहरुलाई मनमा राख्यो, अथवा झन्झटमान्न थाल्यो भने व्यापारमा अगाडि बढ्नसक्दैन, उनी भन्छन ।अहिले नेपालमा पढेर पनि केही गर्नसकिएन, बिदेश जान्छु भन्ने धेरै महिलापुरुषहरुछन, कति बिदेश गएका छन ,कति जाने सोचमा रहेकाछन, तर यि सबैका लागि श्रेष्ठ उदाहरण पनि हुन सक्छन।
     सकारात्मक सोच र नेपालमा केही गर्नेजाँगर भए दुई चार पैसा कमाउनको लागि,एउटा सानो परिवार पाल्नको लागि बिदेशजानु पर्छ भन्ने छैन , उनी भन्छिन । तरनेपालमा काम गर्नको लागि परिवारको पनिसाथ र सहयोग चाहिन्छ, आफ्नो परिवारकोपुर्ण सहयोग भएकै कारण आफ्नो व्यापारिकयात्रा यहाँसम्म आर्इँपुगेको उनको अनुभवछ ।अहिले राजधानीका धेरैजसो सडकधुलाम्यै छन, यो अवस्थामा सबैको लागिचश्मा अनिवार्य जस्तै भईसक्यो, तर चश्मासबै एउटै किसिमका हुदैन, आँखाको पुर्णसुरक्षाको लागि आँखा सम्वन्धी जानकारीभएका व्यक्तिहरु संगको परामर्श लिएरगुणस्तरीय चश्मा किन्नु पर्ने उनको भनाईछ । अहिलेको युवा पुस्तामाझ सन ग्लासआवस्यकता र फेशन दुबै बन्दै गएको छ ।
   यो अवस्थामा चश्माको व्यापार आगामी समयझन बढ्न सक्छ । तर अहिले चश्मा पसलकोसंख्या पनि निकै बढ्दै गएको छ । सोहीकारण पनि यस क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धाझन बढ्दै गएको उनको अनुभव रहेको छ। त्यहीकारण ग्राहकले चश्मा किन्दा आफनोअनुहार अनुसार कस्तो चश्मा सुहाउँछ,उक्त चश्माले आँखालाई हानी पुर्याउँछ किपुर्याउदैन, सबै कुरा बिचार गरेर रेवन,पोलिस, गुसी, अरमानी लगायतका ब्राण्डकाचश्मा प्रयोग गर्नुपर्ने श्रेष्ठ बताउँछिन ।


Posted on: 2018-May-13

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.

BUSINESS


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar