25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

राम्रो काम गर्न सके खाली बस्नुु पर्देन

24 - Oct-2017, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 राम्रो काम गर्न सके  खाली बस्नुु पर्देन 
पवन गौत्तम छायाँकार    कुुनैपनि क्षेत्रमा सफल हुुनको लागि मिहेनत, कामप्रतिको लगाव र सकारात्मक सोच चाहिन्छ । यि तिनै कुराहरु मिलेको खण्डमा कसैको लागि कहिले पनि सफलता टाढाको बिषय हुुदैन । सफलतालाई नजिक ल्याउनको लागि अथवा भनौ आत्मसाथ गर्नको लागि निकै नै कडा मिहेनत गर्नुुपर्छ । सबैको मिहेनतले नै आज यो संसारले यो उचाई लिएको छ । यो उचाईमा आफुलाई कुुन स्थानसम्म पुर्याउने भन्ने कुरा हाम्रो मिहेनतले निर्धारण गर्ने कुरा हो, यिनै कुराहरुलाई आफ्नो जीवनको मुुल मन्त्र मान्ने व्यक्ति हुुन पवन गौत्तम । गौत्तम नेपाली चलचित्रको छायांकनको क्षेत्रमा आफ्नो छुुटै पहिचान बनाउन सफल व्यक्तित्व हुुनुुहुुन्छ । बिगत १० बर्षदेखि नेपाली चलचित्रको छायाँंकनको क्षेत्रमा क्रियाशिल युवा व्यक्तित्व गौत्तमले यो अवधिमा थुप्रै सफल र राम्रा चलचित्र दिई सक्नु भएको छ । दशगजा, मन परेपछि, मेरो के गति हुने आदि उहाँले छायांकन गरेका केही चलचित्रहरु हुुन । अहिले निर्माता तथा निर्देशकको पहिलो रोजाईमा पर्ने गरेका उनै व्यक्तित्व गौत्तमसंग गरिएको कुुराकानीको संपादित अंश ।   चलचित्र छांयाकनको क्षेत्रमा लाग्नुुको खास कारण के होला ?  काम भनेको कर्म हो, कर्म सबैले गर्छन । त्यसकारण कामलाई सबैले सम्मान गर्नुुपर्छ । मैले जुन क्षेत्र रोजें यो क्षेत्रमा कामको सही मुल्यांकन हुुन्छन । राम्रो काम गरेको छ भने दर्शकले तुरुन्त यसको प्रतिक्रिया दिन्छन, नराम्रो काम गरेको छ भने नकारात्मक टिप्पणी गर्छन । यस अर्थमा पनि मेरो काम मेरो आत्मसम्मान र आत्मसन्तुुष्टीसंग जोडिएको छ । यो काम गर्दा मलाई आत्म सन्तुुष्टी मिलेको छ । जतिखेर आफ्नो भबिस्यका बारेमा सोच्थे. त्यतिबेला देखि नै म यो कर्मप्रति अथवा भनौ यो कामप्रति नजिक भए । नजिक यति भए कि छोड्नै सकिन । अहिले जहाँ छुु जस्तो अवस्थामा छुु यही कामबाट भएको छुु ।  कुुन कुराले प्रेरित गर्यो तपाईलाई यस क्षेत्रमा लाग्न ?  मेरो मामा दिव्यराज सुुवेदी क्याराम्यान हुुनुहुन्थ्यो । बाल्यकालमा बिद्यालय छुुटी हुंदा धेरै समय मामाघरमा बसियो । त्यो दौरान मामासंग थुुप्रै नेपाली फिल्मको सुटिडमा पनि हिंडियो । त्यतिबेला देखि नै मेरो बाल मष्तिकमा म पनि नेपाली चलचित्रको क्षेत्रमा केही गर्छु भन्ने सोच पलाएको थियो । जव मैले सिमराको माउन्ट एभरेष्ट हाईयर सेकेन्डरी स्कुुलबाट प्लस टुु गरें । त्यसपछि म क्रमैसंगै यो क्षेत्रमा आएँ ।  पहिलो पटक काम गरेको चलचित्र कुुन हो ? मैले पहिला सहायक क्यामरा म्यानबाट काम सुरु गरेको थिए । सहायक क्यामरा म्यानकोरुपमा  दशगजा, मनपरेपछि, मेरो के गति हुुने हो र बसमा छैन यो मन चलचित्रमा काम गरें । मैले छायांकन सुरु गरेको पहिलो चलचित्र भने ब्रम्हा हो । त्यसपछि पाप, गल्ली, भोजपुरी फिल्म रफ्तार, जय मधेश, सुव्वा साप्, लेक साईड, च्याम्पियन र लालेको छायांकन गरे । यि सबै चलचित्र रिलिज भईसकेको छ ।  धनवान, रामजाने, स्वर्ग मेरो गाउँ, झमक बहादुर, द लेडी वीथ ल्याम्प, काले दाई चलिचत्र पनि छायाँंकन गरेको छु । यस मध्ये केही चलचित्रहरु रिलिज हुने चरणमा छन भने केही चलचित्र निर्माण कै क्रममा रहेकाछन ।  छायाँकनको लागि कुुनै व्यवसायीक तालिम लिनुुभएको छ ? हेुर्नस जहाँ काम गर्ने ईच्छाशक्ति, मिहेनत र लगन हुन्छ, त्यहाँ सबैथोक संभव हुुंदो रहेछ । मैले व्यवसायीक तालिम लिएको छैन । सबै कुरा काम गर्दे सिकेको हो । गर्दे गए सिक्दै गए । आफुलाई निर्खारदै गए । आज मैले जति काम गरेको छु, अपवाद बाहेक सबै काममा दर्शकको माया पाएको छु । सायद मेरो सिकाई र भोगाई भने कै यही हो ।  चलचित्रमा काम गरे कै भरमा जिवन चल्न सक्दैन, भन्नेहरु पनि छन ? भन्नेहरु त सायत छन होला, तर हेर्नुुहोस मेरो चिवन त चलेकै छ, परिवार पालेकै छुु  । अहिले यो अवस्थामा मैले मेरो परिवार पाल्न सके कै छु । मैले यो क्षेत्र भन्दा बाहेक अरु काम गरेको छैन । यही क्षेत्रमा काम गरेको भरमा परिवार र आफ्नो व्यक्तिगत हरेक आवस्यकताहरु पुरा गरे कै छुु । यो भन्दा बढी के चाहियो र ? यो क्षेत्रमा समस्या पनि त होलान ? हेर्नुुहोस समस्या जुुन सुकै क्षेत्रमा हुन्छन, र छन पनि, यो क्षेत्रमा पनि समस्या छन । हामीले महिनौ लगाएर एउटा चलचित्रमा काम गर्छो तर बिबिध कारणवस भनेको समयमा सम्झौता अनुसारको पारिश्रमिक पाउँदैनौ । महिनौ लगाएर चलचित्र बनाउँछौ , तर हलमा चल्दा थप्र्रै समस्या झेल्नुु पर्छ । समस्या छन तर यसबाट कहिले बिचलित भएको छैन । यदि बिचलित भएको थिँए भने सायद मैले यतिखेर तपाईसँग अन्र्तवार्ता दिई रहेको हुुने थिईन होला, कुुनै अर्के क्षेत्रमा सर्घष गरिरहेको हुुने थिए होला । यस क्षेत्रमा लाग्न परिवारबाट कतिको सहयोग पाउनुु भएको छ ? परिवारबाट सहयोग पाएको छु । मेरो यहाँसम्मको यात्रा उहाँहरुको सहयोगबाट पनि संभव भएको हो । यदि उहाँहरुको सहयोग नभएको हुंदो हो, त मेरो नेपाली चलचित्र क्षेत्रको यात्रा यहाँसम्म आईपुग्ने थिएन ।  अन्तमा के भन्नुु हुन्छ ? हेर्नुुहोस बिकृती सबै क्षेत्रमा छन । तर हामीले बिकृतीहरुलाई हटाएर अगाडि बढ्नुु पर्छ । यस क्षेत्रमा पनि केही समस्याहरु छन । हामीले त्यसलाई हटाउनु पर्छ । हामी नेपाली हौं, हामीले नेपाली चलचित्रलाई माया गर्नुुपर्छ । सम्मान गर्नुुपर्छ । कलाकारहरुले पनि सहीरुपमा राष्ट र समाजप्रतिको आफ्नो जिम्वेवारी पुरा गर्नुुपर्छ । यो क्षेत्रमा थुप्रै नयाँ पुुस्ताहरु आउनुु चाहानुु हुन्छ होला सायद, केही गर्छु भन्ने सोच लिएर आउनुुहोस बस यही हो ।     

Posted on: 2017-Oct-24

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar