25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

नेपाली बैकहरु बिश्व बजारमा प्रतिस्पर्धी बन्दै

24 - Oct-2017, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 नेपाली बैकहरु बिश्व बजारमा प्रतिस्पर्धी बन्दै
बित्तीयरुपमा थप सवल, चुक्ता पुंजी नै एक सय ८५ अर्ब पुर्याए युवा हुंकार व्युरो काठमाडौ असोज  नेपाली बैकहरु पनि बिश्व बजारमा थप प्रतिस्पर्धी बन्दै गएकाछन । नेपाल राष्ट बैकले न्युनतम चुक्ता पुंजी सम्वन्धी व्यवस्था कार्यान्वनमा ल्याएपछि नेपाल बैकहरुमा पनि चुक्ता पुंजीमा छिमेकी राष्ट बैकहरु सरह पुुगेका हुुन । अहिले सञ्चलानमा रहेका २८ वटा बाँणिज्य बैकहरुको कुुल चुक्ता पुंजी एक खर्ब ८५ अर्ब १० करोड सात लाख ३० हजार रुपैयाँ पुुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बाँणिज्य बैकहरुले २०७४ को असार मसान्तसम्ममा उक्त अनुपातमा चुक्ता पुंजी कायम गरेका हुुन । सबै बाणिज्य बैकहरुले न्युुनतम आठ अर्ब रुपैयाँ मात्र चुक्ता कायम गर्दा यस्तो कुुल चुक्ता पुंजी दुुई खर्ब २४ अर्ब रुपैयाँ पुुग्ने देखिन्छ । बिद्यमान कुुल चुक्ता पुंजीलाई आधार मान्दा बाँणिज्य बैकहरुको लागि न्युुनतम चुक्ता पुंजी कायम गर्न झण्डै ३९ अर्ब रुपैयाँ अपुुग देखिन्छ ।  राष्ट्र बैकले पुरानो व्यवस्था अनुसार कायम रहेको चुक्ता पुंजी दुुई अर्बरुलाई बृद्धि गरी २०७४ असार मसान्तसम्म न्युुनतम आठ अर्ब रुपैयाँ चुक्ता पुंजी कायम गर्न निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार बाँणिज्य बैकहरुले बिद्यमान चुक्ता पुंजीलाई चार गुणासम्म बृद्धि गरेकाछन । राष्ट्र बैकले तोकेको निर्धारितक समयसम्म आईपुुग्दा झण्डै एक दर्जन बैंकहरुले न्युुनतम आठ अर्ब रुपैयाँ चुक्ता पुंजी पुर्याएकाछन ।  बैकहरुले पछिल्लो समय प्रकाशन गरेको अपष्किृत बित्तीय प्रतिवेदन अनुसार कृषि बिकास बैकले १२ अर्ब ५२ करोड तीन लाख ९२ हजार रुपैयाँ चुुुक्ता पुंजी कायम गरेको छ । यसैगरी नविल बैंकले पनि नौ अर्ब २४ करोड तीन लाख ७९ हजार रुपैयाँ चुक्ता पुंजी पुर्याएको छ । आव २०७३—०७४ को चौंथौं त्रैमासिक अवधिमा नेपाल बैंकले आठ अर्ब चार करोड २६ लाख ६२ हजार, राष्ट्रिय बाँणिज्य बैंकले आठ अर्ब ५८ करोड ८९ लाख ७२ हजार, ग्लोवल आईएमई बैकले आठ अर्ब आठ करोड तीन लाख ४२ हजार रुपैयाँ चुक्ता पुंजी कायम गरेकाछन । लक्ष्मी बैैक, सनराईज बैंक, प्राईम कर्मसियल बैक, नबिल बैकको चुक्ता पुंजी पनि आठ अर्ब रुपैयाँको नजिक पुुगेको छ । यि बैकहरुले आव २०७३—०७४ का आर्जन गरेको खुुद मुनाफा मध्येबाट बोनस सेयर बितरण गर्दा न्युुनतम चुक्ता पुंजी कायम गर्न सक्ने देखिन्छ । यसबाहेक अन्य बैकहरुले पनि गत आवको नाफाबाट बोनस सेयर बितरण गर्दा र अपुुग चुक्ता पुंजीको लागि हकप्रद सेयर जारी गरेर न्युुनतम चुक्ता पुंजी कायम गर्नसक्ने अवस्था रहेको छ ।  यता राष्ट्र बैकले निर्धारित चुक्ता पुंजी कायम गर्ने समयसिमा सकिएपनि सहुुलियतस्वरुप पुंजी बृद्धिको लागि २०७४ असोज मसान्तसम्मको समय देखिएको छ । उक्त समयसिमा भित्र पनि चुक्ता पुंजी कायम नगरे कारवाहीको प्रकृया अगाडि बढाउने तयारी राष्ट्र बैकले गरेको छ ।  कुुन बैंकले कति चुक्ता पुंजी पुर्याए हेर्नुुस तालिका (रकम रु हजारमा)  क्रस बैकको नाम चुक्ता पुंजी  १ एनआईसी एशिया बैंक ६६९२५९७ २ सिटिजन्स ईन्टरनेशनल बैंक ६९२१६९० ३ सानिमा बैंक ६८९७६३४ ४ ग्लोवल आईएमई बैैक ८०८०३४२ ५ एनएमबी बैंक ६४६१७७४ ६ सिद्धार्थ बैंक ६६२८८७९ ७ सनराईज बैंक ७०१७६९८ ८ नविल बैंक ६१८५५०७ ९ प्रभुु बैंक ५८८१४०२ १० प्राईम कर्मसियल बैंक ६३२५४३२.१८ ११ माछापुुच्छ«े बैंक ६५९८७०० १२ लक्ष्मी बैंक ७४७२४१२ १३ कृषि बिकास बैंक १२५२०३९२ १४ बैक अफ काठमाडौ ५६२९५७६ १५ नेपाल एसबिआई बैंक ६९२४८९३ १६ मेगा बैंक ४५८२३१३ १७ एनबी बैंक ७२१९०५९ १८ जनता बैंक ६९९३६९४ १९ हिमालयन बैंक ६४९१६२४ २० स्टान्र्डड चार्टड बैंक ४००५७१५ २१ कुमारी बैंक ५९६९४९६ २२ नेपाल इन्भेष्टमेन्ट बैंक ९२४०३७९ २३ नेपाल बैक ८०४२६६२ २४ राष्ट्रिय बाँणिज्य बैंक ८५८८९७२ २५ एनसीसी बैंक ४६७९०५८ २६ सिभिल बैंक ५१८८२२२ २७ एभरेष्ट बैंक ५७४१०९५ २८ सेञ्चुरी कर्मसियल बैंक ५४६०६२९ (श्रोत नेपाल राष्ट बैक)  

Posted on: 2017-Oct-24

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar