25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

दर्शकहरुमा धुुम—२ ले मच्यायो धुुम

10 - Oct-2017, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 दर्शकहरुमा धुुम—२ ले मच्यायो धुुम
ज्योती तिवारी भदौ महिनामा प्रर्दशन भएका चार वटा चलचित्र मध्ये जय किसन वस्नेतले निर्माण गरेको चलचित्र धुम २ ले धुम मच्चाउन सफल भएको छ । हरेक चलचित्र निर्माता तथा निर्देशकको चाहाना आफ्नो चलचित्रलाई चाडवाडको समय पारेर प्रर्दशन गर्ने र आफूले सोंचे भन्दा वढी व्यावशायिक सफलता हात पार्ने रहर हुन्छ र सवैको नजर नेपालीहरुका महान पर्व तीज, दशैं र तीहार मुख्य नजरमा परेको हुन्छ । हिन्दुु महिलाहरुको हरितालिको अवसरमा नेपाली चलचित्रकर्मिहरुको मुख्य तार्केट बनाएर प्रदर्शनका लागि तछाड र मछाड नै रहयो । तर तीजको वेलामा पालो पाउने अरु वेला दुइ तर तीजको वेला चार वटा चलचित्रले प्रदर्शनको अनुमती पाएका थिए । जसमा धुम २ , हामी शरणर्थी , स्काउट र देश खोज्दै जाँदा रहेका थिए । यी प्रदर्शित चार चलचित्र मध्य हामी शरणर्थी र देश खोज्दै जाँदा पहिलो दिनमै हलबाट बाहिरियो भने स्काउट प्रदर्शन भएको एक दुइ दिनमै हलबाट उत्रिनु पर्यो । तर जय किसन वस्नेतले निर्माण गरेको धुम २ ले आशा गरेको भन्दा वढी नै सफलता हात पार्न सफल रहेको निर्माण पक्षको दावी छ ।    मल्टीप्लेक्स हलहरुमा प्रदर्शन गर्न नपाएता पनि जति हलमा यसले प्रदर्शन गर्न पायो दर्शकको राम्रो माया पाएको यसको निर्माण पक्षले बताएको छ ा थोरै लगानीमा तयार भएको चलचित्र धुमले नसोंचेको व्यापार गर्न सकेकोमा चलचित्रका निर्माता तथा निर्देैशक फुरुङ्ग देखिन्छन् र यही हौसलाबाट अव फेरी धुम ३ चलचित्र वनाउने योजना पनि निर्माण पक्षले जनाएको छ । हेरौं अव बन्ने चलचित्र धुम ३ ले कत्तिको धुम मच्चाउने हो त्यो त हेर्न वाँकी नै छ तर यसपालीको तीजमा प्रदर्शन भएको चलचित्र धुम २ले त धुम मच्चाएरै छोड्यो ।    

Posted on: 2017-Oct-10

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar