25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

पक्रियो प्रहरीले ईतिहासको सबैभन्दा धेरै सुन ?

9 - Oct-2017, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 पक्रियो प्रहरीले ईतिहासको सबैभन्दा धेरै सुन ?
नरेश देव पन्त नेपाल प्रहरीले हालसम्म कै ठुुलो परिमाणमा अवैधरुपमा ल्याईएको सुन पक्राउ गर्न सफल भएको छ । अपराध महाशाखाबाट खटिएको टोलीको सोमबार राती दुुई बजेतिर ८८ केजी सुन २४ बर्षिय मनोज अधिकारीलाई पक्राउ गरेको हो ।  काठमाण्डौ उपत्यका भित्र केही व्यक्तिहरुले भन्सार छलि अवैध रुपमा सुन चोरी पैठारी गरी रसुवाको केरूङ नाकाहुदै काठमाण्डौमा भित्र्याई सुनको अवैध कारोवार गरेका छन् भन्ने गोप्य सूचनाको आधारमा महाशाखाबाट खटिएको टोेलीले उक्त परिमाणको सुन सहित अधिकारीलाई पक्राउ गरेको हो, महाशाखाका प्रहरी उपरिक्षक नरेन्द्र प्रसाद उप्रेतीले भन्नुुभयो ।      उप्रेतीको अनुसार सोही सुचनालाई आधार मानेर पक्राउको लागि प्रहरी टोली खटिएको थियो । मेरै कमाण्डमा उक्त टोली खटिएकोमा केही दिनको निरन्तर प्रयास पश्चात सोमबार राती अन्दाजी दुुई बजेको समयमा उक्त परिमाणमा सुन पक्राउ गर्न सफल भयौ, प्रहरी उपरिक्षक उप्रेतीले भन्नुुभयो । उप्रेतीका अनुसार काठमाडौ महानगरपालिका वडा नम्वर १७ को क्षेत्रपाटी सडकमा पार्किङ गरी राखेको बा.१७ च.६४२७ नं.को गाडी शंका लागि मनोज अधिकारी समेतलाई नियन्त्रणमा लिईएको थियो । नियन्त्रणमा लिनुुअघि उक्त गाडीमा अन्य केही व्यक्तिहरु समेत रहेको आशंका समेत गर्न सकिन्छ ।  सो पश्चात चालक सहित गाडिलाई नियन्त्रणमा लिएर महाशाखामा ल्याई चेकजाच तथा खानतलासी गर्ने क्रममा उक्त गाडिको विभिन्न पार्टपुर्जा खोली हेर्दा गाडिको पछाडिको भागमा कालो टेपले बेरी एक केजी सुन लेखिएको ८८ थान अर्थात ८८ केजी सुन भेटिएको प्रहरी उपरिक्षक उप्रेतीले भनेकाछन ।  पक्राउ गरेको सुनको बर्तमान बजार मुल्य प्रतितोला ५७ हजारको दरमा झण्डै ४३ करोड एक लाख ८८ हजार छ सय ७९ रुपैयाँ बराबरको रहेको उनको भनाई छ । पक्राउ परेका व्यक्तिलाई संगठित अपराध अन्तरगत कारवाही गरिने र घटनामा संम्लग्न हुनसक्ने समूहको खोजतलास तथा अनुसन्धान भईरहेको छ । उक्त घटना प्रारम्भिक अनुसन्धान कै चरणमा रहेकोले अहिले नै घटनाका बारेमा ठोसरुपमा केही भन्न सकिंदैन, उप्रेतीले भन्नुुभयो । प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेका मकवानपुुरगढि गाउँ पालिका बस्ने २४ बस्ने अधिकारी सवारी चालक मात्र रहेको र यसको मुख्य कारोवारी चिनियाँ व्यापारी रहेको हुुने सक्ने समेत  प्रहरी उपक्षिक उप्रेतीले बताएकाछन ।    

Posted on: 2017-Oct-9

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar