25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

शुन्दर मुुहारको लागि अण्डाको बोक्राको लेप उपयुक्त

20 - Apr-2017, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 शुन्दर मुुहारको लागि अण्डाको बोक्राको  लेप उपयुक्त 
रचना खड्का  यदि कुुनै पनि महिला तथा पुरुष आफ्नो अनुुहारको छालालाई शुन्दर, मुुलायम र नौजवान राख्न चाहान्छ भने उसको लागि अण्डाको बोव्रmाको लेप लगाउनुु निकै नै उपयोगी देखिएको छ । स्वास्थ र शौन्र्दय संग सम्वन्धीत एक संस्थाले गरेको एक अध्ययन अनुसार अण्डाको लेपले छालालाई संधै नै जवान राख्न सहयोग पुर्याउने देखिएको छ ।  छालामा अण्डाको बोक्रा लगाउँदा रोमछिद्र खुल्ने गर्दछ र छाला सफा, स्वस्थ र कोमल हुने गर्दछ । अण्डाको बोक्राको पाउडरमा कागती र मह मिसाएर एक गाढा पेष्ट बनाउनुहोस् । यसलाई आफ्नो अनुहारमा लगाउनुहोस् र पछि सफा पानीले धुनुहोस् । अण्डाको बोक्राले बनेको यो मास्कले छालाको सफाई गर्दछ र रोमछिद्रलाई बन्द हुनबाट जोगाउँछ । अण्डाको बोक्रामा प्राकृतिक प्रोटिन र भिटामिन पाइन्छ अतः यसले छालालाई जवान र चम्किलो बनाउँछ । अण्डाको बोक्राको पाउडर दुई चम्चा लिनुहोस् र त्यसमा मह र बेसन मिसाउनुहोस् । यो मास्कलाई अनुहारमा लगाउनुहोस् र १५ मिनेटपछि धुनुहोस् । यो प्रक्रियालाई हप्तामा तीन वा चारपटक अपनाउनुहोस् र जवान र चम्किलो छाला पाउनुहोस् । अध्ययन अनुसार जो महिलाको उमेर ३० पारी छ उनीहरुले अण्डाको बोक्रालाई आफ्नो सौन्दर्य दिनचर्यामा अवश्य पनि समावेश गर्नुपर्छ । अण्डाको बोक्राको पाउडर ३–४ चम्चा लिनुहोस् र यसमा दही मिसाउनुहोस् । यसमा एक चिम्टी बेसार मिसाउनुहोस् र यो पेस्टलाई अनुहारमा लगाउनुहोस् । यसलाई २० मिनेटपछि पखाल्नुहोस् । अण्डाको बोक्राले बनेको मास्क बुढ्यौलीको संकेतलाई कम गर्ने गर्दछ । यसले अनुहारबाट चाउरीलाई टाढा राख्छ । यसबाहेक आँखा मुनीको छाला सुख्खा छ र छालालाई पुनर्जि्वित गर्नका लागि अण्डाको बोक्रालाई प्रयोगमा ल्याउनुहोस् । २–४ चम्चा अण्डाको बोक्राको पाउडरमा मह मिसाउनुहोस् । दुबै पदार्थलाई निकै राम्रोसँग मिसाउनुहोस् र यसलाई छालामा लगाएर गोलाकार दिशामा आँखा वरिपरि मसाज गर्नुहोस् । प्रत्येक दिन सुत्नुभन्दा पहिले यो मास्कको प्रयोग गर्नुहोस् किनभने यस्तो गर्दा आँखा मुनीको छाला निकै समयसम्म नरम भइरहन्छ ।

Posted on: 2017-Apr-20

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar