19 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

सामाजिक दायित्व पुरा गर्दै अर्विट इन्टरनेशनल

20 - Mar-2017, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 सामाजिक दायित्व पुरा  गर्दै अर्विट इन्टरनेशनल
  अर्बिट इन्टरनेशनल एजुुकेशनले ट्राफिक प्रहरीलाई अंग्रेजी भाषाको प्रशिक्षण दिन थालेको छ । ट्राफिक प्रहरीले ड्युटी अवधिमा बिभिन्न देशका नागरिकहरुसंग समन्वय गर्नपुर्ने र यसको लागि अग्रेजी भाषा आवस्य रहेको भन्दै अविर्टले ट्राफिकहरुलाई अंग्रेजी भाषा सिकाउनुु सुरु गरेको हो ।  यो काम हामीले हाम्रो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत गरेका हौ, एजुुकेशनका अध्यक्ष केशव प्रसाद अधिकारीले भन्नुुभयो । अधिकारीका अनुसार काठमाडौको पुुतलीसडकमा रहेको अर्विटमा ट्राफिक महाशाखामा कार्यरत जवान नविता श्रेष्ठ, ट्राफिक प्रहरी पोष्ट जावलाखेलमा कार्यरत असई सुमन रानामगर, सई श्याम शुन्दर कामत लगायतले अग्रेजी भाषा सिक्न थालेकाछन । अर्बिटमा अहिले बिभिन्न ठाउँहरुमा कार्यरत १९ जना भन्दा बढी ट्राफिकहरुले अग्र्रेजी भाषा सिकिरहेकाछन । यसबाहेकमा सांसद, गृहणी र बिभिन्द ओहादातमा कार्यरत सरकारी तथा गैर—सरकारी क्षेत्रमा कार्यरत कर्मचारीहरुले अग्रेजी भाषा सिकिरहेको अधिकारी बताउनुुहुुन्छ ।  ट्राफिक महाशाखामा कार्यरत नविता श्रेष्ठ भन्नुुहुुन्छ, कक्षा लिन थाले पछि अंगे्रजी भाषा सजिलै सिक्न सकिन्छ भन्ने विश्वास बढेको छ । ‘ नियमित कक्षा लिन सके त, रामै्र सुधार हुने रहेछ । पहिला अग्रेजी भाषा भन्ने बित्तिकै डर लाग्थ्यो, तर सिक्दै जाँदा त्यस्तो रहने छ, सजिलो रहेछ, श्रेष्ठले भन्नुुभयो ।  सई श्यामसुन्दर कामत पनि अंग्रेजी भाषा सुधार्न निकै मिहिनेत गर्नुपरेको बताउनुुुहुुन्छ । ‘ समय पर्याप्त भए भाषामा राम्रै सुधार हुने रहेछ, उहाँले भन्नुुभयो । विदेशी मिसनमा जान पनि आवश्यक छ , कामतले भन्नुुभयो । ट्राफिक पोष्ट जावलाखेलमा कार्यरत सुमन रानामगर पनि अंगे्रजी सिक्नुु पर्ने बताउनुु हुन्छ । ‘ सडकमा पर्यटकले सोधपुछ गर्छन् अंग्रेजी नजाने त जवाफै दिन सकि“दैन, उहाँले भन्नुुभयो । ‘ त्यसकारण ट्राफिक प्रहरीले त झनै अंग्रेजी भाषा दक्ष हुनै पर्छ, रानामगरले भन्नुुभयो । काठमाडौ उपत्यका ट्राफिक महाशाखाका प्रमुख प्रकाश अर्यालले प्रत्येक प्रहरीले विदेशीस“ग सामजस्य कायम गर्न अंग्रेजी भाषा सुधार्नु पर्ने बताउनुुहुन्छ । यहीकारण पनि ट्राफिक प्रहरीलाई अग्रेंजी भाषा ज्ञान अनिवार्य भएको हो, अर्याल भन्नुुहुन्छ ।  

Posted on: 2017-Mar-20

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar