नेपालमा भन्दा भारतमा बस्तुु तथा सेवाको मुल्य सस्तो
20 - Mar-2017, Posted by: Yuwahunkar | COMMENTS: 0
नेपालमा भन्दा भारतमा बस्तुु तथा सेवाको मुल्य सस्तो
भुषण राज शर्मा चालु आर्थिक बर्षमा मुल्य बृद्धि नियन्त्रणमा रहने दावी नेपाल राष्ट बैकले गरेको छ । सरकारले बजेट मार्फत चालू आर्थिक वर्ष २०७३÷०७४ मा उपभोक्ता मुद्रास्फीति सात दशमलव पाँच प्रतिशतको लक्ष्य राखेको थियो । सोही आधारमा मुुलुुकको पछिल्लो अर्थव्यवस्था समेतलाई हेरेर राष्ट बैकले मुल्य बृद्धि लक्ष्यभित्र रहने प्रक्षेपण गरेको हो । खाद्यान्न उत्पादनमा भएको उच्च वृद्धि, आपूर्तिमा देखिएको सहजता र भारतीय मुद्रास्फीतिमा आएको कमीका कारण गत वर्षको तुलनामा मूल्यवृद्धि कम हुने केन्द्रीय बैंकले प्रक्षेपण गरेको हो । पाँच महिनाको आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक गर्दै केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मूल्यवृद्धि उच्च नहुने उल्लेख गरेको छ । गत वर्षको मंसिरमा ११ दशमलव छ प्रतिशत रहेको वार्षिक विन्दुगत मुद्रास्फीति चालू आर्थिक वर्षको मंसिरमा तीन दशमलव आठ प्रतिशतमा ओर्लेको छ । यो तथ्यांकलाई हेर्दा मूल्यवृद्धिमा गत वर्षको तुलनामा कम भएको देखिएको छ । नेपालको बाह्य व्यापारमा रहेको भारतमा रहेको परनिर्भरताका कारण पनि मूल्यवृद्धिमा निकै उत्तारचढाव आउने गरेको छ । कृषिजन्य वस्तुदेखि अन्य आवश्यक वस्तु तथा सेवाका लागि सबैभन्दा बढी भारतमै नेपाल भर पर्दा भारतमा हुने मुद्रास्फीतिले पनि नेपाली बजार तथा उपभोक्ताहरुलाई प्रभाव पार्दै आएको अवस्थामा भारतमा यस अवधिमा मुद्रास्फीति नेपालको भन्दा कम देखिएको छ । यस अवधिमा नेपालको मुद्रास्फीति ३ दशमलव ८ हुँदा भारतको मुद्रास्फीतिको अवस्था ३ दशमलव ४ रहेको छ । नेपालको व्यापार बढी भारत केन्द्रित हुँदा र नेपालले भारतबाटै बढी सामानहरु आयात गर्ने भएकोले भारतमा हुने मूल्यवृद्धिको सिधा असर नेपाली उपभोक्ताहरुले पनि सामना गर्नुपर्ने अवस्था विद्यमान रहेको छ । नेपालको वैदेशिक व्यापारमा ठूलो हिस्सा ओगटेको भारतमा मुद्रास्फीतिमा आएको सुधारका कारण पनि नेपालको मूल्यवृद्धिमा कमी आउनुको एक कारण बनेको छ । राष्ट बैंकको तथ्यांकअनुसार नेपाल र भारतबीचको मुद्रास्फीतिको अन्तर शून्य दशमलव चार प्रतिशत रहेको छ भने गत वर्ष नेपाल र भारतबीचको मुद्रास्फीतिको अन्तर छ प्रतिशत रहेको थियो । नेपालको मुद्रास्फीतिको अवस्था ११ दशमलव छ हुँदा भारतमा गत वर्ष पाँच दशमलव छ प्रतिशत रहेको थियो । यस्तै केन्द्रीय बैंकको तथ्यांकअनुसार खाद्य वस्तुहरुको मुद्रास्फीतिमा गत वर्षको तुलनामा निकै सुधार आएको देखिएको छ । गत वर्ष यही अवधिमा खाद्यान्नको मूल्यवृद्धि १४ दशमलव आठ प्रतिशतले भएकोमा चालू आर्थिक वर्षको मंसिरसम्ममा खाद्यान्नको मूल्यवृद्धि शून्य दशमलव ६ प्रतिशतमा झरेको छ । गत वर्षको तुलनामा दाल तथा गेडागुडी, घिउ तथा तेल, मसलाजन्य वस्तु, फलफूल, मासु तथा माछा, दुग्धजन्य पदार्थ तथा अण्डा, तरकारी, खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यमा उल्लेख्य सुधार आएको छ । घ्यू तथा तेलको मूल्यमा २० दशमलव पाँच प्रतिशत, दलहन तथा गेडागुडीको मूल्यमा छ दशमलव छ प्रतिशत, फलफूलको मूल्यमा दुुई दशमलव चार प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यमा एक दशमलव एक प्रतिशतले घटेकाले समग्र खाद्य मुद्रास्फीतिमा कमी आएको हो । क्षेत्रगत आधारमा भने यस अवधिमा उपभोक्ता मुद्रास्फीति पहाडमा पाँच दशमलव छ प्रतिशत, तराई तथा हिमाल दुवैमा समान तीन दशमलव सात प्रतिशत र काठमाडौं उपत्यकामा दुई दशमलव पाँच प्रतिशत रहेको देखिएको छ । गत वर्षको सोही अवधिमा मूल्यवृद्धिदर पहाडमा १२ दशमलव चार प्रतिशत, तराईमा १० दशमलव दुुई प्रतिशत, हिमालमा १० दशमलव तीन प्रतिशत र काठमाडौं उपत्यकामा १३ दशमलव दुुई प्रतिशत रहेको थियो ।
Posted on: 2017-Mar-20

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story