पशु सेवा विभागको कृत्रिम गर्भाधान कार्यक्रम उपलब्धिविहीन
1 - Sep-2016, Posted by: Yuwahunkar | COMMENTS: 0
पशु सेवा विभागको कृत्रिम गर्भाधान कार्यक्रम उपलब्धिविहीन
युवा हुंकार व्युरो
काठमाडौ साउन्
पशु सेवा विभागको कृत्रिम गर्भाधान कार्यक्रम उपलब्धिविहीन देखिएको छ । विभागको पशु कृत्रिम गर्भाधान कार्यक्रम देशका अधिंकाश सुगम जिल्लाहरुमा मात्र केन्द्रित रहेको पाइएको छ । सरकारको सो कार्यक्रम देशका दुर्गम तथा विकट जिल्लाहरुमा पुराउन नदिनमा विभाग आफै सक्रिय देखिएको छ ।
सरकारको कुल ७ करोडको लगानीमा संचालित उक्त कार्यक्रम विभागअन्तर्गतका कर्मचारीहरुको कारणले देशको दुर्गम तथा पिछडिएका जिल्लाहरुमा पुग्न नसकेको हो । सरकारी सेवा सुविधाहरुको भरपूर उपयोग गर्दै देशको सुगम जिल्लाहरुमा बस्ने बानी परेका सुविधाभोगी कर्मचारीहरु देशका दुर्गम जिल्लाहरुमा जान आनाकानी गर्ने गरेकाले विभागको सो कार्यक्रम प्रभावकारी हुन नसकेको विभाग सम्बद्ध स्रोतले बताएको छ ।
विभागले कार्यक्रमलाई विभिन्न तहगत रुपमा विभाजन गरेर देशका दुर्गम जिल्लाहरुलाई थप पछाडि पारेको छ । सरकारले देशभरका लागि भन्दै संचालन गरेको कार्यक्रम सुगम जिल्लाहरुमा मात्र पुगेको छ । सरकारको एकलौटी लगानी रहेको कार्यक्रम देशभर नै समानान्तर ढगंले पु¥याउन नसक्नुले विभागको चरम लापरबाही पुष्टि भएको छ । विभागले गरेको तहगत विभाजनअन्तर्गत काठमाडौं, चितवन, नवलपरासी, रुपन्देही, काभ्रे, सुनसरी, मोरङ्ग, झापालगायतका जिल्लाहरु जुन भौतिक पूर्वाधारका हिसाबदेखि अन्य दृष्टिकोणबाट समेत सुगम छन् । त्यस्ता जिल्लाहरुमा ९ लाख रुपैंया, गुल्मी, अर्घाखाची, धादिङलगायतका जिल्लाहरुमा ७ लाख र अन्य उच्च पहाडी जिल्लाहरुलाई भने जम्मा ५ लाख रकम मात्र विनियोजन गरेको थियो । यसरी सरकारी निकायबाट नै दुर्गम तथा विकट जिल्लाहरुमा बजेट तथा कार्यक्रम पु¥याउन नसक्नाले ती जिल्लाहरु सरकारी सेवासुविधाबाट सधै जसो नै बञ्चित रहनुपरेको छ । ‘बजेट र कर्मचारीहरु तथा दक्ष प्राविधिज्ञहरु सबै सुगम जिल्लामा नै केन्द्रित भएपछि विभागले गर्ने सबै कार्यक्रमहरु देशका सबै जिल्लाहरुमा उत्तिकै प्रभावकारी ढङ्गबाट लागू हुनुपर्नेमा विभाग आफैंले कार्यक्रमलाई श्रेणीगत रुपमा विभाजन गरेर दुर्गम जिल्लाहरुलाई जानाजान नै पछाडि पारेको हो । जबकी सो कार्यक्रम विशेषत दुर्गम पहाडी तथा हिमाली जिल्लाहरुमा नै लागू हुनुपर्ने थियो’, विभागका एक अधिकारी बताउँछन् । देशका सुगम जिल्लाहरुमा त कार्यक्रम त्यसै नै प्रभावकारी रहन्छ नै, विकट तथा अति विकट स्थानहरुमा पो सरकारी सेवा सुविधाहरु उपलब्ध गराउनुपर्ने हो तर यहाँ विभाग आफैले नै कार्यक्रमको प्रभावकारीतामा प्रश्नचिह्न खडा गरिदिएको छ । विभागले देशका केही विकट स्थानहरुमा विगतका वर्षहरुमा क्याम्प खडा गरेरै भएपनि कृत्रिम गर्भाधानको कार्यक्रम सञ्चालनमा ल्याएको भएता पनि यस बर्षमा भने भूकम्प, नाकाबन्दीलगायत अन्य प्राविधिक समस्याहरु देखाउँदै जिम्मेवारीबाट पन्छिन खोजेको छ ।
चालु आर्थिक वर्षमा मात्र डेढ लाख भैंसी र साढे ३ लाख गाईमा गरेर देशभरका करिब ५ लाख जनावरहरुमा कृत्रिम गर्भाधानको लक्ष्य लिइएको थियो । विभागले कार्यक्रम सञ्चालन भएको ११ महिनासम्ममा करिब ४ लाख २५ हजार जनावरहरुमा कृत्रिम गर्भाधान गरिसकेको जनाएको छ । तर ती पनि सबै सुगम जिल्लाहरुको हकमा मात्रै प्रभावकारी देखिएको हो । हाल सो कार्यक्रम देशका विभिन्न ६३ जिल्लाहरुमा लागू भएतापनि देखावटी रुपमा मात्र रहेको पाइएको छ । विभागको सुगम जिल्लामा मात्र केन्द्रित कार्यक्रम देशका विकट, दुर्गम तथा उच्च पहाडी स्थानहरुमा पुग्न नसकेसँगै कार्यक्रम नै असफल सिद्ध भएको छ ।
Posted on: 2016-Sep-1
Posted on: 2016-Sep-1
Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story