19 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

दालचिनी स्वास्थको लागि निकै नै लाभदायक

1 - Sep-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 दालचिनी स्वास्थको लागि निकै नै लाभदायक
युवा हुंकार, काठमाडौ  दालचिनीको नियमित सेवन मानव स्वास्थको लागि निकै नै उपययोगी देखिएको छ । खानाको स्वाद बढाउन यसको पातलाई मसलाको रुपमा प्रयोग गरिन्छ । तर, दालचिनीको बोक्रासमेत अति उपयोगी हुन्छ । यसको नियमित प्रयोगले पढ्ने र सिक्ने क्षमतामा सुधार आउने भारतीय मुलका एक अनुन्धानकर्ताले पत्ता लगाएका छन् । उनले प्रयोगशालामा रहेका मुसामा गरेको अध्ययनले दालचिनीको प्रयोगले उनीहरुमा सिक्ने खुबीको विकास भएको पत्ता लगाएका छन् । ‘कमजोर क्षमता भएकालाई क्षमतावानमा परिणत गर्न यो नै सबैभन्दा सुरक्षित एवं सजिलो माध्यम हुनेछ’, रस विश्वविद्यालयका प्रोफेसर तथा मुख्य अनुसन्धानकर्ता कालीपदा पहलले भने । उनले कोही व्यक्ति जन्मजातै क्षमतावान् हुने, कोही प्रयास गरेर क्षमतावान् बन्ने तथा कोहीमा अनवरत प्रयासका बाबजुद नयाँ कुरा सिक्नमा कठिनाई हुने गरेको बताए । ‘सोच्ने तथा सिक्ने क्षमताको प्रभावकारी रणनितिक विकासका निम्ति कमजोर क्षमता भएको मस्तिष्क तन्त्रबारे बुझ्न आवश्यक छ’, पहनले भने । त्यसलाई बुझ्ने सबैभन्दा बलियो आधार हिप्पोकेम्पलमा रहन्छ । हिप्पोकेम्पल भनेको दिमागको सानो भाग हो जसले सोचको उत्पत्ति गराउने, त्यसलाई व्यवस्थित गर्ने तथा जम्मा पार्ने काम गर्छ । अनुसन्धानकर्ताले कमजोर सिक्ने क्षमता भएकामा हिप्पोकेम्पलमा क्रेबको मात्रा कम हुने अर्थात सिक्ने क्षमताको लागि आवश्यक पर्ने प्रोटिनको मात्रा कम हुने तथा दिमागमा ‘टोनिक हिविटोरी कन्डक्टेन्स’ पैदा गर्ने जी.ए.वि.आर.ए ५ को मात्रा बढी भएको पाएको थियो । यस अध्ययनका लागि मुसाहरुलाई दालचिनी खान दिइएको थियो । यसलाई उनीहरुको शरीरले सोडियम बेन्जोएट (मस्तिष्क क्षतिका लागि औषधिको रुपमा प्रयोग गर्न सकिने एक प्रकारको रसायन)मा परिणत गरेको थियो । जब सोडियम बेञ्जोएट मुसाहरुको मस्तिष्कमा प्रवेश र्गयो, यसले सि.आर. इ.बी.लाई बढाई जी.ए.वि.आर.ए ५ लाई घटाएर हिप्पीकेम्पलको न्युरोनलाई परिणत गर्न उत्तेजित गर्यो ।यसमा देखिएको परिवर्तनले मुसामा स्मरण शक्ति तथा सिक्ने क्षमताको विकास गरेको थियो ।  

Posted on: 2016-Sep-1

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar