अरवाज खानसंग सनीको रोमान्स
1 - Sep-2016, Posted by: Yuwahunkar | COMMENTS: 0
अरवाज खानसंग सनीको रोमान्स
युवा हुंकार, काठमाडौ
सनी लियोनीसंग अरवाज खानले रोमान्स गर्ने भएकाछन । बलिउडका नाम चलेका स्टारसँग गतिलो चलचित्र खेल्ने चाहना नायिका सन्नी लियोनीले राख्दै आएकी थिईन । तर, उनको विगतको इमेजका कारण उनीसँग काम गर्न बलिउडका स्टारहरु चाहाँदैन थे । अब, सन्नीले बलिउडका एक चर्चित कलाकारसँग काम गर्ने अवसर पाएकी छिन् । बलिउड नायक सलमान खानका भाई अरवाज खान र सन्नीको जोडीलाई लिएर चलचित्र ‘तेरे इन्तजार’को छायांकन सुरु गरिएको छ ।
यो चलचित्रलाई लिएर सन्नी खुबै उत्साहित देखिएकी छिन् । राजिव वालियाले यो चलचित्रको निर्देशन गरिरहेका छन् । यो चलचित्र म्यूजिकल लभस्टोरी कथामा बन्ने निर्देशक वालियाले बताए । उनका अनुसार निर्माताको पहिलो रोजाइमा नायिका सन्नी लियोनी नै थिइन् । नायक साहरुख खानसँग ‘रइस’ चलचित्रको एक गीतमा आइटम डान्स गरेकी सन्नीले अक्षय कुमारको एक चलचित्रमा केमियो रोल समेत गरेकी छिन् ।
चलचित्र ‘जिस्म २’बाट बलिउडमा प्रवेश गरेकी सन्नीको अभिनय यात्रा सुखद त छैन, तर उनी भारतमा सर्वा्धिक चर्चित छिन् । उनै सन्नीले नै मुख्य भूमिकामा काम गर्नेगरि उनको जीवनीमा चलचित्र समेत बन्ने भएको छ । निर्देशक अभिषेक शर्माले अहिले यसको कथा लेखिरहेका छन् । यो चलचित्रमा सन्नीका पति डेनियल पनि देखिनेछन् । भारतीय मिडियाको दाबी अनुसार बायोपिक चलचित्र सन्नी र डेनियलको प्रेमकथाको साथै उनीहरुको बलिउड यात्रामा बढी केन्द्रित हुनेछ । ग्ल्यामर व्यापारमा उनीहरुको यात्रालाई बायोपिकमा मुख्य रुपमा चित्रण गर्न लागिएको छ ।
Posted on: 2016-Sep-1

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story