25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

चितवनका गायक पन्तले कतारमा कला प्रस्तुत गर्ने

16 - Jul-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 चितवनका गायक पन्तले कतारमा कला प्रस्तुत गर्ने 
युवा हु्ंकार संवाददाता काठमाडौ असार चितवनको रत्ननगर निवासी लोक तथा दोहोरी गायक नेत्र जी पन्तले कतारमा हुने साँस्कृतिक कार्यक्रममा आफनो प्रस्तुति गर्ने भएका छन । एक दशक अघिदेखि गायन क्षेत्रमा सक्रिय पन्तले पहिलो पटक अन्र्तराष्ट्रिय स्तरमा हुने साँस्कृतिक कार्यक्रममा सहभागी हुने अबसर पाएका हुन । गायक पन्तलाई कतारमा प्रस्तुति गर्ने अबसर चितवन युवा समुह दोहा कतारले दिएकोे हो । मुश्लिम समुदायको महत्वपूर्ण पर्व इदको अबसरमा यही असार २४ गते अर्थात जुलाई ८ तारिखमा आफनो प्रस्तुति प्रस्तुत गर्नेछन । चितवन युवा समुह दोहा कतारको अयोजनामा हुने कार्यक्रममा उनले एक दर्जन गीत प्रस्तुत गर्नेछन । उनले सुख लुक्छ दुख लुक्दैन,स्वीट्जरल्याण्ड झै नेपाल नि होला त,भाग्य देखिन्छर र पेशा जे छ जुन ठाउँमा भएनी नेपाली हौ विदेशमा रहेनी जस्ता  चर्चित गीतहरु आफनै रचनामा बजारमा ल्याईसकेका छन । पछिल्लो पटक गायक पन्तले बजारमा ल्याएको विदेश नामक एल्बममा समावेस गरिएको पेशा जे छ जुन ठाउँमा भएनी नेपाली हौ विदेशमा रहेनी बोलको गीत विदेशमा रहेका नेपालीहरु रुचाएका कारण पन्तलाई पहिलो पटक कतारमा हुने कार्यक्रममा कला प्रस्तुत गर्ने अबसर पाएका हुन । आठौं चितवन धमका नामक सो साँस्कृतिक कार्यक्रममा पन्त सहित ज्योति काफ्ले,भूमिका गिरी,सरिता गुरुङ,संजिब सिंह राना,सालु गौतम,वल विक्रम थापा र सपना राईको पनि प्रस्तुति रहने कार्यक्रम संयोजक सुमन भारतीले जानकारी दिए ।         

Posted on: 2016-Jul-16

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar