अवैध भीओआईपीमा हालसम्म ११ अर्ब ४४ करोडको मागदाबी
13 - Jul-2016, Posted by: Yuwahunkar | COMMENTS: 0
अवैध भीओआईपीमा हालसम्म ११ अर्ब ४४ करोडको मागदाबी
काठमाडौ असार युुवा हुंकार बिशेष व्युुरो अवैधरुपमा भीओआईपी सञ्चालन गर्ने व्यक्ति पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले टोखा नगरपालिका–१३, मिलनटोलस्थित अवैधरुपमा भीओआईपी सञ्चालन गरिरहेको अवस्थामा बाग्लुङ रणसिंह किटेनी गाविस–४ बस्ने ३९ वर्षीय दिलबहादुर बोहोरा थापालाई विभिन्न प्रकारका उपकरणसहित मंगलबार पक्राउ गरेको हो । बोहोराको साथबाट भीओआईपी सञ्चालनको लागि आवश्यक उपकरणहरु १६ पोर्टको जीएसएम गेटवे दुुई थान, त्यसको एन्टिना ३२ थान, ल्यापटप दुुई थान, ब्याट्री दुुई थान, इन्भर्टर एक थान, राउटर एक थान, टिपिलिंक वायरलेस स्वीच राउटर एक थान, एनटिसी वाइमेक्स एक थान, एनटिसी तथा एनसेलका सिमकार्ड एक सय थान, तिनका सिम होल्डर ८६ थान र विभिन्न कम्पनीका डाटा मोडेम सात थानसमेत बरामद गरिएको सीआईबीले जनाएको छ । पक्राउ परेका थापामाथि थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । हालसम्म सीआईबीले ८८ स्थानमा अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाएकोमा एक सय चार नेपाली र विदेशी ३१ जनासहित एक सय ३५ जनालाई पक्राउ गरिसकेको छ । सीआईबीका अनुसार पक्राउ परेका अभियुुक्तहरुविरुद्ध ११ अर्ब ४४ करोड ५७ लाख ६६ हजार आठ सय ७४ रुपैयाँ ४४ पैसा बिगो मागदाबी लिई जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । यसबाहेक अवैध भीओआईपीविरुद्ध सञ्चालन गरिएको कारबाहीमा हालसम्म विभिन्न दूरसञ्चार कम्पनीहरुको २१ हजार सात सय नौ थान सिम कार्ड र भीओआईपीमा प्रयोग हुने अत्याधुनिक उपकरण बरामद गरिएको सीआईबीले जनाएको छ ।
Posted on: 2016-Jul-13

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story