25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

सुनचाँदी धितो २९ अर्ब २३ करोड कर्जा, सुरक्षाको ग्यारेन्टी के छ ?

13 - Jul-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 सुनचाँदी धितो २९ अर्ब २३ करोड कर्जा, सुरक्षाको ग्यारेन्टी के छ ?
युुवा हुुंकार संवाददाता काठमाडौ असार  बैंकहरुले सुनचाँदी धितो लिएर मात्र २९ अर्ब २३ करोड ९३ लाख ४० हजार रुपैयाँ कर्जा दिएका छन् । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले सुनचाँदी धितो शीर्षकमा उक्त अनुपात कर्जा प्रवाह गरेका हुुन् ।  सञ्चालनमा रहेका २९ वटा वाणिज्य बैंकहरुले सुन धितोमा २५ अर्ब २५ करोड ९३ लाख १० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् । चुक्ता पुँजी एक खर्ब १२ अर्ब ४८ करोड आठ लाख ५० हजार रुपैयाँ पुुगेको वाणिज्य बैंक क्षेत्रमा सो अवधिमा १५ खर्ब ७९ अर्ब ५९ करोड ४३ लाख ९० हजार रुपैयाँ निक्षेप संकलन गरी १२ खर्ब १६ अर्ब ७९ करोड एक लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । विकास बैंकहरुले पनि सुनचाँदी धितो लिएर फागुनसम्म तीन अर्ब ५२ करोड सात लाख ७० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सो अवधिमा विकास बैंकहरुको कुल निक्षेप दुुई खर्ब ५२ अर्ब २१ करोड ८६ लाख १० हजार रुपैयाँ रहेको छ भने कर्जा दुुई खर्ब छ अर्ब ८५ करोड ९९ लाख ६० हजार रुपैयाँ रहेको छ ।  फाइनान्स कम्पनीहरुले भने फागुुनसम्म सुनचाँदी धितो लिएर ४५ करोड ९२ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् । चुक्ता पुँजी १४ अर्ब ६९ करोड २३ लाख ८० हजार रुपैयाँ मात्र रहेको फाइनान्स क्षेत्रले सो अवधिमा ७८ अर्ब ५४ करोड २४ लाख ५० हजार रुपैयाँ निक्षेप संकलन गरी ७१ अर्ब १७ करोड १३ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । यता बैंक तथा फाइनान्स कम्पनीहरुले सुनचाँदी धितोमा कर्जा बढाएको भए पनि बजारमा वैधानिक माध्यमबाट सुन आउनेक्रम भने अहिले लगभग शून्य भएको दाबी स्रोतले गरेको छ । गत मंसिरबाट नै वैधानिक माध्यमबाट सुन आउन रोकिएको भए पनि बजारमा सुनको अभाव नहुुनुुमा तस्करीकै सुन प्रमुख कारण भएको दाबीसमेत स्रोतले गरेको छ । गत मंसिरदेखि नै सुन आउन कम भएको, फागुनमा  तीन सय केजी, वैशाखमा तीन केजी सुन आएकोमा जेठमा यस्तो आयात शून्य रहेको छ । तस्कर र राष्ट्र बैंकबीचको अघोषित साँठगाँठकै कारण बजारमा सुनको वैधानिक आयात रोकिएको हो, स्रोतले भन्यो । त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७०÷०७१मा उक्त विमानस्थलबाट मात्र ४१ करोड ९६ लाख ८२ हजार रुपैयाँबराबरको ९२  केजी अवैध सुन पक्राउ गरेको थियो । यसैगरी २०७१÷०७२मा १८ करोड ३५ लाख ४२ हजार रुपैयाँबराबरको ४१ केजी अवैध सुन पक्राउ परेको थियो । आव २०७२÷०७३को हालसम्म भने उक्त विमानस्थलबाट मात्र १२ करोड ५३ लाख ७५ हजार रुपैयाँबराबरको २९ केजी सुन पक्राउ परिसकेको छ । भन्सार कार्यालयका अनुसार आव २०७०÷०७१मा २४ अर्ब ७९ करोड ४० लाख ४९ हजार रुपैयाँबराबरको छ हजार एक सय ९९ केजी, आव २०७१÷०७२मा छ अर्ब ३८ करोड ९५ लाख ६९ हजार रुपैयाँबराबरको १७ सय तीन केजी र आव २०७२÷०७३को हालसम्म १४ अर्ब १३ करोड ८५ लाख चार हजार रुपैयाँबराबरको ३७ सय १५ केजी सुन पैठारी भएको छ ।  पाँच कोलमको तालिका बनाएर राख्ने बैंक तथा फाइनान्स कम्पनीहरुले सुनचाँदी धितोमा प्रवाह गरेको कर्जा (रकम रु. दश लाखमा)  विवरण वाणिज्य बैंक विकास बैंक फाइनान्स कुल  चुक्ता पुँजी ११२४८०.८५ ३३८०३.८३ १४६९२.३८ १९७२८८०३ निक्षेप १५७९५९४.३९ २५२२१८.६१ ७८५४२.४५ १९१०३५५.४४ कर्जा १२१६७९०.१५ २०६८५९.९६ ७११७१.३६ १४९४८२१.४७ सापटी २७९४०.२७ ८४३.६१ १६८७.६४ ३०४७१.५३ लगानी २३९२४१.६९ ३७४३.२९ २३७०.११ २४५३५५.०९ सुुनचाँदी २५२५९.३१ ३५२०.७७ ४५९.२ ६ २९२३९.३४ स्रोत ः नेपाल राष्ट्र बैंक   तीन कोलमको तालिका बनाएर राख्ने विभिन्न आर्थिक वर्षमा पक्राउ गरिएको सुन पक्राउतर्फ आ.व. पक्राउ गरिएको सुन (केजीमा ) मूल्य (रु हजारमा)  २०७०—०७१ ९२ ४१९६८२ २०७१—०७२ ४१ १८३५४२ २०७२—०७३ २९ १२५३७५ पैठारीतर्फ  आ.व. पक्राउ गरिएको सुन (केजीमा ) मूल्य (रु. हजारमा)  २०७०—०७१ ६१९९ २४७९४०४९ २०७१—०७२ १७०३ ६३८९५६९ २०७२—०७३ ३७१५ १४१३८५०४ स्रोत ः एयरपोर्ट भन्सार कार्यालय     

Posted on: 2016-Jul-13

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.

ECONOMY


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar