24 Apr
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

ढुुुकुुटीमा सुन थुपार्दे राष्ट बैक

12 - Jul-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 ढुुुकुुटीमा सुन थुपार्दे राष्ट बैक 
मुुद्रा व्यवस्थापन बिभागले २०६० सालदेखि सुनचाँदीको भौत्तिक परिक्षण गरेन  युुवा हुंकार संवाददाता काठमाडौ, असार  नेपाल राष्ट बैैक अन्र्तगतको मुद्रा व्यवस्थापन बिभागले आर्थिक बर्ष २०६०—०६१ साल देखि मौज्दातमा रहेको सुनचाँदीको भौत्तिक परिक्षण नगरेको देखिएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । कोषले बिगत केही बर्षदेखि राष्ट बैकलाई सुन चाँदीको गुणस्तर जाँचगरी टच नम्वर सहितको बिवरण राख्ने आग्रह गरेको भएपनि राष्ट बैकले हालसम्म पनि सुनको गुणस्तर परिक्षणको बारेमा आलटाल गर्दे आएको छ ।  महालेखाबाट प्राप्त विवरण अनुसार हाल राष्ट बैैकमा सुन लगानीतफं पाँच हजार एक सय ८८ किलो चार सय ७४ ग्राम, सुन मौज्दात दुुई हजार छ सय ३२ किलो पाँच सय ६७ ग्राम र चाँदी एक लाख २६ हजार दुई सय दुुई  किलो चार सय ७८ ग्राम रहेको छ । विभागले उपयुंक्त मौज्दातको शुद्धताको मात्रा अनुसार टच नम्बरसहित विवरण राख्नुपनेंमा कुल मौज्दातको तौल परिमाण र रकम मात्रको विवरण राखेको, महालेखाल जनाएको छ । बैकको आन्तरिक लेखापरीक्षणले सूचना प्रविधिको लेखापरीक्षण र अन्तरांष्ट्रिय लेखामानको पालनालाइं आफ्नो कायं क्षेत्रमा समावेश नगरेको समेत महालेखाको प्रतिवेदनमा उल्ल्लेख छ । आन्तरिक लेखापरीक्षण निदेंशिका अद्यावधिक नहुनुका साथै बैकले प्रयोग गरेको लेखा तथा अन्य सूचना प्रणालीको सुरक्षाका लागि सम्भावित जोखिम व्यवस्थापन गनं योजना तयार गरेको छैन ।  विदेशी मुद्रामा रहेको वित्तीय सम्पत्ति सात खर्ब २८ अबं ६७ करोड ५४ लाख, स्वदेशी मुद्रामा रहेको वित्तीय सम्पत्ति ५५ अबं ४५ करोड २४ लाख र अन्य सम्पत्ति पाँच अर्ब १२ करोड समेत बैकको जम्मा सम्पत्ति सात खबं ८९ अर्ब २४ करोड ७८ लाख रहेको छ । बैकको विदेशी मुद्रामा रहेको वित्तीय दायित्व १९ अबं १५ करोड दुुई लाख, स्वदेशी मुद्रामा रहेको वित्तीय तथा अन्य दायित्व छ खबं ५९ अबं एक करोड ४८ लाख र पुंजी तथा जगेडा कोषतर्फ एक खर्ब ११ अबं आठ करोड २८ लाख रहेको छ । महालेखाका अनुसार गत वषं १४ अबं २९ करोड ८९ लाख खुद बचत भएकोमा यो वषं १२ अबं ९४ करोड ५७ लाख खुद बचत भएको छ । गत वषंभन्दा सञ्चालन नाफा दुुई अबं १० करोड ३५ लाखले बढी भए पनि वैदेशिक विनिमय नाफामा एक अबं ७० करोड ९० लाखले कमी आउनु र सुन चादी पुर्न मूंल्याकन नोक्सान एक अर्ब २२ करोड ४४ लाख रहेकोले यस वषं खुद बचतमा कमी आएको छ । खुद बचतमध्ये विदेशी विनियम समीकरण कोषमा दुुई अबं २९ करोड ३ लाख, सुन चादी समीकरण कोषमा १२ करोड २४लाख, लगानी पुनमूंल्याकन कोषमा आठ लाख ५८ हजार सारेपछि तथा विगत वषंको छुट खचंको समायोजन गरेको २१ करोड ८१ लाख पश्चात् वितरणयोग्य बचत १० अबं ३९ करोड ३९ लाख रुपैयाँ कायम हुने छ ।  वितरणयोग्य बचतबाट नेपाल राष्ट् बैक ऐन, २०५८ को दफा ४१ अनुसार जगेडा तथा अन्य कोषहरुमा रकम छुट्याइं बाकीे सात अबं नेपाल सरकारलाइं भुक्तानी गनं छुट्याएको छ । वषांन्तमा १८ करोड ६६ लाखको अन्तरशाखा कारोबारको हिसाब मिलान हुन बाकी रहेको छ । गत वषंको तुलनामा यो वषं मिलान हुन बाकी शाखा हिसाब दुुई करोड ८२ लाखले घटेको छ । फरक परेको रकम नियमितरुपमा भिडान गरी समायोजन निर्देशन दिएको महालेखाले जनाएको छ । राष्ट बैकको कुल लगानी भने सात खर्ब २७ अर्ब ३० करोड ३४ लाख रुपैयाँ पुुगेको छ ।  कुल लगानीमध्ये वैदेशिक लगानीतफं अमेरिकी सरकारी ट्ेजरी बिलमा १५ अबं १७ करोड नौ लाख, भारत सरकारको ट्ेजरी बिलमा एक खर्ब ७३ अबं ८८ करोड २१ लाख, रिपो खरिदमा ५८ अबं १२ करोड ५६ लाख, बैकको आवधिक निक्षेपमा दुुई खबं ८७ अबं ९ करोड ७८ लाख, सुनमा १९ अबं ५२ करोड ७० लाख र अन्यमा एक खर्ब ३१ अबं ९० करोड ९५ लाख रुपैयाँ लगानी गरेको छ ।  स्वदेशी लगानीतफं सरकारी सुरक्षणमा २३ अबं ३९ करोड २९ लाख, बैक तथा फाईनान्स कम्पनीहरुमा दुुई अर्ब ४० करोड ७२ लाख नोक्सानी व्यवस्थाको समायोजन पश्चात् स्वदेशी बैकको मुद्दती निक्षेपमा १५ अबं ७९ करोड ७ लाख, र अन्यमा एक खवं ३१ अवं ९० करोड ९५ लाख रुपैयाँ रहेको छ ।    तस्करको हातमा सुन  चार वर्षमा एक सय ८८ किलो अवैध सुन पक्राउ  काठमाडौ असार  युुवा हुंकार बिशेष व्युरो  पछिल्लो चार वर्षमा एक सय ८८ दशमलव १२ किलो सुन पक्राउ भएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०६९÷०७० देखि २०७३ वैशाख ८ गतेसम्म गैरकानुुनीरुपमा आयात भएको उक्त  परिमाणको सुन पक्राउ परेको हो ।  भन्सार विभागका अनुसार आव २०६९÷०७० मा मात्र पटक–पटक गरी ५९ किलो गैरकानुुनीरुपमा ल्याइएको सुन पक्राउ गरिएको छ । वि.सं. २०६९ साउन २६ गते एक किलो, पुुस २५ गते दुुई किलो, पुुुस २५ गते नै पाँच किलो सुन पक्राउ गरिएको छ । यसैगरी  वि.सं. २०७० असार २ गते ३५ किलो तथा जेठ २ गते १६ किलो सुन पक्राउ गरिएको विभागले जनाएको छ । आर्थिक वर्ष २०७०÷०७१ मा पनि पटक–पटक गरी १७ किलो पाँच सय ७३ ग्राम अवैध सुन पक्राउ गरिएको छ । विभागका अनुसार उक्त आवमा नौ पटक शून्य दशमलव छ सय ३५ ग्रामदेखि चार किलोसम्मको अवैध सुन पक्राउ गरेको थियो ।  आर्थिक वर्ष २०७१÷०७२ मा भने विभागले ८० दशमलव एक सय ५५ ग्राम अवैध सुन पक्राउ गरेको छ । विभागका अनुसार उक्त आवमा १६ पटकसम्म न्यूनतम शून्य दशमलव चार सय आठ ग्रामदेखि अधिकतम १५ किलोसम्म अवैध सुन पक्राउ गरेको थियो । यसैगरी आव २०७२÷०७३ को वैशाख ८ गतेसम्ममा ३१ किलो तीन सय ६२ ग्राम अवैध सुन पक्राउ गरिसकेको विभागले जनाएको छ । यता त्रिभुवन विमानस्थल भन्सार कार्यालले भने आव २०७०÷०७१ मा ४१ करोड ९६ लाख ८२ हजार रुपैयाँ बराबरको ९२ किलो, आव २०७१÷०७२ मा १८ करोड ३५ लाख ४२ हजार रुपैयाँ बराबरको ४१ किलो तथा आव २०७२÷०७३ मा १२ करोड ५३ लाख ७५ हजार रुपैयाँबराबरको २९ किलो अवैध सुन पक्राउ गरिएको जनाएको छ ।  कार्यालयका अनुसार आव २०७०÷०७१ मा २४ अर्ब ७९ करोड ४० लाख ४९ हजार रुपैयाँबराबरको छ हजार एक सय ९९ किलो सुन वैधानिक माध्यमबाट आयात भएको छ । आव २०७१÷०७२ मा छ अर्ब ३८ करोड ९५ लाख ६९ हजार रुपैयाँबराबरको १७ सय तीन किलो तथा आव २०७२÷०७३ मा १४ अर्ब १३ करोड ८५ लाख चार हजार रुपैयाँबराबरको तीन हजार सात सय १५ किलो सुन वैधानिक माध्यमबाट आयात भएको भन्सार कार्यालयले जनाएको छ ।  तीन कोलमको तालिका बनाएर राख्ने विगत पाँच वर्षमा पक्राउ विभागमा दाखिला भएको सुनको विवरण (सुनको परिमाण किलोमा)  आ.व. विभागमा दर्ता मिति सुनको इकाइ २०६९÷०७० २०६९÷०४÷२६ १.०० २०६९÷०७० २०६९÷०९÷२५ २.०० २०६९÷०७० २०६९÷०९÷२५ ५.०० २०६९÷०७० २०७०÷०३÷२६ ३५.०० २०६९÷०७० २०७०÷०२÷०३ १६.०० जम्मा ५९.०० २०७०÷०७१ २०७०÷०७÷०४ २.०० २०७०÷०७१ २०७१÷०२÷११ १.०० २०७०÷०७१ २०७०÷१०÷०६ ०.६३५ (ग्राम)  २०७०÷०७१ २०७१÷०२÷०४ ४.८३० २०७०÷०७१ २०७०÷०९÷२९ ०.५०० (ग्राम)  २०७०÷०७१ २०७१÷०२÷११ ०.१८७ (ग्राम) २०७०÷०७१ २०७१÷०३÷२२ २.५६० २०७०÷०७१ १.८६१ २०७०÷०७१ २०७१÷०२÷०४ ४.०० जम्मा १७.५७३ २०७१÷०७२ २०७१÷०४÷१८ १ २०७१÷०७२ २०७१÷०÷६१२ ०.४०८ (ग्राम)  २०७१÷०७२ २०७१÷०÷६२९ २.९७३ २०७१÷०७२ २०७१÷०७÷०५ ०.७३२ (ग्राम) २०७१÷०७२ २०७१÷०७÷२० ७ २०७१÷०७२ २०७१÷०८÷१६ २ २०७१÷०७२ २०७१÷०८÷१७ २ २०७१÷०७२ २०७१÷०८÷२० १५ २०७१÷०७२ २०७१÷०९÷०२ २३ २०७१÷०७२ २०७१÷०९÷०८ २ २०७१÷०७२ २०७१÷०९÷२७ ४ २०७१÷०७२ २०७१÷१०÷२३ ३.५९ २०७१÷०७२ २०७१÷१०÷२३ ४.१६ २०७१÷०७२ २०७१÷१२÷०५ ०.११६ (ग्राम) २०७१०७२ २०७१÷१२÷१९ १० जम्मा ८०.१५५ २०७२÷०७३ २०७२÷०४÷१७ १ २०७२÷०७३ २०७२÷०६.११ ०.३७३.२५ (ग्राम) २०७२÷०७३ २०७२÷१२÷०२ ९.५०९ २०७२÷०७३ २०७२÷१२÷१९ ३०३.२६४ (ग्राम) २०७२÷०७३ ४१८.७७० (ग्राम)  २०७२÷०७३ १ २०७२÷०७३ १८ जम्मा ३१.३६२ सबै आवको जम्मा १८८.१२       

Posted on: 2016-Jul-12

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar