18 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

बिकास बैकहरुको नाफा चुुलियो, चुुक्ता पुुंजीको चटारो कायम नै

21 - Apr-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 युुवा हुंकार संवाददाता 
काठमाडौ चैत्र  बिकास बैकहरु थप सवल र बिकास निर्माणमा सर्मपित बन्दै गएकाछन । बिकास बैकहरुले प्रवाह गरेको कर्जा,  ग्रामिण तथा दुुर्गम क्षेत्रहरुमा बिकास बैकहरुको पहुंच र ति क्षेत्रमा बढेको आर्थिक गतिबिधी समेतलाई आधार मान्दा बैकहरुले बित्तीयरुपमा सवल तथा बिकास निर्माणमा सर्मपित हुदै गएको देखिएको हो ।    राष्ट बैकको पछिल्लो प्रतिवेदन अनुसार अहिले सबैजसो जिल्लाहरुमा बिकास बैकहरुका पहुंच स्थापीत भईसकेको छ । ग्रामिण क्षेत्रको अर्थतन्त्रको बिकासमा कुनै न कुनैरुपमा बिकास बैकहरुको भुमिका जोडिएको छ । क्षेत्रिय तथा राष्टियस्तरका समेत गरी अहिले ७३ वटा बिकास बैकरुहले आठ सय ५६ वटा शाखा मार्फत बित्तीय कारोवार सञ्चालन गर्दे आएकाछन ।  आर्थिक बिकासमा बिकास बैकह्रुको बढ्दो भुमिका सगै राष्ट बैकले यस्ता बैकहरुलाई बित्तीयरुपमा सवल बनाउने अभियान पनि सुरु गरिसकेको छ । यसको लागि राष्ट बैकले राष्टियस्तरका बिकास बैकहरुको बिद्यमान चुक्ता पुंजी ६४ करोड रुपैयाँलाई बढाएर बिसं २०७४ को असार मसान्तसम्ममा दुुई अर्ब रुपैयाँ न्युनतम चुक्ता पुंजी पुर्याउन निर्देशन दिईसकेको छ । बित्तीय तथा व्यवस्थापकीयरुपमा सवल बन्न कै लागि अहिले यति धेरै मात्रामा बिकास बैकहरुले मर्जरमा गएका हुन । मर्जर सम्वन्धी बिनियमावली २०६८ कार्यान्वयनमा आउनुुअघि ९१ वटाको हाहाहारीमा रहेका बिकास बैकहरुको संख्या घटेर अहिले ७३ वटा सिमित रहनुुलाई बित्तीय सवलताको उदाहरणकोरुपमा नै लिन सकिन्छ ।  जुन परिमाणमा बिकास बैकहरुको बित्तीयरुपमा सवल बन्दै गएकाछन, त्यहीरुपमा बिकास बैकहरुको नाफा  पनि बढ्दै गएको छ । भुकम्प र नाकावन्दीको वावजुत पनि कुशल व्यवस्थापकीय क्षमताद्धारा बिकास बैकहरु नाफा कमाउने सफल भएक हुन । क्षेत्रीय तथा राष्ट्रिय समेत गरी हालसम्म झण्डै ६० वटा  विकास बैंकहरुले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेकोमा एकाध बाहेक सबैजसोको खुद मुनाफा बढेको छ । बैकहरुले घरजग्गा कर्जामा कटौती गर्दे, बिगतमा रहेको निष्क्रिय कर्जाहरु उठाएको, अनुुत्पादक खर्च घटाएको, सुरक्षित क्षेत्रमा मात्र कर्जा प्रवाह गरेकाकारण पनि प्रतिकुल अवस्थामा पनि नाफा बढाएका हुन । फेवा बिकास बैकलेचालु आवको दोस्रो त्रैमासिक अवधिमा ११ करोड २ लाख ७५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संभावित जोखिम व्यवस्थापन शीर्षकमा तीन करोड ६१ लाख ६४ हजार रुपैयाँ छुुट्याएको बैंकले सो अवधिमा १० अर्ब ५३ करोड एक लाख ४६ हजार रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब ८३ करोड ५५ लाख २० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । चुक्ता पुँजी ८१ करोड ६२ लाख १५ हजार रुपैयाँ रहेको बैंकको सो अवधिमा निष्क्रिय कर्जाको अनुपात एक दशमलव ५९ प्रतिशत रहेको छ । क्षेत्रीयस्तरको अरनिको डेभलपमेन्ट बैंकले पनि दोस्रो त्रैमासिक अवधिमा २ करोड तीन लाख ३६ हजार पाँच सय रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संभावित जोखिम व्यवस्थापन शीर्षकमा २ करोड ६९ लाख आठ हजार २ सय ८० रुपैयाँ छुुट्याएको छ । निष्क्रिय कर्जाको अनुपात एक दशमलव ८६ प्रतिशत रहेको बैंकले सो अवधिमा एक अर्ब ८२ करोड ७० लाख तीन हजार चार सय ६० रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३७ करोड ६० लाख ६९ हजार आठ सय रुपैयाँ कर्जा प्रवाह गरेको छ ।  क्षेत्रीयस्तरकै तिनाउले पनि दोस्रो त्रैमासिकमा २ करोड ५६ लाख १२ हजार पाँच सय १० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । चुक्ता पुँजी २४ करोड २२ लाख ७९ हजार तीन सय रुपैयाँ रहेको बैंकले सो अवधिमा २ अर्ब ८० करोड ३८ लाख ५३ हजार २ सय रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब सात करोड ६० लाख ६४ हजार एक सय ४० रुपैयाँ कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव १५ प्रतिशत रहेको बैंकले सो अवधिमा संभावित जोखिम व्यवस्थापन शीर्षकमा ३८ लाख ८९ हजार छ सय रुपैयाँ छुट्याएको छ । चुक्ता पुँजी २१ करोड १२ लाख ७४ हजार रुपैयाँ रहेको मितेरीले दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ९० करोड ६१ लाख चार हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७० करोड तीन लाख ४८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । संभावित जोखिम व्यवस्थापन शीर्षकमा ४४ लाख १० हजार रुपैयाँ छुुट्याएको बैंकमा शून्य दशमलव २४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । मुक्तिनाथ विकास बैंकले भने दोस्रो त्रैमासिक अवधिमा १५ करोड ९० लाख १७ हजार ९० रुपैयाँ खुुद मुनाफा आर्जन गरेको छ । चुक्ता पुँजी ८३ करोड ८४ लाख ३२ हजार सात सय ५० रुपैयाँ रहेको बैंकले सो अवधिमा नौ अर्ब २३ करोड ५७ लाख ७३ हजार तीन सय ९० रुपैयाँ निक्षेप संकलन गरी सात अर्ब ८६ करोड ३९ लाख ८९ हजार आठ सय ७० रुपैयाँ कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव २६ प्रतिशत रहेको बैंकले सो अवधिमा संभावित जोखिम व्यवस्थापन शीर्षकमा सात करोड १४ लाख ६३ हजार रुपैयाँ छुुट्याएको छ ।  सबैभन्दा धेरै चुक्ता पुँजी भएको यती डेभलपमेन्ट बैंकले पनि दोस्रो त्रैमासिक अवधिमा १६ करोड पाँच लाख ९५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । निष्क्रिय कर्जाको अनुपात सात दशमलव २६ प्रतिशत रहेको बैंकले सो अवधिमा आठ अर्ब ७६ करोड ८१ लाख ८३ हजार रुपैयाँ निक्षेप संकलन गरी सात अर्ब नौ करोड ८५ लाख ९९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । चुक्ता पुँजी एक अर्ब ३८ करोड ६२ लाख २३ हजार रुपैयाँ रहेको यतीले सो अवधिमा संभावित जोखिम व्यवस्थापन शीर्षकमा सात करोड १४ लाख ६३ हजार रुपैयाँ छुुट्याएको छ । निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव २९ प्रतिशत रहेको गरिमा विकास बैंकले भने दोस्रो त्रैमासिक अवधिमा नौ करोड ७९ लाख आठ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । चुक्ता पुँजी ८५ करोड ३२ लाख रुपैयाँ रहेको बैंकले सो अवधिमा सात अर्ब २५ करोड एक लाख नौ हजार रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ३२ करोड ३९ लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ भने संभावित जोखिम व्यवस्थापन शीर्षकमा सात करोड १४ लाख ६३ हजार रुपैयाँ छुट्याएको छ । यसबाहेकका अन्य विकास बैंकहरुको खुद मुनाफामा पनि नाकाबन्दीको असर न्यून देखिएको छ । 

Posted on: 2016-Apr-21

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar