25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

जम्बो सरकार, प्रधानमन्त्री केपी ओली, मधेश आन्दोलन

28 - Feb-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 प्रधानमन्त्रीलाइ अव उनकै उपप्रधानमन्त्रीले कार्वाही गर्ने भएका छन । कार्वाहीको कारण हो प्रधानमन्त्रीको अर्को जम्वो सचिवालयलय जसका लागि यो मन्त्रीपरिषद जतिकै खर्च भैरहेको छ । यो जम्वोका उपप्रधानमन्त्री टोपबहादुर रायमाझी यति खेर त्यो जम्वो सल्लाहकार टोलीका विरुद्ध उत्रिएका छन । यदि उनको घोषणा सही भयो भने प्रधानमन्त्री केपीशर्मा ओली उनकै यी उपप्रधानमन्त्रीको कार्वाहीमा पर्ने छन । रायमाझीले पुस मसान्तमा गुल्मीको एउटा सार्वजनिक समारोहमा यस्तो कार्वाही गर्ने घोषणा गरेका हुन । उनका अनुसार यतो जम्वो बनाएर राज्यकोष दुरुपयोग गर्न पाइदैन । उनले थप भने राजधानी फर्किएर यसको छानविन गरिन्छ र कार्वाही हुन्छ । केही अघि प्रधानमन्त्रीले  ठूलो सल्लाहकार टोली राखेको र तिनलइ प्रतिव्यक्ति राष्ट्रपतिको भन्दा निकै वढीहुने गरी तलव भत्ताको व्यवस्था गरेको कुरा सार्वजनिक भएको थियो । कुरा जे होस यो प्रधानमन्त्रलिाइ उपप्रधानमन्त्रीले कार्वाही गर्ने कुरा नया रुपमा प्रकट भउको छ संसारभरीमा नै नौलो प्रकारको । यद्यपि यो कुरा यतिखेर बोलीएकोमात्र छ । वोलको कुरा पुरा हुने हो भने यो पनि अनौठै हुने छ । 
यता प्रधानमन्त्री र उपप्र्रधानमन्त्री बीच एउटै कुरामा बृफिङमा होडबाजी चलिरहेको छ । प्रधानमन्त्रीको भनाइले देशलाइ हसाएको कुरा नसकिदै यो कामले संसारलाइ नै हसाएको छ । कार भनेको सामुहिक नेतृत्वको नाम हो । प्रधानमन्त्री वा मन्त्री सवै त्यसका समान सदस्यहुन ती सवैमिलेको एउटा अनुहार हो सरकार । तिनको एउटै दायित्व हुन्छ । व्यक्ति जोहोस र पदपनि । तिनले जहा जे गर्छन बोल्छन त्यो सरकारकै वोलाइ र गराइ हुन्छ । हुनुपर्ने पनि त्यही हो तर यहा उल्टो देखियो । प्रधानमन्त्रीले उपप्रधानमन्त्रीलाई र उपप्रधानमन्त्रीले प्रधानमन्त्रीलाई नपत्याएको वा उनका छुट्टा छुट्टै सरकार रहेको बुझाउने वा देखाउने कुरा । त्यो पनि देश भित्र मात्र होइन पुरै संसारलाइ नै वताइएको अवस्था । गएको मंगलबार र बिहवारका दुइदिन भित्र जे गरियो त्यसले यहाँ एकपटक दुइवटा सरकारले काम गरिरहेको देखियो । एउटा सरकार प्रधानमन्त्री र अर्को सरकार उपप्रधानमन्त्रीले चलएको जस्तो ।  यी दुइपदाधिकारीले गरेका दुइ बृफिङमा प्रस्तुत भएका कुरा पनि एउटै थिए र सुनाउन खोजिएका र सुन्नेहरुपनि एकै व्यक्ति । फरक सुनाउनेहरुमात्र । यसमा अर्को फरक हो एकले चिया खाजा खुवाए भने अर्काले दिवाभाज । एउटाले आफनो कार्यालयमा भन.े अर्काले निवासमा । अर्को फरसक हो यी दुवै बृफिङमा एकले अर्कालाइ वहिस्कार गरे । उपप्रधानमन्त्रीले गरेको बृफिङमा प्रधानमन्त्री गएनन, पदीय कारणले पनि होला तर त्यस्तैं पदीय कारणले जानै पर्ने वा भनौं उपस्थित हुनैपर्ने अर्को बृफिङमा उपप्रधानमन्त्री गएनन । यहाँ उपप्रधानमन्त्री भन्नाले परराष्ट्रमन्त्री भन्नेपनि सम्झनुपर्छ साथै उनी अनुपस्थित रहेको यो बृफिङ उनले आफैले आयोजना गरे जस्तै कुटनीतिक नियोग हुन जसको प्रत्यक्ष सरोकार राख्ने देशको एकमात्र निकाय  परराष्ट्र नै हो । कि त्यो मन्त्रालयल गरेको यस्तो ब्रिफिङलाइ प्रधानमन्त्रीले मान्न पर्ने थियो जो दुइदिन अघिमात्र भएको थियो । कि प्रधानमन्त्रीको ब्रिफिङमा परराष्ट्रमन्त्री हुनै पर्ने थियो । यी दुवै भएनन । यसले के देखायो भने यी दुइ पदाधिकारी बीच यस्तो मनमुटाव छ जसले आआफनै सरकार चलाइ रहेका छन । यसको सवैभन्दा दुखद पक्ष हो यो कुरा संसारसामु प्रकट भयो । यसले दिने सन्देश हो वाह्य सहयोगमा वाधा पुग्नु । भूकम्प र नाकावन्दीले थलापारेको देशमा यस्तो सहयोग भएन भने त्यसले कस्तो प्रभाव पार्ला भन्ने उल्लेख भैरहनु पर्दैन । प्रधानमन्त्रीको काम उपप्रधानमन्त्रीले उपप्रधानमन्त्रीकोकाम प्रधानमन्त्रीले नमान्ने हो भने अथवा त्यही काम छुट्टाछुट्टै गर्ने हो भने त्यो जतिको बहुरंग अरुके होला ।   

Posted on: 2016-Feb-28

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar