24 Apr
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

बीमा कम्पनीहरुले न्युनतम चुक्ता पुंजी २५ र ५० करोड कायम

27 - Feb-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 बीमा कम्पनीहरुले नियमनकारी निकाय बीमा समितीको पुरानो व्यवस्था अनुरुपको २५ करोड र ५० करोड रुपैयाँको न्युनतम चुक्ता पुंजी कायम गरेकाछन । पुरानो व्यवस्था अनुसार निर्जिवन बीमा कम्पनीहरुले २५ करोड र जीवन बीमा कम्पनीहरुले ५० करोड रुपैयाँ चुक्ता पुंजी कायम गर्नुपर्नेमा कम्पनीहरुले चाल आवको पछिल्लो अवधिसम्ममा बोनस तथा हकप्रद सेयरको माध्यमद्धारा तोकिएको न्युनतम चुक्ता पुंजी कायम गरेका हुन । सञ्चालनमा रहेका २६ वटा बीमा कम्पनीहरु मध्ये सबैजसो बीमा समितीले तोकेको न्युनतम चुक्ता पुंजी कायम गरेकाछन । समितीको न्युनतम चुक्ता पुंजी सम्वन्धी व्यवस्था अनुसार निर्जिवन बीमा कम्पनीहरुले २५ करोड रुपैयाँ र जीवन बीमा कम्पनीहरुले ५० करोड रुपैयाँ चुक्ता पुंजी कायम गर्नुपर्नेमा चालु आवको पहिलो त्रैमासिक अवधिसम्ममा सञ्चालनमा रहेका सबैजसो कम्पनीहरुको न्युनतम चुक्ता पुंजी कायम गरेका हुन ।  
नेपाली बीमा क्षेत्रमा आठ वटाले जीवन बीमा सम्वन्धी कारोवार गर्दे आएकाछन । सो मध्येमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुंजी सबै भन्दा उच्च रहेको छ । चालु आवको पहिलो त्रैमासिक अवधिसम्ममा एक करोड ६४ लाख ७३ हजार तीन सय ७८ रुपैयाँ खुद मुनाफा आयोजना गरेको कम्पनीले उक्त अवधिसम्ममा एक अर्ब ७३ करोड ४० लाख  रुपैयाँ चुक्ता पुंजी कायम गरेको छ । सोही अवधिमा तीन करोड ५५ लाख एक हजा छ सय २३ रुपैयाँ खुद मुनाफा आर्जन गरेको नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले पनि एक अर्ब एक करोड ९१ लाख २५ हजार नौ सय रुपैयाँ चुक्ता पुंजी कायम गरेको छ । गुराँस लाईफ इन्स्योरेन्स कम्पनीले पनि चालु आवको पहिलो त्रैमासिक अवधिमा एक करोड ६५ लाख ४९ हजार नौ सय ५५ रुपैयाँ खुद मुनाफा आर्जन गरेको उक्त कम्पनीले ५० करोड रुपैयाँ चुक्ता पुंजी कायम गरेको छ । लाईफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेडले न्युनतम चुक्ता पुंजी कायम गरिसकेको छ । चालु आवको पहिलो त्रैमासिक अवधिसम्ममा ८५ करोड ५५ लाख ६२ हजार पाँच सय रुपैयाँ चुक्ता पुंजी गरिसकेको कम्पनीले सो अवधिमा एक करोड ६५ लाख ४९ हजार नौ सय ५५ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । चुक्ता पुंजी ६७ करोड १३ लाख २७ हजार रुपैयाँ कायम गरेको एशियन लाईफ इन्स्योरेन्स कम्पनीले पनि चालु आवको पहिलो त्रैमासिक अवधिा एक करोड १० लाख ८२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । उक्त अवधिमा ७७ लाख एक हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको शुुर्या लाईफ इन्स्योरेन्स पनि समितीको निर्देशन अनुसार न्युुनतम चुक्ता पुंजी ५० करोड रुपैयाँ कायम गरेको छ ।  यसैगरी निर्जिवन बीमा सम्वन्धीत कारोवार गर्दे आएका अधिकांस कम्पनीको चुक्ता पुजी पनि २५ करोड रुपैयाँमा सिमामा कायम रहेको छ । चालु आवको पहिलो त्रैमासिक अवधिमा युुनाईटेड इन्स्योरेन्सले २५ करोड २० लाख, प्रभु इन्स्योरेन्सले २९ करोड ३८ लाख ११ हजार, नेको इन्स्योरेन्सले २५ करोड, शिखर इन्स्योरेन्सले ३५ करोड ७६ लाख ९१ हजार, लुम्बिनी जनरल इन्स्योरेन्सले २९ करोड १८ लाख ७५ हजार, प्रुुडेन्सीयलले  २७ करोड, एनएलजीले  ३४ करोड १५ लाख , सिद्धार्थले २८ करोड ५८ लाख, प्रिमियरले २८ करोड ७५ लाख  र नेशनल इन्स्योरेन्सले ३८ करोड ८५ लाख रुपैयाँ चुक्ता पुंजी कायम गरिसकेकाछन । यसबाहेकका एभरेष्ट र एनबी इन्स्योरेन्सले पनि न्युनतम पुंजी सम्वन्धी व्यवस्था अनुरुप चुक्ता पुंजी कायम गर्ने योजना लागु गरिसकेकाछन । न्युनतम चुक्ता पुंजी सम्वन्धी पुरानो व्यवस्था पुर्णरुपमा कार्यान्वयनमा आए लगत्तै समितीको प्रस्तावित बीमा ऐन अनुरुप चुक्ता पुंजीलाई पाँच अर्ब रुपैयाँ पुर्याउने व्यवस्था सहितको मस्यौदा अर्थमन्त्रालयमा पेस गरेको छ ।    २ कोलमको तालिका बनाएर राख्ने कुन बीमा कम्पनीहरुको चुक्ता पुंजी कति ?  कम्पनीको नाम चुक्ता पुंजी   युनाईटेड इन्स्योरेन्स कम्पनी २५,२०,००,००० प्रभु इन्स्योेरेन्स कम्पनी २९,३८,११,००० नेको इन्स्योरेन्स कम्पनी २५,००,००,००० शिखर इन्स्योरेन्स कम्पनी ३५,७६,९१,००० लुम्बिनी जनरल इन्स्योरेन्स २९,१८,७५,००० प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनी २७,००,००,००० एनएलजी इन्स्योरेन्स कम्पनी ३४,१५,५०,००० सिद्धार्थ इन्स्योरेन्स कम्पनी २८,५८,८०,००० प्रिमियर इन्स्योरेन्स कम्पनी २८,७५,०२,००० राष्ट्रिय बीमा कम्पनी १२,४४,४०,००० नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड ३८,४५,५९,००० जीवन बीमा तर्फ (रकम रुपैयाँमा)   कम्पनीको नाम चुक्ता पुंजी  गुराँस लाईफ इन्योेरेन्स कम्पनी लिमिटेड ५०,००,००,००० लाईफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड ८५,५५,६२,५०० एशियन लाईफ इन्स्योरेन्स कम्पनी ६७,१३,२७,७०० राष्ट्रिय बीमा संस्थान ९,३०,००,०० शुर्या लाईफ इन्स्योरेन्स कम्पनी ५०,००,००,००० नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड १,७३,४०,००,००० नेशनल लाईफ इन्स्य  

Posted on: 2016-Feb-27

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar