म्याच फिक्सिङको आरोपमा कप्तान सागर थापासहित चार खेलाडी पक्राउ
9 - Nov-2015, Posted by: Yuwahunkar | COMMENTS: 0
म्याच फिक्सिङको आरोपमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित चार खेलाडी पक्राउ परेका छन् । एक प्रशिक्षक पनि पक्राउ परेका छन् ।
थापासँगै विकाससिंह क्षेत्री, रितेश थापा, सन्दिप राई र प्रशिक्षक अञ्जन केसी पनि पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले कप्तान थापालाई बुधबार थापाथली क्षेत्रबाट पक्राउ गरेको हो । अन्तराष्ट्रिय फुटबलमा नेपालले लगातार खराव नतिजा हात पारिरहेको बेला कप्तानसहितका खेलाडी म्याच फिक्सिङ (खेल मिलेमतो) को आरोपमा पक्राउ परेका हुन् । पक्राउ परेका मध्ये रितेश विभागीय टीम नेपाल पुलिसका समेत गोलकिपर हुन् । विकास मनाङका र थापा र राई थ्रीस्टारमा आवद्ध छन् । यस्तै केसी थ्रीस्टारका पूर्व प्रशिक्षक हुन् । अन्तराष्ट्रिय खेलमा मिलेमतो गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखा प्रमुख सर्वेन्द्र खनालले जानकारी दिए । स्रोतका अनुसार नेपाली खेलाडीहरुले अफगानिस्तानसहितका खेलहरुमा मिलेमतो गरेको देखिएको छ ।
Posted on: 2015-Nov-9

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story