25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

संविधान निर्माण र प्रदेशको सिमांकनमा बाबुरामको दोहोरो चरित्र छताछुल्ल

1 - Oct-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 संविधान निर्माण र प्रदेशको सिमांकनमा डा
बाबुराम भटराईको दोहोरो चरित्र छताछुल्ल भएको छ । देशको एक्लो वौद्धिक व्यक्तिको रुपमा आफनो परिचय दिदै आएका नेता डा. भट्टराईले संविधान निर्माणको अन्तिम चरणमा दोहोरो चरित्र देखाएका छन । संविधान सभामा अघिल्लो दिन राती एउटा प्रस्ताव गरे र भोलीपल्ट ठ्याक्कै त्यसको विरुद्ध हुनेगरी सार्वजनिक तहमा मन्तव्य दिए । त्यो मन्तव्य आफुले प्रस्ताव गरेको भन्दा विलकुलै भिन्न र नागरिकलाइ उकास्ने खालको थियो जसले तीनजना व्यक्तिको ज्यानै लियो । भट्टराईले संविधानसभामा औपचारिक रुपले छ वटा प्रदेशको सीमाड्ढन विधिवत प्रस्तुत गरे सम्वाद समितिका तर्फबाट उनले यो कुरा त्यहा यसरी प्रस्तुत गरे त्यसै कारण अरुदलका सभासदहरुले पनि तालीका ताली वजाए । विपक्षीहरुले तालि बजाएको यो घटना त्यसकारण सभामा एउटा उदाहरण वन्न गयो मनमा घत नपरीकन ताली वज्दैन । ताली वज्नुले नै त्योकुरा जायज थियो भन्ने बुझाउछ । उनले त्यहा यो सीमाड्ढनको विरोध गर्नु भनेको संविधान बन्न नदिनु हो र प्रतिगामीहरुलाई मलजल गर्नु पनि हो भने । तर लगत्तै भोलीपल्ट उनले आफनै भनाइबाटै यो व्यवस्थाका विरुद्ध विभिन्न समुदायलाई सडकमा उत्रन आह्वान गरेर । त्यतिमात्र होइन त्यस्तो सडक आन्दोलनमा आफनो साथ र समर्थन रहने समेत भने । गणतन्त्र नेपालको संविधान जारी हुने करिव अन्तिम समयमा आइपुगेको वेला जिम्मेवार तहमा रहेको नेतृत्वको यस्तो दोहोरो चरित्रका कारण देशमा फेरी अन्योल फैलिन गयो । तीन जनामान्छे मरिसके । वन्द र हडताल देशव्यापी रुपमा फैलियो । यो वेला जसरी अखण्डको कुरा उठीरहेको छ त्यसले आम नागरिक र अझ स्थानीयस्तरमा संघीयता नस्वीकारेको बुझनुपर्ने भयो वास्तविकता त्यस्तो थिएन । एउटा विकास क्षेत्र भित्र परेको भूभाग त्यसबाट अलग गर्न पाइदैन भनी ठाउ ठाउमा जस्ता विरोधहरु देखिए त्यसलाइ संघीयताका पक्षधर नेताहरुले यदी उनीहरु वास्तवमै संघीयता चाहन्छन भने स्थानीय जनतालाइ संझाइ बुझाइ गर्नुपर्नेमा उल्टो उनीहरुले गरेको आन्दोलनमा आफनो साथ र समर्थन रहेको भनी वक्तव्यहर दिनु केकति ठीक हो आत्ममूल्याड्ढन गर्ने वेला भएको छ । त्योपनि आफै यस्तो सीमाङ्कन गर्ने र फेरी आफै तयसको विरोधमा उत्रने कामले त झनै समस्या पारेको अवस्था आयो । कति सम्म भने उनको दलका अध्यक्षले समेत सडकमा उत्रिएकाहरुलाई सम्यम रहन आह्वान गर्न प¥यो । जसका विरुद्ध सडकमा उत्रिन जसबाट आह्वान भयो त्यो सीमाड्ढनलाई सभामा विधिवत प्रवेश गराउने सभाका पदाधिकारी अर्थात संविधानसभा राजनैतिक सम्वाद तथा सहमति समितिका संयोजकको हैसियतबाट सभामा यो सीमाड्ढन विधिवत प्रवेश गराउने उनै थिए र त्यसको लगत्तै भोलीपल्ट आन्दोलन कारी एउटा पक्ष जसले यो सीमाड्ढनको विरोध गरेर एउटा भूभागलाई पुरै वन्द गरिरहेको थियो त्यसका पक्षमा आफनो साथ समर्थन रहेको वताए एउटै व्यक्तिबाट एउटै समयमा विपरित प्रकारका कुरा आयो । संविधान निर्माण हुने क्रममा यो त्यसकारण अभिलेखमा रहनुपर्ने विषय भयो । संविधान लेखनको काम सधै हुदैन । यसले नेपालमा संविधान किन बन्न सकिरहेको छैन भन्ने एउटा उदाहरण त प्रस्तुत गरेको छ नै नेतृत्वको चरित्रलाई पनि प्रकट गर्छ । संवाद समिति त्यसको नामले नै संविधानका लागि महत्वपूर्ण हो भन्ने बुझाउछ । सीमाड्ढन यदि ठीक थिएन भने त्यो समितिले सभामा लानै हुदैन थियो । सभामा लानुृ भनेको त्यसले पुरा अनुमोदन गरेको अर्थमा बुझनुपर्छ । वास्तविकता पनि त्यही हो । यो प्रतिवेदन सभामा पेश गरिदा यसका संयोजक बाबुरामले दिएको मन्तव्यपनि उतिकै महत्वको थियो । त्यसवेला यसलाइ एउटा ऐतिहासिक काम मानियो र त्यहाबाट बाहिर निस्कना साथ आफुले प्रस्तुत गरेको कुराकै घोर विरोध गरियो । यस्तो विरोध त्यो समितिमा नरहेकाले गरेका भएपनि एउटा स्वाभाविक कुरा मानिने थियो । उसको अनुपस्थितिमा भएको जेजस्तो निर्णय भएपनि जोकेहीले विरोध गर्नपाउछ । त्यो हक उसंग हुन्छ । तर जसको संयोजकत्वमा निर्णयहरुका हुन र यस्तो निर्णय भयो भनी जसले त्यो भन्दा माथिल्लो निकायमा बुझाए उनैले त्यसको विरोध गर्नु भनेको सवैले चासो राख्नुपर्ने मध्येमा पर्छ । यो राजनीति नयाँ संविधान र सरकार परिवर्तनका खेल ३४ युवा हुङ्कार भन्दा दोहोरो चरित्र अर्को न होला । बाबुराम आफै जीवित रहेको वेला यो कस्तो चरित्र हो भन्ने उनी संगै साध्न सकिने अवस्था छ । यति महतवपूणमदमा रहेका र यस्ता जिम्मेवार पदाधिकारीले यस्तो गैर जिम्मेवार काम गरिदाको परिणामले ठुलो जनधनको क्षति गरायो भने त्यसको दोषी को हुने ? प्रश्न खडा भएको छ । यो वेला त्यस्तो धनजनको क्षति भैनै सकेको छ । त्यो कुनै एउटा भूभागमा होला तर त्यसको अनुकरण अन्यत्रपनि हुन सक्तछ । यो अभिव्यक्तिले सडक आन्दोलनलाइ उक्साएको छ । संविधानले मानछेलाइ जीवन दिनुपनेृ हो यहा मृत्यु दिइरहिउको अवस्था देखियो जुन कुरा कुनैपनि प्रकारले स्वकार्य हँुदैन । यस्ता अभिव्यक्तिहरुले अन्त्यमा संघीयतालाइनै नोक्सान पु¥याउछ । डा. भटराईले यस्तो दोहोरो चरित्र देखाएको घटना यो पहिलो भने होईन । यसअघि पनि धेरैपटक देखिदै आएका थिए । संविधान यो वेला जुनचरणमा छ त्यसको मूल स्रोत हो गएको जेठमा समपन्न भएको १६ बुदे संझौता । यो सम्झौता हुदा बाबुरामपनि साक्षी वसेका थिए । त्यो सम्झौतामा संसदले कार्यकारी प्रमुख छान्ने व्यवस्था गरियो । त्यो १६ वुदेलाइपनि सभामा प्रवेश गराउनेकाम उनी बाटै भएको हो । १६ वुदे भयो र त्यो सम्वाद समितिमा गयो । त्यसमा केही दिन छलफल गराएर सभामा पठाउने काम उनकै हस्ताक्षरबाट वा भनौं उनैले त्यसको महत्व माथि प्रकाश पारेपछि सभाले त्यसलाइ छलफल गराएर त्यहीकुरा मस्यौदा समितिमा आएकोहो । यति भएपछि मस्यौदा वन्यो र त्यो जनताकहा राय सुझावका लागि गयो । राय सुझावमा प्रत्यक्षकार्यकारी प्रमुख अर्थात जनताले निर्वाचित गरेको व्यक्ति कार्यकारी प्रमुख हानुपर्ने कुरा वढी सख्यामा आएको देखियो वा भनौं वताइयो । किन भने यो साय सुझाव यो वेला सम्म सार्वजनिक भएको थिएन र छैन पनि । त्यस्तो सुइको पाएपछि आफैले गरेको सम्झौता र आफैले सभामा प्स गरेको व्यवस्था विरुद्ध उनी आफै मैदानमा उत्रिए । त्यसपछिका विभिन्न ठाउमा उनले प्रत्यक्ष कार्यकारी प्रमुख भन्ने अभियान नै चलाए । त्यो उनको अडान जस्तै वन्यो । आफनो दल भित्र र बाहिर दुइहप्ता सम्म उनी यो अभियानमा लागि रहे । ललितपुरमा पुरै दिनको गोष्टिनै आयोजना गरे र त्यसमा आफैले त्यो सम्झौता वा भनौं मस्यौदा विरुद्ध हुनेगरी कार्यपत्र नै प्रस्तुत गरे । सरकार फेर्ने वा संविधान दिने भन्ने बिषयमा जनमत गरियो भने सायद सत् प्रतिसत संबिधान दिने भन्ने बिषयमा जनमत आउँछ । कतिसम्म जनता संबिधानका लागि प्रतिक्षा गरिरहेकाछन भन्ने भन्ने कुराको उदाहरण पछिल्लो समय संबिधान निमार्णको लागि गरेको राय संकलनमा उर्लेको जनलहरलाई लिन सकिन्छ । साउनको चार र पाँच गते जनताले संविधानका लागि राय सुझाव दिन जस्तो तत्परता देखाए, ती दुइदिनमा दुइलाखको सुझाव आयो त्यो जनउत्साहको एउटा नमूना नै हो । यसरी जनताले संविधान खोजी रहेका वेला कसैले सरकारको फेरवदलको कुरा वा फेरवदलको मिति वताउन थाले भने त्यो कसैलाइ केधन्दा कसैलाइ केधन्दा घर ज्वाइलाइ खानको धन्दा भन्ने उखानलाइ सम्झाउने विषय हुदो रहेछ । यो हप्ता एउटा दलका जिम्मेवार नेताले सरकार फेरवदलको मिति तोकेको अवस्थाका परिदृश्यहरु यस्तै देखिएकाछन । अहिले देशमा बन्द हड्तालको श्रंखला बढेको छ । भदौ लागेयता मात्र चार दिन नेपाल बन्द भईसकेको छ । यो बन्द देश कति अशान्त भन्ने एउटा सानो उदाहरण हो । पुरै मध्यपश्चिम कफ्र्युमा चलिरहेको छ । पश्चिमको कैलाली देखि पूर्वको इटहरी सम्म वन्दको निरन्तर विस्तार भै रहेको छ । यसै क्रममा प्रहरीको गोलीबाट तीनजनाको त ज्यान नै गैसकेको छ । यस्तो वेला जिम्मेवार दलका जिम्मेवार नेता चाहि सरकार कुनदिन फेरिन्छ भनी मिति तोकिरहेको पाइयो । विषय संविधानको छ तर नेताचाहि सरकारको कुरा गरिरहेका छन मानौं यी आन्दोलनहरु सरकार परिवर्तनकालागि भएका हुन सरकार फेरियोभने यो आफै शान्त हुन्छ भनेजसरी । विषय संविधानको छ सरकारको होइन । संविधान भनेको एकपटक लेखिने र जनजीवन संग प्रत्यक्ष जो डिएको. विषय हो । त्यसलाइ एउटा निष्कर्षमा नपु¥याइ यो आन्दोलन रोकिदैन । प्रत्येक घटनाहरले त्यही वताइ रहेका छन । त्यस्तो वेला सरकार कुन दिन फेरिन्छ भन्ने जानकारीले के अर्थ राख्छ ? नेपालका सबै दलका नेताहरु यो दिन संविधान आउछ भनी संविधान जारी हुने मिति तोक्ने होडमा लागेका बेला एमालेका उपमहासचिव विष्णु पौडेल चाहि सरकारको मिति तोकिरहेका पाइयो । उनले भदौको दोस्रो हप्ता सरकार फेरिने मिति दिएका छन । त्यसकारण उनको यो भनाइलाइ त्यस्तै नोट गर्नुपर्ने मानिएको हो । कुनवेला के.कुरा गर्ने भन्ने हेक्का नेतृत्वमा नरहेको र जुन सुकैवेला सरकारमात्र देख्ने भन्ने चरित्रको एउटा नमूना पनि यही नै हो । सीमाड्ढन मिलेन भनी संविधानसभामा विभिन्न दलहरुले वहिष्कार गरिरहेका, देशका भूभागहरु कफ्र्युमा चलिरहेको र ठूला दलका नेताहरुले संयमता अपनाउन आह्वान गरिरहेका वेला यता उनी चाहि सार्वजनिक समारोहमा फलानो दिन एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार वन्दछ, नोट गर्नोस र मेरोभनाइमा ढुक्क हुनुहोस भनी जानकारी गराइरहेका थिए । उनको भनाइ थियो अव केपी ओलीको नेतृत्वमा सरकार गठन हुन कसैले रोक्न सत्तैmन, यसमा कुनै द्विविधा छैन । त्यो वेला अव संविधान आउन कसैले राक्दैन भनिएको भए यसले एउटा साझाकुराको सनदेश जाने थियो तर भयो उल्टो । यसले बुझायो –यो वेला देशभरी जस्तो आगो वलिरहेको छ त्यो केपीशर्मा ओलीको नेतृत्वमा सरकार वन्न ढिलाइ भएर हो , त्यसकारण यो जानकारी दिन आवश्यक भयो को हो । उनलाइ त्यस्एतो लागेकोहोला तर देश र दुनियाले चाही अर्केकुरा खोजिरहेकाछन, यो हो संविधान । दखलाग्दोकुरा हो सरकार फेरिने कुराको जानकारी गराउँदा उनले आफुले वोलेको समयभरी संविधानकोचाहि चर्चासमेत गरेनन । सरकार फेरिने मिति तोकिदाको त्यो समय जस्तो तनाव थियो । सरकार फेरेर यो समस्यामा रौं वरावरको पनि प्रभाव पर्ने वाला थिएन र परेनपनि र पछि पनि नपर्ला । यो टाउको दुखेको दवाइ नाइटोमा दल्ने उखान जस्तोमात्र हो । समस्या एकातिर छ नेतृत्व चाहि कसरी विलकुलै विपरित कुरा गरिरहेछ भन्ने त्यसकारण यसलाइ एउटा उदाहरण मानिएकोहो हो । यस्ता असान्दर्भिक कुरा गर्न छाडिएन भने नेतृत्व आफै हाँसको पात्र वन्नुपर्छ । नेताहरु यसप्रति पनि सचेत हुनुपर्छ, नेताहरुले धर्यता गुमाउनु हुदैन । 

Posted on: 2015-Oct-1

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar