24 Apr
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

मानव जीवन पूर्णत्वको राजद्वार

30 - Sep-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 असतोमा सद्गमय ।
तमषोमा ज्योर्तिगमय ।। मृत्र्योमा अमृतम् गमय ।।। मानवको जीवन असत्यबाट सत्य तिर जानको लागि, अन्धकारबाट प्रकाश तिर तथा मृत्युबाट अमृत्व तिर जाने राजद्वार हो । यदि मनुष्यले यस सु–अवसरको सदुपयोग चेतनाको उच्चतम स्तरलाई प्राप्त गर्नको लागि गर्दैन भने उसले आफ्नो अवमूल्यन गरिरहेको हुन्छ, अर्थात मानव शरीर भन्दा निम्नतर जीवनमा प्रवेशको तयारी गरिरहेको हुन्छ । त्यसैले मनुष्यले भौतिक क्षेत्रको उन्नतीलाई मात्र प्राथमिकता नदिएर चेतनाको उच्चतम स्तरलाई प्राप्त गर्न सर्वोच्च प्राथमिकता दिनु पर्दछ । तर यस लक्ष्यको प्राप्ति तव नै सम्भव हुन्छ जब मनुष्यको अभ्यन्तरमा अध्यात्मज्ञान प्राप्तिको प्रवल जिज्ञासा जागृत हुन्छ र उसलाई जीवनमा सच्चा तत्वज्ञानी सद्गुरुको कृपा प्राप्त हुन्छ । सद्गुरुको कृपा तथा प्रेरणा प्राप्त गरेर सहजता पूर्वक आध्यात्मको पथमा अग्रसर भई परमात्मा प्राप्ति गरेर सदा–सदाको लागि मुक्त तथा परमानन्दित भई हाल्दछ, तव नै मानवको आध्यात्मिक जीवनको सुभारम्भ हुन्छ, तव नै मानव पूर्ण तथा परमानन्दित भई हाल्दछ । विष्णु पुराणमा महर्षि परासरले मानव तनको महत्वलाई दर्शाउदै भनेको छ – गायन्ति देवाः किल गीतकानि धन्यास्तु ते भारतभूमिभागे । स्वर्गापवर्गास्पदमार्गभूते भवन्ति भूय ः पूरुषा ः सुरत्वात ् ।। (विष्णु पुराण २।३।२३) मनुष्यको जीवन परमपिता परमात्माको प्राप्तिको लागि मिलेको हो । यो साधनाको धाम मोक्षको ढोका हो । मनुष्य शरीर देव दुर्लभ हो । जब भगवानको कृपा हुन्छ, तव नै यो शरीर प्राप्त हुन्छ । शास्त्रहरुमा मानव जीवनको अत्यन्त महिमा गाएको छ । यस संसारमा मनुष्य शरीर प्राप्त गर्नको लागि देवताहरु पनि लालायीत रहन्छन् । देवताहरु भगवान्संग पटक–पटक प्रार्थना गर्दछन् कि हे प्रभु, हामीलाई पनि मानव शरीर प्राप्त होस् ताकि हामी हजुरको भजन तथा भक्ति गर्न सकूँ, मुक्ति तथा सद्गति प्राप्त गर्न सकूँ । सन्त तथा शास्त्रहरुको कथन छ कि यो जीवआत्मा चौरासी लाख योनीहरुमा भ्रमण गर्दछ । चौरासी लाख योनीहरु निम्नानुसार उल्लेख गरिएको छ – स्थावरं विंशतिर्लक्षं जलजं नवलक्षकम् । कृमिश्च रुद्रलक्षं च दशलक्षं च पक्षिणः ।। त्रिशल्लक्षं पशूनां च चतुर्लक्षं च वानरा ः तत्ः मनुष्यतां प्राप्य ततः कर्माणी साधयेत् ।। बीस लाख स्थावर वृक्षादि योनीहरु, चार लाख बानर योनीहरु, नौ लाख जलजन्तु, एघार लाख किटपतङ्ग, दश लाख पक्षि तथा तिस लाख पशु योनीहरुमा कर्म फल भोगेर यो जिवआत्माले कर्म योनी रुप यस मानव शरीरलाई प्राप्त गर्दछ, अर्थात भगवत् कृपाले नै मनुष्य तनको प्राप्ति हुन्छ । आदी गुरु शंकराचार्यको पनि यो न कथन दुर्लभं त्रयमेवैत वानुग्रहहेतुकम् । मनुष्यत्वं मुमुक्षुत्वं महापुरुषसंश्रय ः ।। (वि.चु. ।।३।।) भगवान्को कृपा नै मानव शरीर प्राप्तिको एक मात्र कारण हो । मनुष्य शरीरलाई प्राप्त गर्नु मुक्ति प्राप्तिको भावना जागृत हुनु, तथा महान् पुरुषको सानिध्य प्राप्त हुनु यी तिनैे अत्यन्तै दुर्लभ बस्तु हुन् । मनुष्य जीवन परमात्मा प्राप्तिको लागि नै मिलेको हो । यो शरीर परमात्मा प्राप्तिको एक अनुपम अवसर हो । संसारको धनदौलत अन्तिम समयमा काम लाग्दैन, त्यसैले आत्मज्ञानी सन्तको संगतमा बसेर तत्वज्ञान, आत्म साक्षात्कार गरेर भगवान्को पवित्र नाम, आदीनाम, पावन नामको स्मरण गर्नु पर्दछ । चौरासी लाख योनीहरुमा भट्का खाएपछि मनुष्य शरीरको प्राप्ती हुन्छ । यदि दुर्लभ आत्मज्ञान प्राप्त गरेर भजन साधना गरेनौ भने पुनः चौरासी लाख योनीहरुमा भट्का खानुपर्दछ । सन्त महापुरुषहरुको भनाई छ कि – मनुष्य शरीरको प्राप्ति भन्दा अघि यो जिवआत्माले अनेक पटक किटपतङ्ग आदी योनीहरुमा भ्रमण गर्दछ । हात्ती, माछा, हरिण, पक्षिं, सर्प, बृक्ष, आदी अनेक योनीहरुमा भट्का खाएपछि परमात्माको दया, करुणा भएमा मनुष्य शरीरको प्राप्ति हुन्छ । मनुष्य शरीर प्राप्त गरेर यदि श्रोत्रिय ब्रम्हनिष्ठ आत्मज्ञानी गुरुको खोजी गरेर गुरुज्ञान प्राप्ति गरी भजन, ध्यान गरेनौ भने फेरी जीव चौरासी लाख योनीह( रुमा भट्किरहन्छ । बिनोद शर्मा, सचिव नेपाल मानव धर्म सेवा समिति विदेहराज निमिको कथन छ कि मानव जीवन अनमोल त छ, तर यो नश्वर छ । दुर्लभो मानषो देहो देहीनां क्षणभंगुरः । तत्रापी दुर्लभं मन्ये वैकुण्ठप्रियदर्शनम् ।। (श्रीमद्भा.महापु. ११÷२÷२९) मनुष्य शरीर दुर्लभ छ, यसलाई क्षण भंगुर सम्झेर शिघ्र भागवत दर्शन तथा ईश्वर प्राप्तिको लागि प्रयत्न गर्नुपर्दछ । भगवत् प्राप्तिमा नै यस तनको सार्थकता छ । वाणीको सार्थकता प्रभु गुणगानमा, कानको सार्थकता सत्संग कथा श्रवणमा, हातको सार्थकता प्रभुको चरणकमलको सेवामा, खुट्टाको सार्थकता प्रभुको सन्निकट जानमा, प्राणको सार्थकता प्रभुको पवित्र नामलाई जानेर श्वाँस–श्वाँसमा निरन्तर भगवान्को नाम स्मरणमा छ । आफ्नो मनलाई प्रभु आज्ञामा लगाउनु नै सवैभन्दा ठूलो मान–सम्मान हो । मनुष्य शरीरको प्रत्येक अंग परमात्मा प्राप्तिमा समर्पित गर्नुपर्दछ । कान सत्संग श्रवणलाई, नयन गुरु दर्शनलाई, टाउको भगवानको चरणकमलमा प्रणामलाइर्, हृदय भगवत् भक्तिलाई, जिब्रो प्रभु गुणानुवादलाई तथा चित्त हरि कथा श्रवण गरेर हर्षित हुनका लागि हामीलाई प्राप्त भएको हो । यदि भगवत् भक्तिका यिनी कार्यहरुमा मनुष्य तनका अंग लागेनन् भने सबै अंग व्यर्थ नै हुन् । मनुष्य तन वेशकिमति हो । यो भोगविलासको लागी मिलेको होईन । यसको उद्देश्य त परमात्माको प्राप्ति हो । भगवत् भजन तथा भक्तिको कमाई नै मनुष्य जीवनको सार हो । यदि भगवान्को दर्शन तथा साक्षात्कार भएन भने मानव शरीरलाई प्राप्त गर्नु निष्फल नै हो । भगवान् राम अयोध्यावासीहरुलाई सम्झाउँदै भन्नुहुन्छ कि नरतनु भव वारिधि कहुँ वेरो । सन्मुख मरुत अनुग्रह मेरो ।। करनधार सद्गुरु दृढनावा । र्दुलभ साज सुलभ करि पावा ।। (रा.च.मा.उ.का.) यज्ञादी, बाह्य साधनहरुबाट स्वर्गादी लोकह( रुको प्राप्ति सम्भव छ तर स्वर्गलोक पनि स्थिर छैन । पूण्यक्षीण भएपछि स्वर्गलोकका देवताहरुको पनि पतन भई हाल्दछ । मानव तन पाएको परम उद्देश्य परमात्माको प्राप्ति मात्र हो । विषय भोग तथा स्वर्ग सुख पनि नाशवान् नै हुन् । भगवान् राम अयोध्यावाशीहरु लाई सम्बोधित गर्दै भन्नुहुन्छ – एहि तन कर फल विषय न भाई स्वल्प युवा हुङ्कार २७ अ‍ेत दुखदाई ।। नर तनु पाई विषय मन देहि । पलटी सुधा ते सट विष लेहीं ।। ताहि कबहुँ भल कहइ न कोई । गुंजा ग्रहइ परस मनि खोई ।। (रा.च.मा.उ.का.) स्वर्ग पनि अल्पकालिन तथा अन्तमा दुःखप्रद नै हो । जो देव दुर्लभ मानव तन प्राप्त गरेर विषयहरुमा मन लगाउँदछ, त्यो मानव सठ् तथा मुर्ख हो । जो अमृतको परित्याग गरेर विषलाई पिउँदछ, उसलाई कसैले उत्तम मानव भन्दैन जसले पारसमणीलाई त्यागेर काँचका टुक्राहरुलाई संग्रह गर्दछ । भगवान् राम भन्नुहुन्छ – आकर चारि लच्छ चौरासी । योनी भ्रमत यह जिव अविनाशी ।। फिरत सदा माया कर प्रेरा । काल कर्म सुभाव गुन घेरा ।। कबहुँक करी करुणा नर देही । देत ईस बिनु हेतु सनेही ।। (रा.च.मा.उ.का.) शास्त्रहरुमा चौरासी लाख योनीहरुको विवरण आउँदछ । जसलाई चार भागमा विभक्त गरेको छ । १) अण्डज – जो अण्डाबाट उत्पन्न हुन्छन्, जस्तै – पंक्षि, सर्प आदी । २) पिण्डज – जो आमाको गर्भबाट जन्म लिन्छन्, जस्तै – मनुष्य, पशु, बानर आदी । ३) स्वेदज – जो पसिना, फोहोर आदीबाट उत्पन्न हुन्छन्, जस्तै – जुम्रा, उडुस आदी । ४) उद्भिज– जो धर्तिलाई फाडेर उत्पन्न हुन्छन्, जस्तै – गहुँ, चना, मकै, धान आदी अन्य । आफ्नो कर्म फललाई भोग्नको लागि जिवआत्माको उपरोक्त विभिन्न योनीहरुमा जन्म तथा मरण भई नै रहन्छ । तर अहेतु कि कृपा गर्ने प्रभुको कुनै जीवमा विशेष कृपा भई हाल्दछ तव प्रभु उसलाई चौरासी लाख योनीह( रुबाट उभारेर मानव शरीर प्रदान गरी आत्मालाई कृतार्थ गर्नुहुन्छ । मानव शरीर कुनै कर्म फलबाट प्राप्त हुदैन । यो त भगवत् कृपा ले नै प्राप्त हुन्छ । भगवान् कृष्ण पनि अर्जुनलाई सम्झाउँदै भन्नुहुन्छ कि – “ते तं भुक्त्वा स्वर्गलोकं विशालं क्षीणे पुण्ये मत्र्यलोकं विशन्ति । ” (गिता ९।२१) जप, तप, पुजा, पाठ, यज्ञ, हवन, दान, तथा तिर्थाटन आदि कर्मले पुण्यको प्राप्ति हुन्छ । पूण्यको संचयले स्वर्ग लोक प्राप्त हुन्छ, तर मुक्ति सद्गती, या परमात्मा प्राप्ति हुन सक्दैन । स्वर्गका देवता पनि स्वर्गादी सुखहरुलाई भोगेर पुण्य क्षीण भएपछि मृत्युलोकलाई प्राप्त गर्दछन् । भगवान् कृष्ण पनि अर्जुनलाई सम्झाउँदै भन्नुहुन्छ कि – ये अप्यन्यदेवता भक्ता यजन्ते श्रद्घयान्विता ः । तेकपि मामेव कौन्तेय यजन्ति अविधिपूर्वकम् ।। (गिता ९।२३) देवी देवताहरुको उपासना पनि मानव तन प्राप्तगर्नको उद्घेश्य होईन । कामना राखेर देवताहरुको उपासना गर्ने भक्त सोच्दछन् कि मेरो भक्तिले प्रसन्न भएर देवताहरुले मनोवाञ्छीत फल प्रदान गरेको हो तर सत्य त यो हो की सबै चराचरका प्राणी तथा देवी देवताहरुलाई दिने एक परमात्मा मात्र हुन् । भगवान्लाई छाडेर जुन मानिसले सकाम भाव राखेर देवताहरुको पुजन गर्दछन् तिनिहरुको त्यो पुजन अज्ञान पूर्वक हो । भगवान् कृष्ण स्पष्ट रुपमा भन्नुहुन्छ – यान्ति देवव्रता ः देवान् पितृनयान्ति पितृव्रता ः ।भुतानि यान्ति भुतेज्याः यान्ति मद्याजिनः अपि माम् ।। जुन मनुष्यले देवताहरुको पुजन गर्दछन् देवताहरुलाई, जुन मनुष्यले पितरहरुको पुजन गर्दछन् पितरहरमा, जुन मनुष्यले भुतहरुको पुजन गर्दछन् भुतहरुमा तर जुन मनुष्यले परमात्माको पुजन गर्दछन् तिनि परमात्मालाई प्राप्त हुन्छन् । परमात्माको पुजा गर्ने भक्तको पुर्नजन्म हुदैन । परमात्माको प्राप्ति नै मानव तन हुनको कारण हो । बाह्य पुजा पाठ एवं उपासना गर्ने मानिस पुनरपी जननम् एवं पुनरपी मरणम्को चक्रबाट मुक्त हुदैनन् तर भगवान्को पवित्र नामको भजन तथा ध्यान गर्ने भक्त सदा–सदाको लागि जन्म मरणरुपी आवागमनको चक्रबाट मुक्त भई हाल्दछ । २८ युवा हुङ्कार दान, यज्ञादी साधनबाट प्राप्त सुखभोग नाशवान् हुन् । अनश्वर शास्वत् तथा अच्यूत त एक मात्र परमात्मा हुन् । उनैलाई प्राप्त गर्नको लागि यो मानव जीवन परमात्माले जीवआत्मालाई प्रदान गरेको हो । त्यसैले परमात्माको प्राप्तिको लागि मानवले अनवरत रुपमा प्रयत्नशिल रहनुपर्दछ । मानव तन अत्यन्त दुर्लभ हो, त्यो भन्दा पनि दुर्लभ परमात्माको दर्शन हो । मानव जीवनको उद्घेश्य न स्वर्ग प्राप्तिको लागि हो, न विषय भोगहरुको लागि नै हो, परमात्माको प्राप्ति नै मानव जीवनको उदेश्य हो । श्री रामचन्द्र भगवान्ले अयोध्यावाशीहरुलाई सम्झाउँदै भन्नु भएको छ – बडे भाग्य मानुष तन पावा । सुर दुर्लभ सद् ग्रन्थन हि गावा ।। साधन धाम मोक्ष करी द्घारा । पाए न जेहि परलोक सवारा ।। अत्यन्त ठूलो भाग्यले मानुष तन प्राप्त भएको हो । मनुष्य तनको लागि सम्पूर्ण देवी देवताहरु पनि भगवान् संग प्रार्थना गर्दछन् हे प्रभु, मलाई पनि मानुष तन प्रदान गर्नुहोस् ताकी मैलै पनि आत्माज्ञान प्राप्त गरेर ध्यान, साधना गर्दै हजुरको लोकको दर्शन गर्न सकूँ, साथै सम्पूर्ण धर्म ग्रन्थहरुले पनि मनुष्य शरीरको मुक्तकण्ठले महिमा गाएको छ । किनहोला ? किनकी मनुष्य शरीर साधना गर्ने धाम, तथा मोक्षको ढोका हो । परमात्माको सम्पूर्ण रचनाहरुमा मानव शरीरको रचना नै सर्वोत्कृष्ट रचना हो । त्यैसैले नै त भगवान्ले पनि आफुलाई मानव शरीरमा नै प्रकट गर्नुहुन्छ । ब्रम्हा, विष्णु, शिव, राम, कृष्ण, बुद्ध आदी सबै मनुष्य शरीरमा नै अवतरित हुनुभएको थियो । महाभारतमा उल्लेख गरिएको छ – न जातु कामः कामानामुपभोगेन शाम्यति । हविषा कृष्णवत्र्मेव भूय एवाभिवर्धते ।। यत्पृथिव्यां व्रीहियवं हिरण्यं पशवः स्त्रियः । एकस्यापी न पर्याप्तं तस्मात्तृष्णां परित्यजेत ।। या दुस्त्यगजा दुर्मतिभिर्या न जीर्यति जीर्यत ः। योकसौ प्रार्णान्तिको रोगस्तां तृष्णां त्यजतः सुखम् ।। (महा.आदि पर्व ८५।१२–१४) विषय भोगको कामना विषय भोगले शान्त हुदैन, जस्तै प्रज्वलित आगोमा घिउ हाल्नाले आगो शान्त हुदैन, अपितु झन् प्रचण्ड रुप लिन्छ । त्यसैले सुख त भोगहरुको प्राप्तिमा नभएर विषय भोगहरुको त्यागमा नै छ । दुर्बुद्घि मानिसले वासनाहरुको त्याग गर्न सक्दैनन् । मनुष्यको शरीर बुढो भएता पनि तृष्णा कहिल्यै पनि बुढो हुदैन । जहिले सम्म शरीरमा प्राण रहि रहन्छ, तव सम्म यो तृष्णा (भोग विलासको चाहना) रुपी रोगले छाड्दैन र सदा सर्वदा दुखी र अशान्त नै रहन्छ । राजा भर्तृहरी संग संसारका सम्पूर्ण भोग पदार्थहरु थिए, तर मायाको यस चकाचौंदमा उनलाई शान्ति र आनन्द प्राप्त हुन सकेन तब राजाले समयका सद्गुरु गुरु गोरखनाथ संग आत्माको ज्ञान प्राप्त गरे तब मात्र उनलाई आफ्नै हृदयमा सचिदानन्द स्वरुप परमात्माको दर्शन प्राप्त भयो र परमानन्द तथा सुखको आनन्दको प्राप्ति भयो । राजा भर्तृहरीले संसारका मनुष्यहरुलाई सम्बोधन गर्दै भनेका छन् – भोगो न भुक्ता वयमेव भुक्तास्तपो न तप्तं वयमेव तप्ताः । कालो न यातो वयमेव यातास्तृष्णा न जीर्णा वयमेव जीर्णाः ।। (भर्तृ वै.श. १२) मनुष्यले भोगहरुको उपभोग गरेनन् तर भोगहरुले मनुष्यको भोग गरेर जिर्ण बनाईदियो । मनुष्यले तप गरेनन् तर तपले नै मनुष्यलाई तपाईदियो ।

Posted on: 2015-Sep-30

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar