18 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

कृषकहरुका लागि लाभदायी बन्दै थोपा सिंचाई प्रविधि

22 - Sep-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 कृषि क्षेत्रमा गरिएको लगानी बालुवामा पानी
हाले जत्तिकै भएको छ । कृषि क्षेत्रको बिकास र बिस्तारको लागि दाताले दिएको करोडौ रुपैयाँ अनुदान राजनीतिक तथा बिभिन्न खाले दवावले कृषकले भन्दा पनि गैर कृषकले पाउने क्रम बढेपछि कृषि क्षेत्रमा भएको करोडौ रुपैयाँ लगानी बालुवामा पानी हाले सरह भएको हो । कृषिजन्य उत्पादनको बृद्धि, बजारीकरण र कृषि मार्फत जनताको जीवनस्तर माथि उकास्नको लागि प्रत्येक बर्ष बिभिन्न किसिमको अन्तराष्टिय गैर– सरकारी संस्थारुले करोडौ रुपैयाँ अनुदान दिने गरेकाछन । तर यस्तो अनुदान किसान सामु बितरण गर्ने अख्तियारी लिएका संस्थाहरुले राजनीतिक पहुंच र शक्तिका भरमा राजनीतिक दलका नेता तथा कार्यकर्तारुलाई बितरण गर्ने काम गरेपछि यसबाट नेता पोस्ने बाहेक अरु उपलब्ध हाँसिल हुन सकेको छैन । नेपालमा हाल विश्व बैक, एशियाली विकास बैंक, सयुक्त राष्ट्र संघ, बिश्व खाद्य, कार्यक्रम, जाईका लगायतका दर्जनौ संस्थाबाट यहाँको कृषि क्षेत्रको बिकासको लागि २४ अर्ब रुपैयाँ भन्दा बढीको परियोजना सञ्चालन भईरहेको छ । तर यि सबै परियोजनाहरुको उपलब्धी हालसम्म पनि सुन्य रहेको छ । नेपालमा हाल २४ अर्ब ७४ करोड ८५ लाख रकम बराबरका कृषि सम्वन्धी कार्यक्रमहरु सञ्चालन भईरहेकाछन । कृषि बिकास मन्त्रालय अन्र्तगत विश्व बैंकको सहयोगमा सञ्चालित व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट), विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रमको कृषि तथा खाद्य सुरक्षा आयोजना र आईएफएडीको सहयोगमा उच्च मूल्य कृषि बस्तु विकास आयोजना कृषि विकास मन्त्रालय अन्तर्गत सञ्चालित रहेकाछन । हिमाली प्राजेक्ट पशु सेवा विभाग अन्तर्गत र बाँकी सबै आयोजनाहरू कृषि विभाग अन्तर्गत् सञ्चालित रहेकाछन । विदेशी दातृ निकायद्वारा सञ्चालित सबै कार्यक्रमहरू बढीमा आर्थिक बर्ष २०७५–०७६ सम्मका आयोजनाहरू सञ्चालनमा रहेकाछन । यसमध्ये केही कार्यक्रमहरू २०६५–०६६ साल देखि नै निरन्तर सञ्चालनमा रहेकाछन । कार्यक्रम सञ्चालन भएतापनि यसबाट प्राप्त उपलब्ध भने हालसम्म पनि शुन्य रहेको छ । पछिल्लो समय दातृ निकायले कृषिमा गरेको लगानी र लगानी अनुसारको प्रतिफलको विषयलाई हेर्दा नेपालमा त्यस्ता निकायबाट सञ्चालित विभिन्न कार्यक्रमहरूले देशको कृषि क्षेत्रमा आशातीत प्रगति गर्न सकेको देखिंदैन । यस्ता निकायको सहयोग पनि रोकिएको छैन । यसले गर्दा विदेशी दातृ निकायले दिएको सहयोग उनीहरूले कसरी खर्च गर्छन् भन्ने विषय नै सोचनीय बन्दै गएको छ ।   जे.बी. विष्ट

Posted on: 2015-Sep-22

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar