वर्तमान समाजमा मानव धर्मको भूमिका कस्तो रहेको छ ?
11 - Aug-2015, Posted by: Yuwahunkar | COMMENTS: 0
वर्तमान समाजमा मानव धर्मको भूमिका कस्तो रहेको छ ?
ठाकुरप्रसाद पौडेल , केन्द्रिय अध्यक्ष
नेपाल मानव धर्म सेवा समिति निष्काम, निःस्वार्थ, समर्पित तथा अनुशासित एक यस्तो संगठन हो जुन जातीय, साम्प्रदायिक तथा धार्मिक आदि भिन्न मतभेद भन्दा माथी उठेर मानव सेवालाई नै आफ्नो कर्तव्य र आराधना, पुजा, तथा यजन मान्दछ । मानव मात्र नभएर प्राणीमात्रको प्रति संवेदनशिल तथा सेवा हेतु सदैव तत्पर, गतिशिल तथा कृतसंकल्प नै जसको स्वभाव, गौरव, परितोष हो त्यस्ता सामाजिक, राष्ट्रिय भावना एवम् आध्यात्मिक गुणबाट ओतप्रोत मानवतावादी महान् आध्यात्मिक व्यक्तित्व सद्गुरुदेव श्री सतपाल जी महाराजज्युको मार्गदर्शनमा वि.सं. २०४३ सालमा स्थापित यस नेपाल मानव धर्म सेवा समितिको केन्द्रिय कार्यालय आराध्यादेव पशुपतिनाथको मुखार क्षेत्र गौशालामा रहेको छ ।
मानव कल्याणका निम्ति आफ्नो व्यक्तिगत, पारिवारिक तथा भौतिक सुख सुविधालाई तिलाञ्जली दिएर सदा मानव कल्याणमा समर्पित सद्गुरुदेव श्री सतपाल जी महाराजज्यूको प्रेरणा र मार्गदर्शनमा सन्तमहात्माज्यूहरुका सत्संग प्रवचनको माध्यमबाट समाजमा फैलिरहेको कुरिती, विकृति र विसंगतीहरुलाई न्युनिकरण गर्नुका साथै मानव मानवमा सदाचार एवं विश्व बन्धुत्वको भावनाको जागृति गराउने कार्य गरिरहेको छ । साथै यस संस्थाले समय–समयमा योग साधना शिविर, रक्तदान शिविर, स्वास्थ्य शिविर, छात्रवृत्ति कार्यक्रम, प्राकृतिक प्रकोप पिडितहरुलाई राहत सहयोग, स्वच्छ शहरका लागी सडक, नदिनाला, मठ–मन्दिर, सार्वजनिक स्थल तथा अस्पतालको सर–सफाई गर्ने कार्यका साथै वृद्घ–वृद्घाहरुलाई फलफुल एवं भोजन वितरण गर्ने कार्यमा निरन्तरता दिदैं आईरहेको छ । अन्र्तराष्ट्रिय संस्थाको रुपमा कायम भएको यस संस्थामा देश विदेशका भक्तहरुको ठुलो संख्यामा सहभागिता भईरहने भएकोले यस्ता आध्यात्मिक कार्यक्रमहरुबाट पर्यटकहरुको वृद्घि हुनका साथै हाम्रो देशको आर्थिक विकासमा ठुला टेवा पुग्ने देखिन्छ ।
Posted on: 2015-Aug-11
Posted on: 2015-Aug-11
Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story