18 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

यसपालि कुन पार्टीले कसरी जित्ला चुनाव ?

21 - Oct-2013, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 
कृष्ण अविरल   मंसिर ४ मा संविधानसभाको दोस्रो चुनाव हुने लगभग निश्चित भएको छ । यतिबेला कांग्रेस–एमालेका अधिकांश नेता–कार्यकर्ता दुईतिहाइ बहुमतको दाबी गरिरहेका छन् । उनीहरूलाई लागिरहेको छ, एमाओवादी फुटेर दुई चिरा भएको मौकामा चुनावमा जान पाइयो भने एमाओवादीको शर्मनाक हार हुने पक्का छ । विगतमा सरकार सञ्चालनमा देखिएको असफलता, लोकप्रिय ठानिएका बाबुरामको शीघ्रपतन, सरकारी नियुक्ति र ठूलाखाले ठेक्कापट्टामा देखिएको ताण्डव, पूर्वलडाकुहरूको असन्तुष्टि, वेपत्ता तथा सहिदपरिवारको उपेक्षा आदिका कारणले पनि एमाओवादी चुनावमा पत्तासाफ हुने कांग्रेस र एमाले नेताहरूको अनुमान छ । उता माओवादी नेतृत्व भने आफ्नो १२० सिट सुरक्षित भएको र अलिकति बल गर्दा १६० पु¥याउन सकिने आँकलन गरिरहेको छ । संघीय समाजवादीलगायतका पार्टीसँग तालमेल गर्न सकियो र आन्तरिक कलह मिलाउन सकियो भने २० सिट थपिन सक्ने एमाओवादीको सपना छ । चुनावका लागि एमाओवादीले गरिरहेको हल्लाखल्ला हेर्दा उसको विश्लेषण सतहीजस्तो पनि देखिँदैन । उनीहरू भन्छन्– ‘पहिलो चुनावमा हामीसँग चुनावको अनुभव नै थिएन । हामीले त अँध्यारोमातिर हानेका थियौँ । यसपटक त हामीसँग अनुभव पनि छ, समर्थक पनि बढेका छन् । दुईतिहाइ किन आउँदैन ?’ साँच्चै नै । एमाओवादीसँग यतिखेर अनुभव मात्रै होइन साम, दाम, दण्ड, भेद सबैथोक छ । विगतका दरवारियाहरूको साथ र समर्थन छ । र, त्यसलाई प्रयोग गर्न सक्ने प्रचण्ड–कला पनि छ । यी सब अस्त्रका अगाडि आन्तरिक विवादमा रुमलिएका कांग्रेसका नेताहरूले ठूलो दल बन्छौं भन्दा विचरा ! भन्न मन लाग्छ । रामचन्द्र झाजस्ता इमानदार नेता र श्रवण मुकारुङजस्ता बफादार कार्यकर्ताहरूको समेत विश्वास जित्न नसक्ने एमाले नेताहरूको चुनावबारे कुरा सुन्दा त झन् दीपकराज गिरी र दीपाश्री निरौलाको ‘तीतो–सत्य’ नै बिसिईन्छ । एमाओवादीमा फुटेको घाउ आलो रहेका बेला चुनावमा गइयो भने उसको शर्मनाक हार हुने विश्लेषण कांग्रेस–एमालेका नेताहरूको छ । तर, एमाओवादीका नेताहरूले भने फुटलाई अवसरका रुपमा लिइरहेका छन् । हुन पनि शोकलाई शक्तिमा बदल्नु एमाओवादीको जन्मजात संस्कार नै हो । एमाओवादीका नेताहरूलाई थाहा छ, आफ्नो पार्टीका कार्यकर्ता, समर्थक शुभेच्छुकहरू आफ्नो पार्टीको पछिल्लो कार्यशैलीसँग जतिसुकै असन्तुष्ट भए पनि उनीहरूले कांग्रेस–एमाले वा अन्य संशोधनवादी पार्टीलाई भोट हाल्दैनन् । बरु चुनावका दिन कुनै अमूक नेताको मासुभात खाएर बस्छन् । त्यसकारण पनि उसले १६० सिट जित्ने आंकलन गरेको हुनसक्छ । चुनाव हुने अघिल्लो साँझका लागि एमाओवादीको तयारी त झन् साँच्चै डरलाग्दो हुन सक्छ । चुनाव हुने अघिल्लो साँझ एमाओवादीका कार्यकर्ताहरू मुखमा पट्टि बाँधेर बहिष्कारवादी ड्यास माओवादीका कार्यकर्ता हौँ भन्दै कांग्रेस–एमाले समर्थकका घर–घरमा जान सक्टन् । ‘भोलि भोट हाल्न गयौ भने तिमेरलाई ठीक पार्छौँ’ भनेर तर्साउन पनि बेर लगाउन्नन् । यस्तो अवस्थामा कट्टर कार्यकर्ताबाहेक कांग्रेस एमालेका जनसाधारण भोट हाल्न जाने छैनन् । उता एमाओवादीले भने आफ्ना समर्थक र शुभेच्छुकहरूलाई भने खोजीखोजी ल्याएर भोट हाल्न लगाउन सक्छ । त्यति भएपछि एमाओवादीले पहाडी इलाकामा मात्रै होइन, मधेशमा समेत सोरपटार पार्न सक्छ । प्रभावशाली नेताहरू मधेशबाट चुनाव लड्ने एमाओवादीको मधेश नीति हचुवाको भरमा त्यसै आएको होइन । ?  एमाओवादीका विगतका कमजोरी र करतुतहरूलाई दस्तावेजीकरण गरेर भँजाउन सकेको भए कांग्रेस–एमालेले आफ्नो पक्षमा जनमत जुटाउन सक्थे । त्यसका लागि युद्धमा लडेर अंगभग भएका तर अहिले विचल्लीको जीवन बाँचिरहेकाहरूलाई रणनीतिक रुपमा उपयोग गर्न सक्थे । विगतमा एमाले नेता माधव नेपाललाई हराउनका लागि उपयोग गरिएको अर्थात् तात्कालीन राजा ज्ञानेन्द्रलाई दाम राखेको फोटो घर–घरमा पु¥याएर हराएको घटनाबाट पाठ सिकेर प्रचण्ड–महलको असलियत, उनको विलासी दैनिकी, प्रकाशका करतुतहरूको कहानी, सुमार्गीसँगको लगानी साझेदारी मात्रै पनि उपयोग गर्न सक्थे भने चुनावी माहौल नै अर्को हुन सक्थ्यो । बाँकेको ढकेरीबाट हराएको भनिएको ३० केजी सुन र पाँच केजी चाँदीको भित्री कुरा, लडाकुका नाममा लिएको सरकारी रकमको घोटाला आदिका कुरा जनतालाई बुझाउन सकेको भए उनीहरूका विरुद्धमा हेलिकोप्टर चार्टर गरेर दौडाहा गर्नै पर्दैनथ्यो । जनतालाई भाषण कोच्याउनै पर्दैनथ्यो । लडाकु बन्ने क्रममा गरिब जनताका छोरीहरूले पार्टीलाई बुझाएको नाकको फुली, कानको टप र गलाको तिलहरी ढकेरीबाट हराएर प्रचण्ड महलको भित्ताभित्ता टाँसिन आइपुगेको छ भन्ने कुरा तिनकै कार्यकर्तालाई थाहा दिन सकेको भए माओवादीप्रतिको उनीहरूको धारणा नै फेरिन सक्थ्यो । एमाओवादी भनेको भारतीय गुप्तचर संस्था ‘रअ’ले योजनाबद्ध रुपमा जन्माएको ‘मानसपुत्र पार्टी’ हो भन्ने कुरा तथ्यगत रुपमा अघि सार्न सकेको भए उसका नेता–कार्यकर्ताले सार्वजनिक रुपमा अनुहार देखाउन सक्ने स्थिति पनि हुने थिएन । तर, गुटबन्दी र आफ्नै गाँड कोराकोरमा व्यस्त कांग्रेस–एमालेबाट जनसाधारणले यस्तो भण्डाफोरको अपेक्षा नगरे हुन्छ । तिनका अगुवा नेताहरूको कार्यशैली हेर्दा कमसे कम तिनको नेतृत्व रहेसम्म कांग्रेस र एमालेले दुईतिहाइ त के बहुमत ल्याउने सपना पनि नदेखे हुन्छ । ती पार्टीको नेतृत्व युवापुस्तामा आयो र रणनीति फेरियो भनेचाहिँ भन्न सकिन्न ! किनकि कांग्रेस र एमालेका अगुवाहरूको अनुहार टेलिभिजनमा देखियो भने मात्रै पनि आमजनताले टीभी नै बन्द गर्न थालिसकेका छन् । उनीहरूप्रति घृणा र वितृष्णा चरम भइसकेको छ । तर, असन्तुष्टिको उगाल आएपछि कमसे कम जनता अर्को विकल्प खोज्न बाध्य हुन्छन् ! नयाँ संविधानसभाबाट नयाँ नेपालको संविधान बन्ला भन्ने अपेक्षाचाहिँ नगरौँ । किनकि हाम्रा अगुवा भनिने नेताहरूले हाम्रो मुलुकलाई दासताको यति गहिरो खाडलमा पु¥याइसकेका छन् कि दक्षिणको छिमेकीले नचाहेसम्म हामी आफैंले चाहेर पनि यहाँ केही हुनेवाला छैन । अनलाइनखबरडटकमबाटसिर ४ मा संविधानसभाको दोस्रो चुनाव हुने लगभग निश्चित भएको छ । यतिबेला कांग्रेस–एमालेका अधिकांश नेता–कार्यकर्ता दुईतिहाइ बहुमतको दाबी गरिरहेका छन् । उनीहरूलाई लागिरहेको छ, एमाओवादी फुटेर दुई चिरा भएको मौकामा चुनावमा जान पाइयो भने एमाओवादीको शर्मनाक हार हुने पक्का छ । विगतमा सरकार सञ्चालनमा देखिएको असफलता, लोकप्रिय ठानिएका बाबुरामको शीघ्रपतन, सरकारी नियुक्ति र ठूलाखाले ठेक्कापट्टामा देखिएको ताण्डव, पूर्वलडाकुहरूको असन्तुष्टि, वेपत्ता तथा सहिदपरिवारको उपेक्षा आदिका कारणले पनि एमाओवादी चुनावमा पत्तासाफ हुने कांग्रेस र एमाले नेताहरूको अनुमान छ । उता माओवादी नेतृत्व भने आफ्नो १२० सिट सुरक्षित भएको र अलिकति बल गर्दा १६० पु¥याउन सकिने आँकलन गरिरहेको छ । संघीय समाजवादीलगायतका पार्टीसँग तालमेल गर्न सकियो र आन्तरिक कलह मिलाउन सकियो भने २० सिट थपिन सक्ने एमाओवादीको सपना छ । चुनावका लागि एमाओवादीले गरिरहेको हल्लाखल्ला हेर्दा उसको विश्लेषण सतहीजस्तो पनि देखिँदैन । उनीहरू भन्छन्– ‘पहिलो चुनावमा हामीसँग चुनावको अनुभव नै थिएन । हामीले त अँध्यारोमातिर हानेका थियौँ । यसपटक त हामीसँग अनुभव पनि छ, समर्थक पनि बढेका छन् । दुईतिहाइ किन आउँदैन ?’ साँच्चै नै । एमाओवादीसँग यतिखेर अनुभव मात्रै होइन साम, दाम, दण्ड, भेद सबैथोक छ । विगतका दरवारियाहरूको साथ र समर्थन छ । र, त्यसलाई प्रयोग गर्न सक्ने प्रचण्ड–कला पनि छ । यी सब अस्त्रका अगाडि आन्तरिक विवादमा रुमलिएका कांग्रेसका नेताहरूले ठूलो दल बन्छौं भन्दा विचरा ! भन्न मन लाग्छ । रामचन्द्र झाजस्ता इमानदार नेता र श्रवण मुकारुङजस्ता बफादार कार्यकर्ताहरूको समेत विश्वास जित्न नसक्ने एमाले नेताहरूको चुनावबारे कुरा सुन्दा त झन् दीपकराज गिरी र दीपाश्री निरौलाको ‘तीतो–सत्य’ नै बिसिईन्छ । एमाओवादीमा फुटेको घाउ आलो रहेका बेला चुनावमा गइयो भने उसको शर्मनाक हार हुने विश्लेषण कांग्रेस–एमालेका नेताहरूको छ । तर, एमाओवादीका नेताहरूले भने फुटलाई अवसरका रुपमा लिइरहेका छन् । हुन पनि शोकलाई शक्तिमा बदल्नु एमाओवादीको जन्मजात संस्कार नै हो । एमाओवादीका नेताहरूलाई थाहा छ, आफ्नो पार्टीका कार्यकर्ता, समर्थक शुभेच्छुकहरू आफ्नो पार्टीको पछिल्लो कार्यशैलीसँग जतिसुकै असन्तुष्ट भए पनि उनीहरूले कांग्रेस–एमाले वा अन्य संशोधनवादी पार्टीलाई भोट हाल्दैनन् । बरु चुनावका दिन कुनै अमूक नेताको मासुभात खाएर बस्छन् । त्यसकारण पनि उसले १६० सिट जित्ने आंकलन गरेको हुनसक्छ । चुनाव हुने अघिल्लो साँझका लागि एमाओवादीको तयारी त झन् साँच्चै डरलाग्दो हुन सक्छ । चुनाव हुने अघिल्लो साँझ एमाओवादीका कार्यकर्ताहरू मुखमा पट्टि बाँधेर बहिष्कारवादी ड्यास माओवादीका कार्यकर्ता हौँ भन्दै कांग्रेस–एमाले समर्थकका घर–घरमा जान सक्टन् । ‘भोलि भोट हाल्न गयौ भने तिमेरलाई ठीक पार्छौँ’ भनेर तर्साउन पनि बेर लगाउन्नन् । यस्तो अवस्थामा कट्टर कार्यकर्ताबाहेक कांग्रेस एमालेका जनसाधारण भोट हाल्न जाने छैनन् । उता एमाओवादीले भने आफ्ना समर्थक र शुभेच्छुकहरूलाई भने खोजीखोजी ल्याएर भोट हाल्न लगाउन सक्छ । त्यति भएपछि एमाओवादीले पहाडी इलाकामा मात्रै होइन, मधेशमा समेत सोरपटार पार्न सक्छ । प्रभावशाली नेताहरू मधेशबाट चुनाव लड्ने एमाओवादीको मधेश नीति हचुवाको भरमा त्यसै आएको होइन । ?  एमाओवादीका विगतका कमजोरी र करतुतहरूलाई दस्तावेजीकरण गरेर भँजाउन सकेको भए कांग्रेस–एमालेले आफ्नो पक्षमा जनमत जुटाउन सक्थे । त्यसका लागि युद्धमा लडेर अंगभग भएका तर अहिले विचल्लीको जीवन बाँचिरहेकाहरूलाई रणनीतिक रुपमा उपयोग गर्न सक्थे । विगतमा एमाले नेता माधव नेपाललाई हराउनका लागि उपयोग गरिएको अर्थात् तात्कालीन राजा ज्ञानेन्द्रलाई दाम राखेको फोटो घर–घरमा पु¥याएर हराएको घटनाबाट पाठ सिकेर प्रचण्ड–महलको असलियत, उनको विलासी दैनिकी, प्रकाशका करतुतहरूको कहानी, सुमार्गीसँगको लगानी साझेदारी मात्रै पनि उपयोग गर्न सक्थे भने चुनावी माहौल नै अर्को हुन सक्थ्यो । बाँकेको ढकेरीबाट हराएको भनिएको ३० केजी सुन र पाँच केजी चाँदीको भित्री कुरा, लडाकुका नाममा लिएको सरकारी रकमको घोटाला आदिका कुरा जनतालाई बुझाउन सकेको भए उनीहरूका विरुद्धमा हेलिकोप्टर चार्टर गरेर दौडाहा गर्नै पर्दैनथ्यो । जनतालाई भाषण कोच्याउनै पर्दैनथ्यो । लडाकु बन्ने क्रममा गरिब जनताका छोरीहरूले पार्टीलाई बुझाएको नाकको फुली, कानको टप र गलाको तिलहरी ढकेरीबाट हराएर प्रचण्ड महलको भित्ताभित्ता टाँसिन आइपुगेको छ भन्ने कुरा तिनकै कार्यकर्तालाई थाहा दिन सकेको भए माओवादीप्रतिको उनीहरूको धारणा नै फेरिन सक्थ्यो । एमाओवादी भनेको भारतीय गुप्तचर संस्था ‘रअ’ले योजनाबद्ध रुपमा जन्माएको ‘मानसपुत्र पार्टी’ हो भन्ने कुरा तथ्यगत रुपमा अघि सार्न सकेको भए उसका नेता–कार्यकर्ताले सार्वजनिक रुपमा अनुहार देखाउन सक्ने स्थिति पनि हुने थिएन । तर, गुटबन्दी र आफ्नै गाँड कोराकोरमा व्यस्त कांग्रेस–एमालेबाट जनसाधारणले यस्तो भण्डाफोरको अपेक्षा नगरे हुन्छ । तिनका अगुवा नेताहरूको कार्यशैली हेर्दा कमसे कम तिनको नेतृत्व रहेसम्म कांग्रेस र एमालेले दुईतिहाइ त के बहुमत ल्याउने सपना पनि नदेखे हुन्छ । ती पार्टीको नेतृत्व युवापुस्तामा आयो र रणनीति फेरियो भनेचाहिँ भन्न सकिन्न ! किनकि कांग्रेस र एमालेका अगुवाहरूको अनुहार टेलिभिजनमा देखियो भने मात्रै पनि आमजनताले टीभी नै बन्द गर्न थालिसकेका छन् । उनीहरूप्रति घृणा र वितृष्णा चरम भइसकेको छ । तर, असन्तुष्टिको उगाल आएपछि कमसे कम जनता अर्को विकल्प खोज्न बाध्य हुन्छन् ! नयाँ संविधानसभाबाट नयाँ नेपालको संविधान बन्ला भन्ने अपेक्षाचाहिँ नगरौँ । किनकि हाम्रा अगुवा भनिने नेताहरूले हाम्रो मुलुकलाई दासताको यति गहिरो खाडलमा पु¥याइसकेका छन् कि दक्षिणको छिमेकीले नचाहेसम्म हामी आफैंले चाहेर पनि यहाँ केही हुनेवाला छैन । अनलाइनखबरडटकमबाट

Posted on: 2013-Oct-21


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar