24 Apr
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

त्यो काग र हाम्रा नेता

10 - Oct-2013, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 केटाकेटीमा दरवारस्कुलमा दोस्रो कक्षमा पढ्दा एउटा पुस्तकमा पढेको कुरा हो ‘इच्छा भए उपाय निस्कन्छ ।’ त्यसमा गर्मीले निर्खाएको काग आफ्ना परिवार लिएर पानी खोज्न निस्केको पानी कहमाँ नपाएर आजित भयो । सपरिवार, निरास तये कागले सहरको एउटा घरको वार्दलीमा एउटा पानीको घैटो देख्यो । उ सवैलाई साथ लिए घैटो पानीको नै हो भन्ने निश्चयमा त्यो घरको वार्दलीमा पुग्यो । तर दुर्भाग्य पानी त रहेछ गाग्रीमा ज्यादै तल, चौथाई गाग्री । कागको चुचे नपुग्ने पसोस निस्कन नसकिने । आपसमा सव निराश भए मुखामुख गर्न थाले । यस्तैमा एउटा कागले सवैलाई आफ्नो  पछि भगाएर उड्यो र सडकको किनारमा छारिउका गिट्टी र ढुंगाका टुक्राहरु चुच्चोले च्याप्दै त्यो आधा घैटो पानीमा खसाल्न लग्यो । कागको वथानले थालकेो यो क्रमले पानीलाई घैटाको मुखसम्म ल्यायो । सवैले पानी मस्तसित पिएर तृत्प भै प्यास मेटेर हिडे । यसरी कागजस्तो छुद्र र घिनलाग्ने पंक्षी छोइ छिटो हाल्नु पर्ने मानिसले समेत देखाएको वुद्धि देशका राजनीतिक दल र तिनका नेताहरुमा नभएको अनुभव गर्ने नेपालीले कुन आधारमा राजनीतिक व्यक्ति माथि अव विश्वसा गर्ने ? वुद्धिहीन र भ्रष्टतामा कहलाएका यिनले त्यो कागको जति पनि वुद्धिको प्रदर्शन गर्न सकेनन् र वषौं भागवण्डाको राजनीति लम्व्याएरस अन्तिममा आ–आफ्ना कार्यालयबाट राजनीतिको लाश निकालेर मसान पु¥याइ छाडे ।

 
जुन राजनीतिको निमित देशका होनहार युवाहरुले हाँसीहाँसी फाँसीमा चढन मन्जुर गरे – गोली खाएर प्राण दिन सके । देशको ‘त्यस्तो’ राजनीतिलाई निहीत स्वार्थको निमित आपसी हानाहानमा लागेर आजका राजनीतिक नेता भनाउनेहरुले अराजनैतिक संस्थामा लगेर बुझाए । यहाँनिर एक वाक्य यिनीहरुको लागि नभनी अगाडि न वढुँ – धिक्कार छ यिनको राजनीतिक जीवन र यिनको राजनीतिक वुद्धिलाई धिक्कार छ ।   नेपालमा दलीय व्यवस्था प्रजातन्त्र–ल्याउने संस्थालाई नै आजका स्वयम् घोषित नेताहरुको निर्दलको चरणमा चढाए । हिजोको सर्वशक्तिमान राजासित दलीय व्यवस्थाको लागि टक्कर लिने, वाषौं जेल वस्न सक्ने नेताहरुले वसालेको पार्टीको जगलाई आजको लोभी पापी र स्वार्थी कांग्रेसीहरुले प्रचण्डको भनाइमा यसरी समाप्त परो जसलाई सम्झँदा पनि आजको देशको राजनीतप्रिति घृणा हुन्छ । ‘क्रमभंग गर्न आएको’ घोषणा गर्नेहरुलाई यहाँ छाडौ, उनीहरु त शान्त र सुन्दर नेपाललाई ध्वस्तै पारेर अकुत सम्पत्ति वटुलेर विदेशीको सेवामा दगुर्ने योजना नै लिएर, त्यो घोषणै गरेर, आएका हुन् । आफूलाई नेपाली र नेपालीको लागि भन्नेहरुले तिनको जुठो चाट्न पाउँदा देशलाई पु¥याएको क्षतिको अव शताव्दिसम्मको संघर्षले पनि देशवासीलाई ठाउँमा ल्याउन सक्ला भन्न सकिने स्थ्तिि छैन । निहीत स्वार्थमा लागेर नेपाली कांग्रेस र एमाले– माओवादीको ढोलमा नाच्न थालेको यो अवसथामा चारैतिर निराशा सिवाय आशाको किरण देखा पर्दैन ।                                                                                                                                                                                     नेताहरु सावधान हुनु जरुरी                                                                                           नेपाली कांग्रेसका आफै नेता वनेकाहरु सुशील कोइराला, देउवा, रामचन्द्र पौडेल अािदले आगामी चुनावमा विशेष रिकार्ड कायम गर्न सक्ने सम्भावनाका कुराहरु श्हरमा सुनिन थालको छन् । यिनीहरुले जसरी नेपाली कांग्रेसद्वारा स्थापित राजनीतिक सिद्धातलाई तिलाञ्जली दिएर माओवादीको ‘खाइद्यो’ राजनीतिमा हात चान थालकोले देशका मतदाताले आगामी चुनावमा यिनीहरु उम्मेदवार वने, यिनका वाकस रित्तो मात्र यिनका आफ्ना परिवारको मत पत्रले फर्काइदिने चर्चा अहिलेदेखि चल्न थालेको सुनिन्छ ।   नेपाी नागरिक हिजोको स्थितिमा छैन । राजनीतिमा निकै हण्डर खाएको र देशको आजका दुरावस्थाका मुलकारण नै देशका राजनीतिक दल हुन भन्ने को मजातले केही नेताहरुको वाकास नै रित्तो फर्काउने अभियान चलाउन थालेको छ – नेताहरुले सावधान हुनु जरुरी छ ।

Posted on: 2013-Oct-10


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar