18 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

'ब्राजिलले इतिहास नरच्ने’

24 - Jun-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0
'मैले त्यसवेला दुई कुरा दाबी गर्थेँ, पहिलो ब्राजिल विश्वकप आयोजना गर्न सक्षम अनि दोस्रो त्यो विश्वकप इतिहासमा सर्वोत्कृष्ट आयोजना हुनेछ'
 

 

साओ पाउलो/ ब्राजिलका महान् फुटबलर रोमारियो कुनैवेला आफ्नो मुलुकले इतिहासमै उत्कृष्ट विश्वकप आयोजना गर्ने दाबी गर्थे, तर अब उनी त्यस्तो दाबी गर्दैनन् ।

 

रोमारियो अहिले सांसद छन् तथा अहिले उनले २०१४ को विश्वकप खेल खेलाइने १२ आयोजक सहरमा भइरहेका कार्यको निरीक्षण गर्ने जिम्मा पाएका छन् ।

 

'जब ब्राजिलमा विश्वकप हुने घोषणा गरियो, हामीले अति खुसी मनायौँ,' रोमारियोले एजेन्सीसँग भने, 'मैले त्यसवेला दुई कुरा दाबी गर्थेँ, पहिलो ब्राजिल विश्वकप आयोजना गर्न सक्षम अनि दोस्रो त्यो विश्वकप इतिहासमा सर्वोत्कृष्ट आयोजना हुनेछ । म अहिले पनि आफ्नो पहिलो भनाइमा अडिग छु, तर दोस्रो दाबी फिर्ता लिन्छु ।'

 

'मैले निरीक्षणका क्रममा के देखेँ भने समयअनुसार कामहरू भइरहेका छैनन् । हामी विश्वकप आयोजना गर्दै छौँ, तर दुर्भाग्य, यहाँ निकै समस्या छन् तथा यसले गर्दा हामी इतिहासकै सर्वोत्कृष्ट आयोजना गर्न सक्दैनौँ ।'

 

ब्राजिलले १९५० यता पहिलोपटक विश्वकप फुटबल आयोजना गर्दै छ । अहिले भइरहेका कार्य ढिला गतिमा अघि बढिरहेको आलोचना ब्राजिलले खेप्नुपरिरहेको छ । मुख्यतः पूर्वाधार निर्माण तथा यातायात व्यवस्थामा ढिलाइ भइरहेको छ । साथै रंगशाला निर्माण तथा पुनर्निर्माणको खर्चसमेत बढ्दै गइरहेको छ । ब्राजिलले विश्वकप आयोजना बजेटमा दोब्बर वृद्धि गरे पनि निर्माण कार्यमा रकम अभाव हुने भय पनि आयोजकलाई छ ।

 

'आयोजक सहरहरू सुरुवाती चरणमा फिफाले स्थानीय आयोजक समितिलाई उपलब्ध गराएको रकमबाट सबै कार्य सम्पन्न नहुने बताउन थालेका छन्, अब थप बजेटको आवश्यकता छ,' रोमारियोे भने ।

 

निर्माण कार्यमा भएको ढिलाइप्रति सरकारी अधिकारीहरूले समेत माफी मागिसकेका छन्, तर उनीहरू सबै कार्य निर्धारित समयमा नै पूरा हुने दाबी पनि गरिरहेका छन् । साथै उनीहरूले निर्धारित समयमा सबै कार्य पूरा गर्ने वाचा दिएकोसमेत रोमारियोले बताए ।

 

साथै, रोमारियोले निर्माण कार्यलाई व्यवस्थित बनाउने हो भने ब्राजिली फुटबल महासंघका अध्यक्ष रिकार्डो टेक्सेराले स्थानीय आयोजक समितिको प्रमुखबाट राजीनामा दिनुपर्ने पनि बताए । साथै रोमारियाले सांसदका हैसियतमा टेक्सेरासँग आयोजक समितिभित्र पदको दुरुपयोग र भ्रष्टाचार भइको विषयमा समेत स्पष्टीकरण मागेका थिए । तर, टेक्सेराले भने आयोजनामा केही गलत कार्य नभएको दाबी गरेका छन् ।


Posted on: 2011-Jun-24


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar