नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा तीन व्यक्ति पक्राउ
30 - Sep-2022, Posted by: Yuwahunkar | COMMENTS: 0
पछिल्लो समय बिभिन्न अपराधिक कार्यमा महिलाहरुको संलग्नता बढ्दै गएको देखिएको छ । प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न दुई महिला सहित एक पुरुषलाई पक्राउ गरेपछि अपराधमा महिला सहभागिता बढ्दै गएको देखिएको हो । प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मोरङ बेलबारी नगरपालिका-९ घर भई काठमाडौं गौशाला बस्ने एभीआई फोटो स्टुडियोका संचालक ३० वर्षीय चबुरलाल चौधरी, सिन्धुली सुनकोशी गाउँपालिका-४ घर भई काठमाडौं बानेश्वर बस्ने एमए जेनरल फोटो स्टुडियोका संचालिका ४३ वर्षीया सुमित्रा कोईराला र सोलुखुम्बु दुधकुण्ड गाउँपालिका-४ घर भई काठमाडौं बानेश्वर बस्ने आरएन फोटो स्टुडियोका संचालक २४ वर्षीया फुल्हमु तामाङ रहेका छन् । काठमाडौं महानगरपालिका-९ बत्तिसपुतलीमा संचालित बिभिन्न फोटो स्टुडियोहरुले एसएलसी, प्लस टु उत्तिणर् गरेको नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । उनीहरूले खाडी मुलुकमा बैदेशिक रोजगारीमा जाने ब्यक्तिहरुबाट पाँच सय देखि एक हजार रुपैयाँसम्म लिएर नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ । साथै ती फोटो स्टुडियोहरुबाट प्रहरीले चार थान कम्प्युटर, चार थान मोनिटर, दुई थान पेन ड्राइभ, चार थान कलर प्रिन्टर र छ थान विभिन्न नक्कली सर्टिफिकेट समेत बरामद गरेको छ । उनीहरूलाई लिखत सम्बन्धी कसूरमा थप अनुसन्धान एवं आवश्यक कारवाहीका लागि प्रहरी बृत्त गौशाला काठमाडौंमा पठाईएको प्रहरीले जानकारी दिएको छ ।
Posted on: 2022-Sep-30

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story