16 Apr
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

जीवन रहेसम्म देश र समाजको लागि काम गर्छु

24 - Aug-2022, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 हुङ्कार संवाददाता
काठमाडौं, साउन  बिगत लामो समयदेखि राजनीति र समाज सेवामा सक्रिय रहेका प्रकाश मर्हजन काठमाडौं क्षेत्र नं ५ “क” का  प्रदेश सांसदका आकांक्षी हुन । नेपाली कांग्रेसका केन्द्रिय महाधिवेशन प्रतिनिधी समेत रहेका मर्हजन नेविसंघका पुर्व केन्द्रिय सह महामन्त्री समेत भई सकेका छन् । बिसं २०६० सालमा शंकरदेव क्याम्पसमा स्वतन्त्र बिद्यार्थी युनियनको सचिव र इकाई सभापति समेत भईसकेका मर्हजनको सिंगो जीवन नैं राजनीति र समाजसेवामा बितेको छ । उमेरले म ४१ बर्षको भएं यो उमेरसम्म जे जति गरें राजनीतिमा मै गरे, समाजसेवामा नैं गरे, उनी भन्छन । अहिले देशभरी युवाहरुको माहौल छ । काठमाडौ महानगरपालिकाको मेयरमा बालेन साह, उपमेयरमा सुनिता डंगोल निर्वाचित हुनुभयो । सिंगो युवा जमातले उहाँलाई पार्टी, राजनीतिक आग्रह पुर्वाग्रह नराखी जितायो, म पनि युवा हुंं । यही ५ नं क्षेत्र कैं स्थानीयवासी हुं, यहाँको हरेक रिती, थिती, संस्कृती, स्थानीय जात्रा पर्व, यहाँका हरेक नागरिकको सुख, दुख संग म जोडिएको छु, यस क्षेत्रको सबैजसो नागरिकको दुखसुखमा सबैको सहयात्री बनेको छु । उहाँहरु सबैको साथ, सहयोग र सर्मथन कै कारण मैले आगामी निर्वाचन उम्मेदवारी दिन लागेका हुं, उनी भन्छन ।  म काँग्रेसबाट चुनाव लड्ने भएपनि यस क्षेत्रका एमाले, बिवेकशील साझा, राप्रपा र अन्य सबै राजनीतिक दलका युवा नेता कार्यकर्ताहरुले तपाई उठ्नुहोस, हामी सबैले मिलेर सहयोग गर्छु भने बचन दिनु भएको छ, हौंसला दिनु भएको छ, साथ दिनु भएको छ । उहाँहरु सबैको आड, भरोसा र साथ कै कारण मैले आगामी चुनावमा उम्मेदवारी दिन लागेको हुं, उनी भन्छन । राजनीतिक बाहेक अन्य गैर राजनीतिक युवाहरुले पनि मलाई साथ र सहयोग दिनु भएको छ । उहाँहरु सबैको साथ र सहयोगले मलाई अगाडि बढ्न हौसला मिलेको छ । यही हौसलाले मलाई राष्ट्रिय राजनीतिमा अगाडि जान, आफ्नो समाजको लागि केही गर्न, आफ्नो देशको लागि केही गर्न हौसला मिलेको छ, जीवन रहेसम्म देश र समाजको लागि काम गर्छु, देश र समाजकै लागि मर्छु, उनी भन्छन ।

Posted on: 2022-Aug-24


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar