25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

अर्थतन्त्रलाई ट्रया्कमा ल्याउन बढ्दो व्यापार घाटा नियन्त्रण गरौं

24 - Aug-2022, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 नेपालको हितैसी मुुलुक श्रीलंका यतिखेर चरम आर्थिक संकटमा फसेको छ । त्यहाँका नागरिकको दैनिक जीवनको लागि अत्यावस्यक, ग्याँस, पेट्रोलियम पदार्थ, औषधी, पानी, बिजुली आदिको चरम अभावमा बाँच्न बाध्य भएका छन् । आर्थिक संकट कै कारण आम श्रीलंकाबासीको दैनिक जीवन यतिखेर निकै नैं कष्टकर रहेको छ । श्रीलंका यति ठुलो आर्थिक संकटमा पर्नुको मुल कारण नैं त्यहाँ  बस्तु तथा सेवा खरिदको लागि आवस्यक पर्ने बिदेशी मुद्राको सञ्चिती नहनु हो । बिश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को नियन्त्रण तथा रोकथामको लागि निकै लामो समयसम्म लक डाउन तथा निशेधाज्ञा जारी गर्यो । जसले गर्दा पयर्टन आधारित श्रीलंकाको बिदेशी मुद्रा आर्जनको श्रोत कमजोर बन्यो, बैदेशिक व्यापार घाटा निकैं नै उच्चरुपमा बढ्यो । अन्तत अर्थतन्त्र टाट पल्टयो । 
नेपालमा पनि अहिले श्रीलंकाको जस्तो अर्थतन्त्र हुन सक्ने भन्दै उच्च राजनीतिक नेतृत्वबाट हल्लाह सुनिन थालेको छ । खैर त्यस्तो नहोस र हुंदैन पनि । तर यसको लागि नेपालको बढ्दो बैदेशिक व्यापार घाटालाई भने नियन्त्रणमा नैं राख्नु पर्छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सबैभन्दा पछिल्लो तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा कुल वस्तु निर्यात ५३ दसमलव तीन प्रतिशतले वृद्धि भई एक खर्ब ८५ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३७ दशमलव आठ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा कुल वस्तु आयात २७ दशमलव पाँच प्रतिशतले वृद्धि भई १७ खर्ब ६३ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २५ दशमलव सात प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २४ दशमलव दुई प्रतिशत, १६ प्रतिशत र ४६ दशमलव एक प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा कुल वस्तु व्यापार घाटा २५ प्रतिशतले वृद्धि भई १५ खर्ब ७७ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २४ दशमलव छ प्रतिशतले बढेको थियो । नेपालले पछिल्लो अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी दुई खर्ब अर्ब ८२ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब ७३ अर्ब २६ करोड बराबरको भएको थियो । राष्ट्र बैंकको यही तथ्यांकलाई हेर्दा पनि नेपालको बैदेशिक व्यापार घाटा निकै नै कमजोर बन्दै गएको छ । आयात र निर्यातकोबिचमा १५ खर्ब भन्दा बढीको अन्तर रहेको छ । अर्थतन्त्रलाई सही ट्रया्कमा ल्याउनको लागि यो अन्तर कम गर्ने पर्छ ।

Posted on: 2022-Aug-24

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar