के संख्या घट्नु नै मर्जरको सफलता हो ?
28 - Jun-2022, Posted by: Yuwahunkar | COMMENTS: 0
नेपाल राष्ट्र बैंकको नाक यतिखेर निकै ठुलो भएको छ । त्यो नाक ठुलो हुनुको कारण
वित्तीय क्षेत्र सुधार गर्न उल्लेख्य सफल हात पार्नुले भने होईन । किनकी अहिले वित्तीय प्रणाली अर्थात भनौं सिंगो मुलुकको अर्थतन्त्र नै कमजोर बनेको छ । बिदेशी मुद्राको सञ्चिती घटेको छ भने वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव रहेको छ । बैंक तथा वित्तीय संस्थाह ग्राहकहरुको माग अनुसार कर्जा दिन सक्ने अवस्थामा छैनन् । वित्तीय प्रणालीमा आउने निक्षेप रकम पनि घटेको छ । निक्षेप जम्मा हुने र कर्जाको मागको बिचमा निकै ठुलो खाडल रहेको छ । यि सबै कुराको कारक तत्वमा अन्य धेरै निकायहरु भएपनि त्यस मध्येको मुख्य कारक तत्व मुलुकको केन्द्रिय बैंक जसले सिंगो मुलुकको वित्तीय प्रणालीलाई चुस्त दुरुस्त राख्ने जिम्वेवारी बोकेको हुन्छ, त्यसको नै मान्ने र बुझ्ने पक्ष अर्थात धेरै निकायहरु रहेका छन् । यि सबै कुराको बावजुत पनि राष्ट्र बैंकको नाक भने अहिले उचो नै रहेको छ । यो उचो हुनुको एउटै कारण राष्ट्र बैंकको भनाईमा मर्जर तथा प्राप्ती प्रकृयामा हाँसिल गरेको उल्लेख्य सफलता नै हो । राष्ट्र बैंकले वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया सुरु गराएको थियो । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार हालसम्म नेपालमा दुई सय ३९ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भईसकेका छन् । यसबाट हालसम्म एक सय ७७ वटा संस्थाहरुको इजाजत खारेज हुन गई ६२ संस्था कायम भएका छन् । यसैगरी वित्तीय पहुंच अन्र्तगत पनि सात वटा प्रदेशका ७७ वटा जिल्लामा रहेका सात सय ५३ स्थानीय तह मध्ये हालसम्म सात सय ५० स्थानीय तहमा बाँणिज्य बैंकहरुको शाखा बिस्तार भईसकेका छन् । मर्जर तथा प्राप्ती कै कारण बैंक तथा वित्तीय संस्थाहरुको संख्या घटेर अहिले एक सय २८ वटामा झरेको छ । सो मध्ये अहिले २७ वटा वाणिज्य बैंक, १७ विकास बैंक, १७ फाईनान्स कम्पनी, ६६ लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । बैंक तथा फाईनान्स कम्पनीहरुको कुल शाखा संख्या भने अहिले ११ हजार दुई सय ५५ वटा पुगेको छ । यसरी मर्जर तथा प्राप्तीका कारण बैंक तथा फाईनान्स कम्पनीहरुको संख्या घट्नु र शाखा संख्या बढ्नुलाई नै राष्ट्र बैंकले आफ्नो ठुलो सफलता मान्दै आएको छ । तर दुई वा दुई भन्दा बढी संस्थाहरु एकआपसमा गाभिएर एकीकृत कारोबार सञ्चालन हुनुलाई मात्र सफलता मान्न कदापी सकिन्न । मर्जर तथा प्राप्ती कारण त्यो संस्थाको वित्तीय अवस्था कतिको सवल भएको छ, कर्मचारीहरुको कार्यगत क्षमता कतिको बढेको छ, उक्त संस्था मार्फत कति जना ग्राहकहरुको व्यवसायीक तथा आर्थिकस्तर माथि उठेको छ, त्यो पनि हेर्नुपर्छ । यदि यि कुनै पनि कुरामा सुधार आएको छैन बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्तीमा जानु वा नजानु, मर्जर तथा प्राप्ती हुनु वा नहुनुले कुनै अर्थ राख्दैन । संख्या घटे कै आधारमा मर्जर तथा प्राप्ती प्रकृयालाई सफल भएको मान्न संकिदैन ।
Posted on: 2022-Jun-28

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story