25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

तस्करीले धानेको नेपाली सुन बजार

28 - Jun-2022, Posted by: Yuwahunkar   |   COMMENTS: 0
भुवन के. सी. (जेरोम्)
 काठमाडौं, बैशाख
२०७७ चैत १९, 
नेपाल राष्ट्र बैंकले सुन आयतको बिषयलाई लिएर एउटा परिपत्र जारी गर्यो । परिपत्रमा भनिएको थियो, बिदेशी विनिमय व्यवस्थापन बिभागबाट जारी भएको एकीकृत परिपत्र २०७६ को सुन आयात तथा विक्री  वितरण सम्वन्धी कार्यविधी २०६८ को बुंदा नं ४ (क) लाई संसोधन गर्दे आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २० केजी कायम गरिएको छ । 
फागुन २२ को परिपत्रको फोटो राख्ने
२०७८ फागुन २२,

बिदेशी विनिमय नियमित गर्ने ऐन २०१९ को दफा १३ ले दिएको अधिकार प्रयोग गरी हाललाई दैनिक आयात गर्न सकिने सुनको परिणाम १० केजी काय गरिएको छ ।  

यि दुई परिपत्र नेपाल राष्ट्र बैंकले सुन आयातको बिषयलाई लिएर पछिल्लो एक बर्षको अन्तरालमा जारी गरेको परिपत्रहरु हुुन । अहिले दोस्रो परिपत्र कार्यान्वयनको चरणमा रहेको छ । यो परिपत्र अनुसार सुन आयाको लागि अनुमती लिएका २७ वटा बाँणिज्य बैंकहरु अन्र्तगत पर्ने झण्डै २३ वटा बैंकहरुले प्रतिदिन १० केजीको दरले मात्र सुन आयात गर्न पाउँछन । अर्र्थात भनौं सुनको दैनिक आयात कोटा प्रतिदिन १० केजी तोकिएको छ । के दैनिक १० केजी सुन आयातले सिंगो देशभरको दैनिक सुनको माग धान्न सक्छ ? दैनिक १० केजी सुन देशको सात वटा प्रदेशको ७७ जिल्ला बाँढ्दा एउटा जिल्लाको भागमा कति पर्छ, एउटा स्थानीय तहको भागमा कति पर्र्छ ? सायद यसको जवाफ नियमनकारी निकाय नेपाल राष्ट्र बैंकसंग नहुन सक्छ । सुनलाई राष्ट्र बैंकले अनुत्पादक क्षेत्रकोरुपमा ंिलदै आएको छ । तर दुखको खजानाकोरुपमा समेत लिने गरिएको सुनलाई व्यवसायीहरुले अनुत्पादक क्षेत्र मान्न तयार छैनन् । नेपालबाट जाने धेरै हस्तकलाको सामानहरुमा सुनको प्रयोग हुन्छ । मुुलुकको लागि बिदेशी मुद्रा आर्जनको प्रमुख श्रोत पनि हस्तकला नै हो । यस अर्थमा सुनसंग प्रत्यक्ष वा अप्रतक्ष्यरुपमा संलग्न भएका व्यवसायीहरु कुनै पनि अर्थमा सुनलाई अनुत्पादक क्षेत्र मान्न तयार छैन । 

सुन परिवर्तीय नगद मुद्रा सरह भएको र यसमा गरिने लगानी सबैभन्दा सुरक्षित भएकाले पनि सुनलाई गहन बनाएर सञ्चय गरेर राख्ने गरिन्छ । सुखको वैभव र दुखको खजनाकोरुपमा मानिदै आएको सुन संदियौं बर्ष देखि सञ्चय गरिंदै आएको छ । बिश्व बजारमा सुन महंगो हुदै गएको छ । कुुनैबेला प्रतितोला सुनको बजार मुल्य १२ देखि १५ हजार रुपैयाँसम्म रहेकोमा यसको मुल्य बढेर अहिले प्रतितोला एक लाख रुपैयाँ नाघिसकेको छ । मागको तुलनामा आपुर्ती निकै नै कम रहेकाले पनि अन्तराष्ट्रिय बजारमा सुनको मुल्य उच्च भएको हो । त्यसमाथि नेपालको हकमा अहिलेसम्म पनि सुन खानी र प्रसोधन केन्द्र नभएकाले सुनको लागि अन्तराष्ट्रिय समुहदायसंग नै निर्भर हुनु पर्छ । तर पनि नेपालमा प्रत्येक बर्ष सुनको दैनिक माग बढ्दै गएको छ । नियमनकारी निकाय भने सुनको आयातलाई कटौती गरेर बजारलाई नियन्त्रण गर्न खोजिरहेको छ । तर पनि न सुनको दैनिक मागमा कमी आएको छ न त सुन तस्करी नै नियन्त्रणमा आएको छ । 

झन तस्करीको नयाँ नयाँ शैली अपनाएर सुनको तस्करी हुुन गरेको छ । मलद्धारमा लुकाएर, खसी बाख्रालाई सुन खुवाएर समेत तस्करी हुने गरेको छ । कपडा वा ब्यागमा लुकाएर सुन तस्करी हुने कुरा त अहिले सामान्य भईसकेको छ । बजारमा सुनको माग उच्च छ तर मागको तुलनामा आपुर्ती न्युन छ त्यहीकारण पनि सुनको अनाधिकृत कारोबार अर्थात भनौं तस्करी फस्टाएको छ । सुनको तस्करमा पक्राउ पर्ने व्यक्तिहरुको भरिया मात्र हुन । तस्करीका नाईके भनेका, पहुंच वाला ठुला व्यापारीहरु नै हुन । जसलाई राजनीतिकरुपमा संरक्षण भएको हुन्छ । त्यहीकारण नै नेपालमा सुनको अवैध कारोबार फस्टाएको हो । यस अर्थमा पनि नेपाली सुन बजार तस्कर कै भरमा चलेको देखिन्छ ।


Posted on: 2022-Jun-28


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar