25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

नेविसंघको अधिवेशन गराउन पार्टीले आवश्यक निर्णय लिन्छ : महामन्त्री थापा

24 - Feb-2022, Posted by: Yuwahunkar   |   COMMENTS: 0
युवा हुंकार व्युरो काठमाडौ, फागुन नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिन भित्रै नेपाल विद्यार्थी संघको महाधिवेशन गराउनेबारे पार्टीले आवश्यक निर्णय लिने जानकारी दिएकाछन । महामन्त्री थापाका अनुसार पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठक बस्ने तयारी भएको र त्यसले नेविसंघको महाधिवेशनबारे आवश्यक निर्णय लिने जानकारी दिएका हुन । उनले महाधिवेशन सम्पन्न गराउने वातावरण बनाउने काममा लाग्न पनि नेविसंघका नेता, कार्यकर्तालाई निर्देशन दिएकाछन ।    नेपाल विद्यार्थी संघका नेता, कार्यकर्तासँग पार्टी कार्यालय सानेपामा भएको भेटमा महामन्त्री थापाले नेविसंघ भित्र देखिएको समस्या समाधान गर्ने काम सोही संगठनको भएको उल्लेख गर्दे पार्टीको तर्फबाट भने त्यसका लागि आवश्यक निर्णय गर्न ढिलाइ नहुने बताएकाछन । ‘केही दिन भित्रै हामी निर्णय गर्छों, त्यो निर्णयलाई सबै साथीभाइले साथ दिएर नेपाल विद्यार्थी संघलाई अधिवेशनमा लिएर जाने वातावरण बनाइदिनुहोस यति नै आग्रह गर्दछु, महामन्त्री थापाले भने ।   केन्द्रिय कार्य सम्पादन समितिमा भ्रातृ संस्था, शुभेच्छुक संस्थाहरु, यसमा एउटा एजेन्डा हुन्छ’ उनले भने, ‘त्यसको आधारमा निर्णय पनि हुन्छ । माघको १५ र १६ मै निर्णय होस भन्ने चाहन्थ्यौं । कोभिडका कारण बैठक बस्न सकेन । अब कार्य सम्पादन बस्छ, त्यसबारे निर्णय हुन्छ, उनले भने । महामन्त्री थापाले विगतमा पार्टीले निर्णय गर्दा पनि नेविसंघ भित्रकै समानान्तर गतिविधिका कारण यसको महाधिवेशन हुन नसकेको पनि स्मरण गराएकाछन ।    त्यसक्रममा नेविसंघका नेताहरुले महाधिवेशन छिटो सम्पन्न गराएर क्याम्पसहरुको शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउने काममा सहयोग गरिदिन आग्रह गर्दे महामन्त्री थापालाई अनुरोध पत्र बुझाएका थिए ।   

Posted on: 2022-Feb-24

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar