25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

‘ट्राफिक प्रहरीको चाहना, स्वस्थ र सकुशल यात्राको कामना’ : एसएसपी जोशी

24 - Feb-2022, Posted by: Yuwahunkar   |   COMMENTS: 0
युवा हुंकार व्युरो काठमाडौ, फागुन संसारमा स्वास्थ भन्दा ठुलो अरु केही छैन, स्वस्थ भएर बाँच्न पाए पो नाच्न पाईन्छ । अहिले सबै क्षेत्रको कोभिड १९ को बिश्वमहामारीको तेस्रो लहर फैलिएको छ । यसको प्रभाव नेपालमा पनि निकै नै बढेको छ । दैनिक हजारौंको संख्यामा संक्रमितहरु भेटिन थालेकाछन । यो अवस्थामा महानगरीय ट्राफिक प्रहरीले मानवीय स्वास्थलाई उच्च प्राथमिकता दिदैं अनिर्वाय मास्कको प्रयोग गर्न, गराउन अभियान नै थालेको छ । यसको लागि महानगरीय ट्राफिकको प्रमुख एसएसपी उमेशराज जोशी नै सडकमा खटिएकाछन ।    सबै नागरिक स्वस्थ हुनुपर्छ, महामारीमा सबै नागरिक जोगिनु पर्छ, जोगाउनु पर्छ, यो संसारमा मानवीय स्वास्थ भन्दा ठुलो अरु केही कुरा छैन, स्वस्थ भएर बाँच्न पाए पो जीवनमा नाँच्न पाईन्छ , यही जनता चेतना बिस्तार गर्नको लागि हामीले मास्क अभियान सञ्चालन गरेका हौं, एसएसपी जोशी भन्छन । महाशाखा प्रमुख स्वंम नै सडकमा खटिंदा महाशाखा मातहतका सबै निकायका प्रमुखहरुलाई सडकमा आएर जिम्वेवार भएर आम नागरिकको हितको लागि काम गर्न नैतिक बल पुग्छ, यही भएर नै म प्रत्येक दिन सडकमा आउँछु, ड्युटीमा रहेका सबै साथीहरुलाई जिम्वेवार भएर आफ्नो कर्तव्य पुरा गर्न प्रोत्साहन गर्छु, आम नागरिकलाई पनि सरकारको निर्देशन अनुसार सुरक्षा मापदण्ड अपनाएर आफ्नो दैनिक काम कर्तव्य पुरा गर्न आग्रह गर्छु, यो आग्रह महाशाखा प्रमुखको नाताले मैले मात्र होईन, महाशाखा अन्र्तगतका सबै युनिटहरुले गर्नुहुन्छ, एसएसपी जोशी भन्छन ।    अहिले महाशाखाले ट्राफिक व्यवस्थापन सहित आम नागरिकलाई स्वास्थ सुरक्षालाई प्रमुख उद्ेश्य मानेर काम गरिहेको र यो कार्य गर्न हामी कुन पनि कसर बाँकी राख्दैनौ, जोशी भन्छन । उपत्यकामा बढ्दो कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि स्वास्थ्य मापदण्डको अनिबार्य पालना गर्न र घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गरेको छ ।    ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनका चालक सह–चालक तथा यात्रुबर्गहरुलाई अनिबार्य मास्कको प्रयोग गर्न अनुरोध गर्दै सवारी साधनहरुमा सुचनामुलक स्टिकर टाँस गर्नुएको प्रमुख कारण पनि आम नागरिकको स्वास्थ सुरक्षा नै भएको एसएसपी जोशीले बताएकाछन । काठमाण्डौं मल अगाडी गरिएको कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रमुख बरिष्ठ उपरीक्षक उमेश राज जोशी, यातायात व्यवसायी तथा पदाधिकारी र अन्य प्रहरी अधिकृतहरुको उपस्थितिमा ‘सवारी साधनमा चढ्दा अनिबार्य मास्कको प्रयोग गरौं’ भन्ने सचेतनायुक्त स्टिकर टाँस गरिएको हो ।   एसएसपी जोशीले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न अपनाउनु पर्ने स्वास्थ्य मापदण्ड र साबधानीका उपायहरुलाई पुर्ण पालना गर्न अनुरोध गरेकाछन । उनले ट्राफिक प्रहरीको चाहना, स्वस्थ र सकुशल यात्राको कामना’ भन्ने मूल अभिप्रायका साथ शुरु गरिएको सचेतना अभियानले संक्रमण नियन्त्रणमा महत्वपुर्ण भूमिका खेल्ने बिश्वास व्यक्त गरेकाछन ।    यातायात क्षेत्र उच्च जोखिममा रहने हुनाले वेलैमा स्वास्थ्य मापदण्डको पुर्ण पालना गरेर मात्र चलायमान गराउनुपर्ने महाशाखाको बुझाईछ । ट्राफिक प्रहरीले सवारी साधनमा यात्रा गर्दा मास्कको प्रयोग भए–नभएको अनुगमन गर्दै मास्क नलगाएको पाइए सम्झाईबुझाइ गरि मास्क समेत बितरण गरेको छ । स्वस्फुर्त रुपमा मास्कको प्रयोग गर्ने चालक सह–चालकहरुतथा यात्रुलाई सचेतनाअभिबृद्धि गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनहरुमा ‘सवारी साधनमा चढ्दा अनिबार्य मास्कको प्रयोग गरौं’ भन्ने १५ हजार थान स्टिकर टाँस गरिएको छ । यस अभियानले सम्पुर्ण सडक प्रयोगकर्ता आम सर्वसाधरणलाई मास्कको अनिबार्य प्रयोग गर्नुपर्छ भन्ने कुरालाई स्मरण गराउने र मास्कको प्रयोग नगरेकाहरुलाई लगाउन प्रेरित समेत गर्ने महाशाखाको बुझाई छ । ट्राफिक प्रहरीले अनिबार्य मास्कको प्रयोग गर्न अनुगमन गर्ने, सचेतना जगाउनेर मास्क बितरण समेत गर्दे आएको छ ।   

Posted on: 2022-Feb-24

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar