18 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

बिस्तारै सम्हाल्दैं शैक्षिक परामर्श संस्थाहरु

25 - Dec-2021, Posted by: Yuwahunkar   |   COMMENTS: 0
भुवन के. सी. (जेरोम्) काठमाडौं, पुस    सिंगो मुलुकको आर्थिक बिकास र समृद्धिको पहिलो शर्त शिक्षा हो । शिक्षा बलियो हुनको लागि शिक्षाको जग बलियो हुनुपर्छ । शिक्षाको जग बलियो भयो भने शिक्षा बलियो हुन्छ । शिक्षा बलियो हुनु भनेको सिंगो मुलुकको बलियो हुनु हो । देश आर्थिक, सामाजिक, शैक्षिक, पुर्वाधार, स्वास्थ प्रविधि, पर्यटन, जनशक्ति सबै क्षेत्रमा बलियो हुनु हो ।    तर जब शिक्षा नै बलियो हुदैन, यि सबै क्षेत्र कमजोर हुन्छ । अथवा भनौं सिंगो मुलुक नै आर्थिक बिकास समृद्धिमा पछाडि पर्छ । अहिले हाम्रो मुुलुक अन्य देशको तुलनामा आर्थिक, सामाजिक, शैक्षिक लगायतका सबै क्षेत्रको बिकास पछाडि पर्नुको कारण पनि शिक्षा नै हो । यदि शिक्षा बलियो भईदिईएको भए, सर्वशुलभ भईदिएको भए, गुणस्तरीय भईदिएको भए देशको अवस्था सायद यस्तो हुने थिए । तर अहिले क्रमिकरुपमा नेपालको शिक्षा क्षेत्रमा पनि शुधार आउन थालेको छ । शिक्षा क्षेत्रमा नीजि क्षेत्रका शैक्षिक संस्थाहरु प्रवेश भएसंगै यि संस्थाहरुको शैक्षिक सेवा महंगो भएपनि गुणस्तरीय रहेको छ । सोहीकारण बैदैशिक शिक्षाको नाउँमा जाने अर्बो रुपैयाँ स्वदेशमा नै रोकिएको छ । स्वदेशमा नै उच्च शिक्षा हाँसिल गरेका व्यक्तिहरुले पनि शिक्षा, स्वास्थ, पुर्वाधार, कृषि, पर्यटन, प्रविधि लगायतका क्षेत्रमा बिशिष्ट तहमा बसेर योगदान गरिरहेकाछन ।    सोहीकारण शिक्षा क्षेत्रमा पछिल्लो समय सुधारको संकेतहरु देखिन थालेकाछन । यसबिचमा नेपालका शैक्षिक परार्मश सेवा केन्द्रहरुले पनि सिंगो मुलुकको शैक्षिक बिकास र बिस्तारमा निकै ठुलो योगदान दिएकाछन । बिद्यार्थीहरुलाई उच्च शिक्षा ग्रहणका क्रममा चाहिने आवस्यक शैक्षिक परामर्श देखि लिएर स्वदेश भित्र वा बाहिरको शैक्षिक संस्थाको छनौंट, बिषयगत छनौंट, छात्रवृति लगायतका बिभिन्न बिषयहरुमा बिद्यार्थीहरुलाई चाहिने आवस्यक शैक्षिक परामर्श दिदैं आएको छ । सिंगो मुलुकको आर्थिक बिकासको मुल आधार शिक्षा क्षेत्रलाई बलियो बनाउने शैक्षिक परामर्श सेवा केन्द्रहरु भने पछिल्लो दुई बर्ष निकै कमजोर बन्न पुुगे । बिश्व महामारीकोरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण उत्पन्न असहज आर्थिक परिस्थिती, कोभिड १९ को नियन्त्रण तथा रोकथामको लागि गरिएको लक डाउन र निषेधाज्ञाकारण यि संस्थाहरुलाई आफ्नो अस्तिव्व जोगाउन निकै नै हम्मे हम्मे पर्यो ।    यो अवस्थामा न राज्यले यि संस्थाहरुलाई न्यायोचितरुपमा कुनै नीतिगत सहयोग गर्यो त न अन्य कुनै संस्थाहरुले नै । यि संस्थाहरु आफै, आफ्नै श्रोत साधनले कोभिड १९ को निकै कठिन अवस्थामा पनि टिक्न सफल भए । तर अहिले अवस्था केही फेरिएको छ । कोभिड १९ क्रमिकरुपमा नियन्त्रणमा आउँदै गर्दा आर्थिक क्षेत्र पुन चलायनमान हुन थालेकाछन । बिगतमा बन्द रहेका शैक्षिक संघ संस्थाहरु पुुन खोल्न थालेकाछन । कोभिड १९ लाई देखाउँदै बन्द रहेका बैदेशिक शिक्षाको क्रम पुन सुचारु भएको छ । यो संगै नेपाली बिद्यार्थीहरु उच्च शिक्षा र राम्रो रोजगारीको लागि बिदेशिने क्रम बढ्न थालेको छ । नेपाली बिद्यार्थीहरु अहिले अष्टे«लिया, क्यानडा, अमेरिका, जर्मनी, नर्वे, युके लगायतका मुलुकहरुमा जान थालेकाछन । यसको लागि शैक्षिक परामर्श संस्थाहरुले बिद्यार्थीहरुलाई आवस्यक पर्ने सहजीकरणको कार्य गर्दे आएकाछन ।    तर यही बिचमा झण्डै तीन बर्षअघि चीनको वुहानबाट सुरु भएको कोरोना भाईरस (कोभिड १९) ले सिंगो बिश्वलाई हल्लायो । बिश्वका महाशक्ति राष्ट्रह्रुको अर्थतन्त्र पनि कोभिड १९ कै कारण धर्रमरायो । अमेरिका, चीन, जापान, अष्ट्रेलिया, क्यानडा, बेलायत, न्युजिल्याण्ड, नर्बे सहितका धेरैजसो देशको अर्थतन्त्र कमजोर बन्यो । यो कमजोरीको कारण धियो, बिश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस ।    संसारभर फैलिएको कोभिड १९ को मारमा नेपाल नपर्ने त कुरै भएन । सरकारले पनि कोभिड १९ को नियन्त्रण तथा रोकथामको लागि लामो समय लकडाउन गर्यो । यसको नकारात्मक असर सबै क्षेत्र, सबै तह र तप्कामा पर्यो । तर यही बिचमा पनि कोभिड १९ को सबै भन्दा बढी असर परेको क्षेत्रहरु मध्येको एक हो, शैक्षिक परामर्श संस्थाहरु । शैक्षिक परामर्श संस्थाहरुको मुख्य काम नै बैदेशिक शिक्षाको लागि बिद्यार्थीहरुलाई आवस्यक परामर्श र प्रकृया मिलाईदिनु हो । जब कोभिड १९ को कारणबाट सिंगो बिश्व नै ठप्प जस्तै भयो, यो अवस्थामा नेपाली बिद्याार्थीहरु बैदेशिक शिक्षाको लागि बिदेश जाने कुरै भएन । यो बिचमा हजारौंको संख्यामा रहेका शैक्षिक परामर्श संस्थाहरु हात बाँधेर बस्नु पर्यो । एउटा संस्थामा दुई देखि १० जनासम्म कर्मचारीहरु कार्यरत रहेको अवस्थामा शैक्षिक परामर्श क्षेत्रमा मात्र रोजगार भएका धेरैको रोजीरोटी यो समयमा गुम्यो । तर यस्तो प्रतिकुल समयमा पनि हामीले, हाम्रा साथीहरुले धेर्यता गुमाएनन, एक दिन महामारी नियन्त्रण हुन्छ नै, राम्रो दिन आउँछ नै भनेर व्यवसायलाई टिकाई राख्यौं, नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष प्रकाश पाण्डे भन्छन ।    बिगतको निकै कठिन समय पार गरेको तितो अनभुव सुनाउँदै अध्यक्ष पाण्डे भन्छन, अहिले थोरै भएपनि अवस्था बदलिएको छ, शैक्षिक परामर्श क्षेत्र चलायमान हुन थालेको छ । बिगतमा कोभिड १९ कै कारण भिसा लागेर पनि स्वदेशमा रोकिएर उच्च शिक्षा लिनबाट बञ्चित भएका बिद्यार्थीहरु बिदेश जान थालेकाछन । यसले शैक्षिक परामर्श क्षेत्रमा केही उत्साह ल्याएको छ, उनी भन्छन । आशा छ अब यो उत्साहमा कमी आउने छैन, कोभिड १९ बिस्तार नियन्त्रण भएर जाने छ । कोभिड १९ सुरु हुनुभन्दा भन्दा अघिसम्म नेपालमा शैक्षिक परामर्श संस्थाहरुले बार्षिकरुपमा चार पाँच अर्बको कारोवार गर्ने गरेको र उक्त समयमा साना तथा मझौला व्यवसायहरु अन्र्तगत सरकारलाई सबैभन्दा बढी कर बुझाउने क्षेत्र भनेको शैक्षिक परामर्श क्षेत्र नै रहेको थियो, नेपाल शैक्षिक परार्मश संघका निर्वतमान अध्यक्ष बिष्णुहरि पाण्डे भन्छन । हाल नेपाल शैक्षिक परामर्श संघ अन्र्तगत अष्टे«लिया डिपार्टमेन्टको प्रमुख समेत रहेका पाण्डेका अनुसार बिदेशी बिद्यार्थीका लागि पछिल्लो समय अष्टे«लिया खुल्ला भएपछि शैक्षिक परामर्श संस्थाहरुको नियमित कामले गति लिएको उनको भनाई छ ।  अहिले पनि अवस्था पहिला जस्तो सहज भएको छैन, तर कोभिड १९ को नियन्त्रण आउनेक्रम संगै सबै क्षेत्रमा केही आशा पलाएको छ, निर्वतमान अध्यक्ष पाण्डे भन्छन । अहिले पनि कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको त्रास अझै बाँकी रहेकाले पनि फेरि पनि यो क्षेत्रमा समस्या पर्ने हो कि भन्ने डर कायम नै छ, उनी भन्छन । तर यो अवस्था नआओसा, सबै कुरा सहज हो, निर्वतमान अध्यक्ष पाण्डे भन्छन ।    २० महिनादेखि रोकिएको अष्ट्रेलिया खुल्ला   २० महिनादेखि रोकिएको अष्ट्रेलिया खुल्ला भएको छ । कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि रोकिएका विद्यार्थीलाई अष्ट्रेलियाले डिसेम्बरदेखि ल्याउन सुरु गरेको हो । अस्ट्रेलिया सरकारले कोभिड–१९ महामारीका कारण करिब २० महिनादेखि रोकिइरहेका विद्यार्थीलाई डिसेम्बर १ देखि प्रवेश दिएको अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले जानकारी गराएकाछन् ।  कोभिड–१९ महामारीपछि २०१९ को मार्चबाट लगाएको प्रतिबन्ध क्रमशः खुकुलो गर्दै लगेको अष्ट्रेलियाले विद्यार्थीका लागि सुरूमा प्रवेश खुला गर्ने निर्णय गरेको हो ।   प्रधानमन्त्री मोरिसनका अनुसार डिसेम्बरदेखि प्रतिबन्धात्मक व्यवस्थालाई थप खुकुलो पार्दै लगिने भएको छ । लामो समयको कोरोना महामारीले यसअघि अष्ट्रेलिया भित्रने जो सुकैले अनिवार्यरूपमा क्वारेन्टानइन बस्नुपर्ने नियय थियो। यद्यपी राज्य अनुसार क्वारेन्टिनको नियमभने फरक हुनसक्नेछ ।  अस्ट्रेलियालाई पुरानै अवस्थामा फर्काउन र राज्यको अर्थतन्त्रलगायत विकासका लागि पनि विद्यार्थीको सहभागिता जरूरी भएकोले राज्य उनीहरूलाई स्वागत गर्न तयार रहेको प्रधानमन्त्री मोरिसनले जानकारी दिएका थिए ।    करिब पाँच हजार नेपाली विद्यार्थी अस्ट्रेलियाका विभिन्न विश्वविद्यालय तथा कलेजमा भर्ना भएर नेपालबाटै अनलाइन पढाइ गर्दै डलरमा शुल्क तिरिरहेकाछन । त्यसबाहेक आउन चाहनेको घुइँचो र चासो हेर्ने हो भने त्यो आधा लाख हाराहारी पुग्नसक्छ । अस्ट्रेलियाले फाइजर, जोन्सन एन्ड जोन्सन, अस्ट्राजेनेका, मोर्डेनासँगै भारतीय तथा चिनियाँ खोपलाई मान्यता दिएको छ । कोभिड १९ का कारण शैक्षिक परामर्श क्षेत्रमा चुुनौती थपिएको छ : प्रकाश पाण्डे, अध्यक्ष नेपाल शैक्षिक परामर्श संघ (इक्यान)   अहिले बेलायतको लागि काम गर्ने साथीहरुलाई केही सहज रहेको छ । अमेरिकाको लागि काम गर्ने साथीहरुलाई केही सहज रहेको छ । किनकी कोभिड १९ को महामारीकै अवधिमा पनि अमेरिकाले नेपाली बिद्यार्थीहरुको भिसा प्रकृया रोकेन । भारतको लागि काम गर्ने साथीहरुलाई सहज रहेको छ । भारतसंग खुल्ला सिमाना भएकै कारण कोभिड १९ को महामारीकै समयमा पनि बैदेशिक शिक्षाको लागि भारत सहज भएको हो । १५ डिसेम्वरदेखि नेपाली बिद्यार्थीहरुको लागि अष्टे«लिया पनि खुल्ला भएको छ । यसबाट शैक्षिक परामर्श क्षेत्रमा काम गर्ने संस्थाहरुको लागि केही आशा पलाएको छ । यो क्षेत्रमा पुरानै अवस्थामा फर्किन सक्छ कि भन्ने अपेक्षा शैक्षिक परामर्श क्षेत्रमा संलग्न साथीहरुले गरेकाछन ।    बिश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को महामारी सुरु हुनुुभन्दा अघिसम्म बार्षिकरुपमा १५ हजारको संख्यामा नेपाली बिद्यार्थीहरु बैदेशिक शिक्षाको लागि बिदेश जाने गरेका थिए । तर कोभिड १९ सुरु भएपछि अवस्था त्यस्तो रहेन । दुई बर्षमा चार हजार जना बिद्यार्थीको भिसा लाग्यो । अहिले भिसा लागेर पनि अध्ययनको लागि सम्वन्धीत देश, सम्वन्धीत कलेज जना नपाएका थुप्रै बिद्यार्थीहरु रहेकाछन । कोभिड १९ अघि शैक्षिक परामर्श संंस्थाहरुमा चार, पाँच अर्बको कारोवार हुन्थ्यो । अहिले यो खुम्चेको छ । अहिले त्यसको २० देखि ३० प्रतिसतको हाराहारीमा मात्र कारोवार भएको छ । बिश्वमा नै यति ठुलो महामारी फैलियो, त्यसको निकै ठुलो प्रभाव नेपालमा पनि पर्यो । कोभिड १९ को चरम उत्र्कषमा पनि सरकारले शैक्षिक परामर्श क्षेत्रलाई नै तोकेर कुनै सहुलियत दिएको छैन । सरकारले शैक्षिक परामर्श क्षेत्रलाई कोभिड १९ बाट बिशेष प्रभावित क्षेत्रकोरुपमा राखे पनि त्यो अनुसार सहुलियत पाएका छैनन । केही साथीहरुले सहुलियत कर्जा पनि लिनुभयो । तर यसको लागि साथीहरुले धेरै नै प्रकृयागत जटिलता बेहोरेको गुनासो हामीलाई गरेकाछन । नेपालमा सञ्चालनमा रहेका ७० प्रतिसत शैक्षिक परामर्श संस्थाहरु चार, पाँच जना कर्मचारीहरु राखेर साना साईजमा चलेकाछन । तर सरकारले ठुलालाई मात्र समेट्ने गरी सहुलियत कर्जा सम्वन्धी नीतिहरु सार्वजनिक गर्यो । जसमा ससाना परामर्श संस्थाहरु पर्न सकेनन् ।    बिगतमा जे जस्तो भएपनि अहिले भने यो क्षेत्र बिस्तार चलायमान हुन थालेको छ । यद्धापी कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनका कारण फेरि पनि समस्या पर्ने हो कि भन्ने डर कायम नै रहेको छ । नेपाली बिद्यार्थीहरुको लागि अष्टे«लिया भर्खर खुल्यो, न्युजिल्याण्ड, जापान अझै खुल्नै बाँकी छ । जापान नखोल्दा सबै प्रकृया पुरा गरेर बसेका १० हजार नेपाली बिद्यार्थीहरुको भविष्य अन्यौल भएको छ । आशा छ, यो अन्यौलता अब छिट्टै हटोस ।    अहिले फि कोभिड को जस्तो त, अवस्था छैन । कोभिड १९, ओमिक्रोन आदिको डर अझै कायम रहेको छ । यो अवस्थामा नेपाली बिद्यार्थीहरुलाई बैदेशिक शिक्षाको लागि बिदेश पठाउने सबै हात शैक्षिक परामर्श संस्थाहरुमा पनि छैन । बिदेशमा पढ्न जाने, पढ्न पठाउने, परार्मश दिने सबै क्षेत्रमा चुनौती थपिएको छ । यो अवस्थामा केही देशका बिश्वबिद्यालयहरुले बिदेशी बिद्यार्थीहरुको सहयोगको लागि शैक्षिक छात्रवृति लगायतका बिभिन्न किसिमका सहुलियत प्याकेजहरु पनि दिएकाछन । तर केही राष्ट्रहरुमा भने बैदेशिक शिक्षाको लागि जाँदाा अनिवार्यरुपमा क्वारेन्टाईन बस्नु पर्ने नीति रहेको छ । यसले गर्दा बिद्यार्थीहरुको बैदेशिक शिक्षा बिगतको तुलनामा महंगो पर्न गएको छ ।  अहिले शैक्षिक परार्मश क्षेत्रमा काम गर्ने साथीहरुको लागि पनि सहज अवस्था बनिसकेको छैन । यो अवस्थामा सायद लामो समयसम्म नरहला, सबैले मिहेनत गरौं, धैर्य धारण गरौं । बैदेशिक शिक्षाको लािग बिदेश जाँदा, सोचेर, बुझेर, त्यहाँको भुगोल, संस्कृती, त्यहाँको कानुन लगायतका बिषयमा आधारभुत ज्ञान लिएर मात्र जाऊँ ।    मझौला व्यवसायमा सबैभन्दा बढी कर शैक्षिक परामर्श क्षेत्रले तिर्दे आएकाछन : बिष्णुहरि पाण्डे, निर्वतमान अध्यक्ष इक्यान    मझौला व्यवसायमा सबैभन्दा बढी कर शैक्षिक परामर्श क्षेत्रले तिर्दे आएको छ, तर त्यो अनुसार सरकारी सुबिधा पाएका छैंनौं, यो भनाई हो नेपाल शैक्षिक परामर्श संघ (इक्यान) निर्वतनमान अध्यक्ष बिष्णुहरि पाण्डेको । लामोसमयसम्म इक्यानमा कुशलतापुर्वक अध्यक्षको भुमिका निर्वाह गरेका पाण्डे अहिले शैक्षिक परार्श संघ (इक्यान) मा अष्टे«लिया डिर्पाटमेन्टका हेड हुन ।    बिश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) बाट अतिप्रभावित क्षेत्र मध्येको एक हो, शैक्षिक परामर्श क्षेत्र । कोभिड १९ क्रमश नियन्त्रणउन्मुख भएसंगै यो क्षेत्र केहीहदसम्म चलायमान भएको छ, तर अझै पनि कोभिड १९ को त्र्रास बाँँकी नै छ । झन पछिल्लो समय आएको ओमिक्रोन भाईरसले फेरि यो क्षेत्रलाई अति नै प्रभाव पार्ने हो कि भन्ने डर हामीलाई छ, इक्यानका निर्वतमान अध्यक्ष पाण्डे भन्छन । अहिले बैदेशिक शिक्षाको लागि बेलायत खुल्ला भएको छ, अष्टे«लियाको केही बोर्डर खुल्ला भएको छ । अहिले पनि बिदेशीको आवागमनको लागि अष्टे«लियाका धेरै वटा बोर्डरहरु खुल्न बाँकी छ, यो अवस्थामा फेरि ओमिक्रोनको त्रास बढेको छ । यसले थोरैरुपमा भएपनि चलायमान हुन लागेको शैक्षिक परामर्श क्षेत्रलाई संकटतर्फ धकेल्छ भन्ने आशंका उब्जिएको पाण्डे बताउँछन ।    कोभिड १९ चरम उत्र्कषमा पुगेको बेला शैक्षिक परामर्श संस्थाहरु र यससंग प्रत्यक्ष वा अप्रतक्ष्यरुपमा सरोकार राख्ने ठुलो क्षेत्रले अर्बो रुपैयाँ गुमाएकोमा दुख व्यक्त गर्दे उनी भन्छन, अबको दिनमा यस्तो अवस्था नआओस । अहिले इक्यानमा मात्र चार सय ७३ वटा संस्थाहरु आवद्ध रहेकाछन । नेका र शिक्षा मन्त्रालयमा दर्ता रहेका संस्थाहरुको संख्या समेत जोड्दा यस्तो संख्या चार हजार माथि पुग्छ । अहिलेको समयमा एउटा शैक्षिक परामर्श संस्थामा आठ देखि १० जनासम्म कर्मचारीहरु कार्यरत रहेकाछन, कोभिड १९ को महामारीको समयमा कति जनाको रोजीरोटी खोसियो होला, तपाई आफै बिचार गर्नुहोस, उनी भन्छन ।  साना तथा मझौला व्यवसाय अन्र्तगत संभवत सबैभन्दा बढी कर तिर्ने क्षेत्र अथवा भनौं संस्थाहरु भनेका शैक्षिक परार्मश संस्थाहरु नै हुन, तर महामारीको कठिन समयमा शैक्षिक परामर्श संस्थाहरुले राज्यबाट जुनरुपमा सहयोग र सहुलियत पाउनु पथ्र्यो, त्यो रुपमा पाउन सकेनन, निर्वतमान अध्यक्ष पाण्डे भन्छन । सरकारले शैक्षिक परामर्श क्षेत्रलाई अति प्रभावित क्षेत्र माने पनि त्योरुपमा नीतिगत तथा अन्य सहुलियतहरु दिन नसक्दा धेरै साथीहरु यो क्षेत्रबाट पलायन हुनुभयो, उनी भन्छन ।    अहिले अवस्था थोरै भएपनि फेरिएको छ कोभिड १९ क्रमिकरुपमा नियन्त्रण उन्मुख हुदै गएको छ । बिगतमा बन्द रहेका जापाना, अष्टे«लिया, क्यानडा, न्युजिल्याण्ड, नर्बे, बेल्जियम लगायतका देशहरु जहाँ नेपाली बिद्यार्थीहरु बैदेशिक शिक्षाको लागि बढी जाने गर्छन । यि देशहरु बैदेशिक शिक्षाको लागि केही पुर्णरुपमा खुल्ला भएकाछन, केही आशिंकरुपमा खुल्ला भएकाछन भने केही खुल्ने क्रममा रहेकाछन । आशा छ, अब शैक्षिक परामर्श संंस्थाहरुले बिगतको जस्तो कठिन दिन अथवा भनौं कठिन अवस्था भोग्नु पर्ने छैन ।   महामारी मत्थर भएसंगै स्टडी ग्रुपले ग¥यो फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीसँग नयाँ सम्झौता   अग्रणी अन्तरराष्ट्रिय शैक्षिक सेवाप्रदायक संस्था स्टडी ग्रुपले फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीसँग नयाँँ सम्झौता गरेको छ । फ्लोरिडा एट्लान्टिक युनिभर्सिटी युएस् न्युज डट कम र वल्र्ड रिपोर्टको टप पब्लिकहाइयर एडुकेसन इन्स्टिच्युसनमा पर्न सफल विश्वविद्यालय हो । यो विश्वविद्यालयमा  ३० हजार बढी अन्डर–ग्र्याजुएट र पोस्ट–ग्र्याजुएट विद्यार्थीहरु अध्ययनरत छन् । यो विश्व–विद्यालयले आफ्ना विद्यार्थीहरुलाई पढाई सकिएपछि गूगल, एप्पल, र जेनेरल मोटर्स र प्राइस वाटर हाउस कुपर्स जस्ता ग्लोबल कम्पनीहरुमा चार हजार आठ सय भन्दा इन्टरसिप प्लेसमेन्टको सुविधा उपलब्ध गराएको छ ।    फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीले विद्यार्थीको प्रोफेसनल कार्यक्षमता अभिवृद्धि गर्ने काम पहिलो प्राथमिकतामा राख्छ र स्टडी ग्रुपको मुख्य उद्धेश्य पनि विद्यार्थीको प्रोफेसनल कार्यक्षमता अभिवृद्धि गर्ने नै हो । स्टडी ग्रुप फ्लोरिडा एट्लान्तिक युनिभर्सिटीको बृहत शैक्षिक कार्यक्रमहरुमा अन्तर–राष्ट्रिय विद्यार्थीहरु भर्ना गर्नको लागि ट्रस्टेड पार्टनर हो । स्टडी ग्रुपले विश्वभरीका यस्तै ५० युनिभर्सिटीहरुसँग मिलेर ग्लोबल एजुकेसन सम्बन्धी शैक्षिक परामर्श गर्दै आइरहेको छ ।   स्टडी ग्रुप हालसालै ग्लोबल एजुकेसन इन्न्भेस्टर अवार्ड्समा पाथ वे प्रोभाइडर अफ द इयर पनिहुन सफल भएको थियो । स्टडी ग्रुपका सिइओ एम्मा ल्यान्कास्टरले भने, “अमेरिका अध्ययनको लागि आउन चाहने विद्यार्थीहरु मध्य धेरैको रोजाइमा साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ र म्याथ्म्याटिक्स (एस.टि.इ.एम) अन्तर्गतका विषयहरु पर्छन् । त्यसैले हामीले यी विधाहरुमा धेरै प्राथमिकता दिएर उल्लेखनीय लगानी गरेका छौँ । र हाम्रो बोका र तोनमा अवस्थित विश्वविद्यालयको मुख्य भवन पनि एकदमै शान्दार र सुन्दर छ । हामी अन्तरराष्ट्रिय विद्यार्थीहरुलाई फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीको अध्ययन अनुभव प्रदान गर्न अत्यन्त उत्साहित छौँ । स्टडी ग्रुपको टिमले फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीको अन्तरराष्ट्रिय विद्यार्थी भर्ना लक्ष्य पुरा गर्न पनि सहयोग गर्नेछ । जसले अहिलेको डिजिटल संसारमा स्थानीय विद्यार्थीहरुलाई संसारभरिका विद्यार्थीहरुसँग  एक–अर्कासँग घुलमिल हुँदै सिक्ने र एक–अर्काको भाषा, संस्कृति र परम्परालाई बुझ्ने अवसर प्रदान गर्नेछ ।   पार्ट्नरशिपलाई स्वागत गर्दै फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीका सिनियर असोसियट प्रोभोस्ट रस इभीले भने, “हामी स्टडी ग्रुपसँग मिलेर कामगर्न पाएकोमा अत्यन्तै हर्षित छौँ र अन्तर–राष्ट्रिय विद्यार्थीहरुलाई हाम्रो आधुनिक र शान्दार क्याम्पसमा स्वागत गर्न उत्साहित छौँ । स्टडी ग्रुपले फेबअरी २०२२ बाट अन्तरराष्ट्रिय विद्यार्थी भर्ना लिन शुरु गर्नेछ । र २०२२ को फलमा उनीहरु युनिभर्सिटी जान पाउनेछन् ।       

Posted on: 2021-Dec-25

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar