25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

शेर बन्दै शेयरका खेलाडी

20 - Dec-2021, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 हुङ्कार डेक्स काठमाडौ
तत्कालीन समयमा अर्थमन्त्री समेत भएका बाबुराम भट्टराईले सेयर बजारलाई जुवा घरको संज्ञा दिएका थिए । त्यतिबेला उनको त्यो भनाईलाई धेरैले बिरोध गरे । ठुला सेयर लगानीकर्ताहरुले त त्यो समयमा संस्थागतरुपमा नै भट्टराईको बिरोध गरे । पुंजी बजार ध्वस्त पार्ने अभिव्यक्ति भन्दै उक्त अभिव्यक्ति फिर्ता लिन समेत गरे । 
भट्टराईको उक्त भनाई लगत्तै सेयर बजारको ओरालो यात्रा सुरु भयो । किन र के कारणले भट्टराईले शेयर बजारलाई जुवा घरको संज्ञा दिए, त्यो उनलै जानुन । तर अहिलेको शेयर बजारको अवस्था हेर्दा यो साँच्चै जुवा घर नै त होईन भनेर सोच्न बाध्य बनाएको छ । कमाउनेले एकै दिनमा करोडौं रुपैयाँ कमाएकाछन । गुमाउनेको एकैदिन घरखेत सकिएको छ । फेरी यसरी कमाउनेमा जहिले पनि ठुलो लगानीकर्तारुने पर्ने गरेकाछन भने गुमाउनेहरुमा अधिकांस साना तथा मझौला लगानीकर्ताहरु पर्ने गरेकाछन । त्यही भएरपनि हुन सक्छ, त्यो समयमा भट्टराईले पुंजी बजारलाई जुवा घरको संज्ञा दिएको ।    शेयर बजारका खेलाडीहरु अहिले शेर अर्थात सिंह जस्तै बन्दै गएकाछन । शेयर बजारमा अहिले यिनै ठुला खेलाडीहरुले जंगलमा सिंहले राज गरेको जस्तै राज गरिरहेकाछन । सेयर बजार ओरालो लाग्दा अथवा उकालो लाग्दा कमाउने भनेको पनि यिनै समुहहरु हुन । यो समुहले बजारमा अनेकौं हतकण्डा अपनाएर सेयर बजार घटाउने वा बढाउने गर्छ । आफ्नो व्यक्तिगत वा समुहगत स्वार्थको लागि आम सेयरधनीहरुको सेयर लगानीलाई यो समुहले दाउमा राखी दिन्छ । अनि दुधको तर मारेको जस्तै तर खाएर बस्छ । सेयर बजारमा गुमाउने भनेको जहिले पनि साना लगानीर्ताँहरु नै हुन्छ ।    साना तथा मझौला लगानीकर्ताहरु सेयर बजार थोरै घट्दा अत्तालिन्छन, अनि थोरै बढ्दा पनि हौसिन्छन । थोरै घट्दा साना तथा मझौला लगानीकर्ताहरु सेयर बेच्न थाल्छन । अनि सेयर बजार बढेको समयमा अझै बजार उकालो लाग्छ भनेर महंगो व्याजमा ऋण लिएर भएपनि सेयर बजारमा लगानी गर्छन । अनि यही समुह डुब्छ । ठुला लगानीकर्ताहरुले भने सेयर बजारबाट जहिले पनि फाईदा लिएको हुन्छ । यो समुह बजार ओरालो लाग्दा अनेकौं हतकण्डा अपनाएर, मिडियावाजी गरेर, नियमनकारी निकायलाई प्रभावमा पारेर सेयर बजारमा अझ तल गिराउन खोज्छ । जब सेयर बजार ठुला लगानीकर्ताहरुको इच्छा अनुसार घट्छ तब यो समुह ठुलो परिमाणमा बजारबाट सेयर उठाउँछ । केही समय यो सेयरलाई होल्ड गर्छ । अनि फेरी यो समुह अनेकौं हतकण्डा अपनाएर सेयर बजारलाई माथि उठाउँछ । हिंजोको दिन अर्थात सेयर बजार घटेको बेलामा सस्तोमा किनेको सेयर क्रमिकरुपमा बेच्दै जान्छ । ठुला लगानीकर्ताहरुले ठुलो परिमाणमा सेयर बेच्दा किन्ने समुह भनेको तिनै साना तथा मझौला लगानीकर्ताहरु नै हुन्छन । ति साना तथा मझौला लगानीकर्ताहरु हिंजोको दिनमा सेयर घट्यो भनेर आफैले बेचेको सेयर पुन महंगो मुल्यमा किन्न बाध्य हुन्छन ।    तर यही बिचमा ठुला सेयर लगानीकर्ताहरु भने शेयर बजारबाट नै अर्बो रुपैयाँ कमाएर ढुक्क भएर बसेको हुुन्छ । नेपालमा ठुला लगानीकर्ताहरु भनेका मुठीभरमा रहेकाछन । सबै क्षेत्रसंग पहुंच स्थापित गरेर यो समुहले सेयर बजारलाई आफ्नो नियन्त्रणमा राखेको हुन्छ । बेला बेलामा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रशाद अधिकारीले नेपालको सेयर बजारमा एक सय जना व्यक्तिहरुको नियन्त्रणमा रहेको भन्ने गरेकाछन । गर्भनर अधिकारीले यस्तो भन्नुको अर्थ पनि त्यही नै हो । नेपालमा ठुला सेयर लगानीकर्ताहरु भने निर्मल प्रधान, शशिकान्त अग्रवाल, अर्जुन बन्धु रेग्मी आदि इत्यादि नै हुन । यही समुहकोे नियन्त्रणमा नै नेपालको शेयर बजार चल्ने गरेको छ ।    सेयर धितो कर्जामा राष्ट्र बैंकको कडाई, सेयर बजारको ओरालो यात्रा सुरु नेपाल राष्ट्र बैंकले चालुु आर्थिक बर्षको बजेट मार्फत मार्जिन लेण्डिङ अर्थात सेयर धितो कर्जामा कडाई गरेको छ । सेयर धितो कर्जामा प्रति व्यक्ति वा प्रति समुहको कर्जा सिमा चार करोड देखि १२ करोड रुपैयाँसम्म तोकेको छ । यसको प्रभाव अहिले सेयर बजारमा देखिएको छ । बजार निरन्तर ओरालो लागिरहेको छ ।   सेयर बजार लगातार बढिरहेको थियो । तर अहिले भने सेयर बजारमा उतारचढाव देखिन थालेको छ । २०७७ असार मसान्तमा १३ सय ६२ दसमलव चार अंकमा रहेको नेप्से सूचकांक २०७८ असार मसान्तमा बढेर २८ सय ८३ दसमलव चार पुगुेको छ । नेप्सेको यो बृद्धि झण्डै दोब्बर हो । २०७८ असार मसान्तमा धितोपत्र बजार पँुजीकरण ४० खर्ब १० अर्ब ९६ करोड पुगेको छ । २०७७ असार मसान्तमा बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रहेको थियो । २०७८ असारमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या दुई सय १९ पुगेको छ । सूचीकृत कम्पनीहरु मध्ये एक सय ४३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४० जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, पाँच वटा होटल, पाँच वटा लगानी कम्पनी, चार वटा व्यापारिक संस्था र तीन वटा अन्य समूहका रहेका छन् । २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या दुई सय १२ रहेको थियो ।    सूचीकृत कम्पनीहरू मध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६८ दसमलव नौ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा आठ दसमलव चार प्रतिशत, लगानी कम्पनीको आठ दसमलव एक प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा तीन दसमलव सात प्रतिशत, होटेलको हिस्सा एक दसमलव पाँच प्रतिशत, व्यापारिक संस्थाको हिस्सा शुन्य दसमल पाँच प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा आठ दसमलव नौ प्रतिशत रहेको छ ।    नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८ असारसम्ममा सूचीकृत पाँच अर्ब ८३ करोड शेयरको चुक्ता मूल्य पाँच खर्ब ७३ अर्ब २४ करोड रुपैयाँ कायम रहेको छ । आर्थिक वर्ष २०७७÷७८ मा दुई खर्ब खर्ब ८४ अर्ब ९५ करोड बराबरको विकास ऋणपत्र, ४६ अर्ब ७४ करोड बराबरको बोनस शेयर, ४२ अर्ब १७ करोड बराबरको साधारण शेयर, १८ अर्ब ५५ करोड बराबरको डिबेन्चर, छ अर्ब ८५ करोड बराबरको म्युचुअल फण्ड र पाँच अर्ब ५२ करोड बराबरको हकप्रद शेयर गरी कुल चार खर्ब चार अर्ब ७७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले २३ अर्ब चार करोड बराबरको डिबेन्चर, १५ अर्ब १८ करोड बराबरको साधारण शेयर, १४ अर्ब पाँच करोड बराबरको हकप्रद शेयर र नौ अर्ब ४० करोड बराबरको म्युचुअल फण्ड गरी कुल ६१ अर्ब ६७ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशन गर्न अनुमति दिएको छ ।    शेयर धितो कर्जाको सीमाले उद्योग व्यवसायमा हुने लगानीलाई असर गर्देन, गर्भनर अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत शेयर धितो कर्जामा लगाइएको सीमाले औद्योगिक र व्यावसायिक प्रयोजनका लागि लिइने शेयर धितो कर्जा प्रभावित नहुने बताएकाछन । गभर्नर अधिकारीले शेयर धितोमा ऋण लिइ शेयर बजारमा नै लगानी गर्नेलाई लक्षित गर्दै यो नीति लिनु परेको बताएकाछन ।    ‘व्यावसायिक उद्देश्यले लिइने यस प्रकारको कर्जालाई मौद्रिक नीतिमा तोकिएको सीमाले असर गर्दैन, उनले भने, ‘व्यावसायिक प्रयोजनका लागि लिइने कर्जामा हाम्रो सरोकार होइन, तर वित्तीय क्षेत्रमा उपलब्ध स्रोत औद्योगिक क्षेत्रमा सदुपयोग होस् भन्ने मात्रै हाम्रो चाहना हो ।’   गभर्नर अधिकारीले राष्ट्रिय उत्पादन वृद्धिमा केन्द्रीय बैंकको चासो रहने उल्लेख गर्दे औद्योगीकरण र रोजगारी सिर्जनाका क्षेत्रमा राष्ट्र बैंकले सधैं सहयोग गर्ने बताए । राष्ट्र बैंकले शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा एक व्यक्तिवा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम चार करोड रूपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रूपैयाँसम्म मात्र लिन सक्ने व्यवस्था मौद्रिक नीतिबाट गरेको थियो । गभर्नर अधिकारीले राष्ट्र बैंकले विभिन्न सुधारका काम अघि बढाएको भन्दै त्यसै अनुसार कर्जा – निक्षेप अनुपात (सिडी रेसियो) कार्यान्वयनमा ल्याइएको उल्लेख गरे । उनले बैंकिङ क्षेत्रलाई विशुद्ध बैंकिङमा लगाउने नीति केन्द्रीय बैंकले लिएको बताए ।    कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउन र पुनरोत्थान गर्न राष्ट्र बैंकले गत वर्ष लिएका नीतिले प्रभावकारी काम गरेको उल्लेख गरे । उनले तरलताको उपलब्धता र ब्याजदर चिन्ताको विषयको रुपमा रहेको भन्नु हुँदै त्यसतर्फ सचेत हुन आग्रह गरे । परिसंघका उपाध्यक्षनिर्वाण चौधरीले अब डिजिटल बैंकिङतर्फ अघि बढ्नुपर्ने उल्लेख गरे । परिसंघका बैंकिङ समितिका सभापति अनलराज भट्टराईले परिसंघको तर्फबाट प्रस्तुति गर्दै केन्द्रीय बैंकले लिएका नीतिले अर्थतन्त्रलाई गतिशील बनाउन सहयोग गरिरहेको बताए ।    सेयर बजारको ओरालो यात्रा रोक्न, अर्थमन्त्री शर्माले भने समस्या समाधान गर्नु शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको थियो । राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका थिए । कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका हुुन । उनले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई भनेकाछन ।    जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाएका थिए । तर अर्थमन्त्रीको उक्त फोन पश्चात एक दिन एक सय आठ अंकले सेयर बजार बढेको थियो । तर त्यसको भोलिपल्ट नै सेयर बजार एक सय ६१ अंकले घटेको थियो । राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख भएको बिषयलाई तत्काल करेक्सन गर्न नमिल्ने, प्रत्येक तीन, तीन महिनामा राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गर्ने र त्यसबाट नै सेयर धितो कर्जामा के गर्न सकिन्छ, आवस्यक रणनीति बनाउने भने संगै सेयर बजार पुन घट्न थाल्यो ।  सेयर धितोको रिसाइकल रोक्न सीमा, नेपाल राष्ट्र बैंक नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीति आर्थिक पुनरउत्थानमा केन्द्रित रहेर ल्याएको बताए । गभर्नर अधिकारीले आर्थिक पुनरुउत्थान पनि हुन सकोस्, कार्यान्वयन गर्नेलाई पनि समस्या नपरोस् भनेर आर्थिक पुनरउत्थानलाई सँगसँगै राखेर मौद्रिक नीति ल्याएको बताए ।   “कोभिडको दोस्रो वर्षको असहज अवस्थामा मौद्रिक नीति आएको छ, गत वर्षको लकडाउन भन्दा यो वर्ष सहज अवस्था छ, राष्ट्र बैंकले बैंकहरुको तथ्याङक र बैंकहरुले ग्राहकको विवरण हेर्ने हो,” गभर्नर अधिकारीले भने, “गत वर्षको भन्दा यो वर्षको अवस्था तुलना गर्न नै मिल्दैन अहिले अवस्था धेरै सहज छ , यद्यपी केही क्षेत्र भने समस्यामा छन् ।”   उनले सबैलाई उकै ठाउँमा राखेर भन्दा  पनि  भन्दा पनि खास असर परेको उद्योगलाई कस्तोे प्रोडक्ट प्रयोग गर्दा हुन्छ भनेर छुट्याएर ल्याएको ल्याएको बताए । बैंकलाई आफ्नो ग्राहकको बारेमा राष्ट्र बैंकको भन्दा बढी जानकारी हुने भएकाले कोभिड प्रभावित व्यवसायी चिनेर सहुलियत दिने जिम्मा बैंकहरुलाई दिएको बताए । “ग्राहक डुब्यो भने बैंक पनि समस्यामा पर्ने हो, त्यैले ग्राहकलाई चिनेरसहुलियत दिन बैंकलाई छोडेको हो,” उनले भने, “ग्राहकको अवस्था र व्यवसायीको बारेमा मुख्य मुल्याङ्कनकर्ता बैंक नै हो ।”   उनले चालु आवको मौद्रिक नीतिले १ करोड भन्दा सानो ऋणमा २ प्रतिशत प्रिमीयम तोक्ने राष्ट्र बैंकको नीतिलाई ‘नोबेल पोलिसी’को संज्ञा दिए । पहुँच नभएका र साना ऋणीको  लागि १ करोड भन्दा सानो कर्जामा प्रिमियम तोकेको बताउँदै उनले यो कार्यान्वयन गर्न गाह्रो भएको बताए । गभर्नर अधिकारीले भने, “सानाका ऋणीको लागि ल्याएको ऐतिहासिक नीति हो, अहिले १६ लाख ८२ हजार ऋणी मध्ये ४७ हजार ऋण एक करोड भन्दा माथि कर्जा लिने छन् । धेरै ऋण लिनेको त बार्गेन गर्ने क्षमता नै बढी हुन्छ ।”   अधिकारीले सेयर धितोको रिलाइकल गरेर सिमित व्यक्तिले वित्तीय स्रोत प्रयोग गरेकाले त्यसलाई रोक्न मार्जिन प्रकृतिको सेयर धितो कर्जामा सिमा तोकेको बताए । “४ करोडको सेयर बैंकमा राखेर २ करोड ८० लाख लोन लिने पुन २ करोड ७० लाखको सेयर बैंकमा राखेर त्यसको ७० प्रतिशत कर्जा लिने र उक्त कर्जाको सेयरबाट पनि पुनः कर्जा लिने ‘रिसाकलको प्रवृत्ती’ ठीक छैन भनेर लिमिट राखेको हो,” उनले भने । बैंक तथा वित्तीय संस्थाले तरलता अभाव भयो भन्दै प्रचार गरेकोप्रति टिप्पणी गर्दै उनले बैंकहरुले ब्याजदरको जोखिम उठाउने नगरेको आरोप लगाए । “ब्याजदरको रिस्क ग्राहकमा थोप¥यो, तरलताको राष्ट्र बैंकमा ।” ३३ अर्ब अधीक तरलतालाई पनि अपर्याप्त भन्ने कामप्रति उनको चित्त बुझाइ छैन । अहिले कर्जा जति सबै आयात गर्न जाने हो कि भन्ने स्थिति पैदा भइसकेको उनले बताए ।   सीडी रेसियो तीन चरणमा कार्यान्वयन गरौंः अध्यक्ष दाहाल  नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले गत आर्थिक वर्षको भन्दा चालु आबको मौद्रिक नीति धेरै सुचकका आधारमा सहज अवस्थामा आएको बताए । तथ्यांक प्रस्तुत गर्दै उनले भने, “हामीले राष्ट्र बैंकले तोकको सिमा भन्दा पनि धेरै कम ब्याजदरमा कर्जा दिएका छौं ।”   दाहालका अनुसार २०७६ चैतमा ५.०३ रहेको स्प्रेड दर ३.६ प्रतिशत ओर्लिएको छ । १० खर्ब सम्पत्ती वृद्धि हुँदा पनि केही करोड मात्रै ब्याज आम्दानी बढेको छ, सेयर बजारमा वृद्धि  हुँदा त्यसमा पहिलेदेखि नै लगानी गरेको र अहिले लगानी गरेर आर्जन गरेको आम्दानी ११÷१२ प्रतिशतको रिर्टन मात्रै छ । यदी सेयर बजारबाट पनि केही कमाउन नसकिएको भए १० प्रतिशत रिर्टन पनि असम्भव रहेको उनले बताए । कोभिडको बेला यो रिर्टनलाई नराम्रो भन्न नमिल्ने भएपनि रिर्टन अझै घट्ने देखिएकोले यसमा सोच्नुपर्ने र लगानीकर्ता पलायन हुने अवस्था आउनसक्नेतर्फ सचेत हुनुपर्ने उनले बताए । राष्ट्र बैंकले साना ग्राहकको प्रोटेक्सनको लागि शुल्क र प्राइस तोकर ठुला ग्राहकको प्राइस ताक्ने छुट बैंकलाई दिने अपेक्षा आफूहरुले गरको भए पनि त्यसो नभएकामा उनको असन्तुष्टि छ ।   “१ करोड भन्दा सानो कर्जामा २ प्रतिशत मात्रै प्रिमियम कार्यन्वयन गर्न गाह्रो छ, गाउँमा २०÷२५ प्रतिशत ब्याज लिएका ऋणलाई बैंकहरुले ७ प्रतिशतको आधार दरमा ५ प्रतिशत नै प्रिमिीयम तोकेपनि १२ प्रतिशतमा कर्जा पाउने अवस्था हुन्छ,” दाहालले भने, “२ प्रतिशतको प्रिमियमले राष्ट्र बैंकले तोकेको सिमासम्म बैंकहरुले  लगानी गरेपनि त्यसभन्दा बढी लगानी गर्न प्रोत्साहन गर्दैन ।” दाहालले सीडी रेसियोमा कार्यान्वयन विभिन्न चरणमा गर्न राष्ट्र बैंकलाई सुझाव दिए । “२०७९ असारसम्म ९० प्रतिशत सीडी बनाउनुपर्ने सट्टा तीन चरणमा यो लक्ष्य पुरा गरौं,” अध्यक्ष दाहालले भने, “पुस मसान्तसम्म ९२ बनाऔं, चैत मसान्तसम्म ९१ मा झारौं र असारसम्म ९० बनाऔं ।   शेयरमा सरकारी लगानी वालुवामा पानी  शेयरमा सरकारी लगानी वालुवामा पानी जतिकै भएको छ । महालेखा परिक्षकको ६८ औं बार्षिक प्रतिवेदन अनुसार बिभिन्न संघसंस्थाहरुको शेयरमा मात्र सरकारले खर्बो रुपैयाँ लगानी गरेको देखिएको छ भने प्रतिफल शुन्य रहेको छ ।   प्रतिवेदनमा भनिएको छ, महालेखा नियन्त्रकको कार्यालयबाट प्राप्त बिवरण अनुसार नेपाल सरकारले गतबर्षसम्म बिभिन्न एक सय १३ संस्थामा दुई खर्ब ९६ अर्ब ९२ करोड रुपैयाँ शेयर लगानी गरेको छ । यो बर्ष थप १२ अर्ब ७२ करोड र बोनस सेयर प्राप्त र समायोजनबाट छ अर्ब छ करोड रुपैयाँ थप भई यो बर्षसम्म तीन खर्ब १५ अर्ब ७० करोड रुपैयाँ शेयर लगानी गरेको देखिन्छ ।    प्रतिवेदनमा उल्लेख भए अनुसार शेयर लगानीबाट नेपाल सरकारलाई यो बर्ष नेपाल राष्ट्र बैंकले नौ अर्ब ९६ करोड, नेपाल टेलिकमले छ अर्ब १७ करोड १७ लाख, नेपाल आयल निगमले चार अर्ब १५ करोड ४७ लाख, कृषि बिकास बैंक लिमिटेडले एक अर्ब ४२ करोड ९५ लाख र अन्य ११ वटा संस्थाहरुले दुई अर्ब ६९ करोड २६ लाख समेत गरी १५ वटा संस्थाले २३ अर्ब ४६ करोड ६१ लाख रुपैयाँ नगद लाभांस र नेपाल बैंक लिमिटेडले ७५ लाख छ हजार रुपैयाँ बराबरको बोनस सेयर दिएको देखिन्छ ।    ति बाहेक बाँकी ९८ संस्थामा लगानी गरेको एक खर्ब ९३ अर्ब सात कारेड रुपैयाँबाट यो बर्ष कुनै पनि प्रतिफल प्राप्त गरेको छैन, प्रतिवेदनमा उल्लेख छ ।   

Posted on: 2021-Dec-20

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar