18 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

कुनैपनि आवरणमा हुने अवराध क्षम्य हुनु हुदैन ।

30 - Jan-2020, Posted by: Yuwahunkar   |   COMMENTS: 0
अपराध सबैजसो समाजमा हुने गरेको छ । मानव सभ्यता सुरु भएदेखि नै अपराध पनि सुरु भएको हो । बिगतका समयमा आपराधिक घटना घट्नुको प्रमुख कारण अभावलाई मानिन्थ्यो । त्यही भएर पनि जहाँ अभाव त्यहाँ तनाव भन्ने उखान प्रचलित रहेको थियो ।   तर मानव समाज जति जति प्रविधिमा व्यस्त हुदै गयो, त्यति नै अपराधका नयाँ नयाँ शैली अथवा भनौ प्रवृतिहरु देखिएकाछन । यि प्रवृतिमा फरक फरक उमेर समुहका युवायुवतीहरु सामेल हुने गरेकाछन । कुनै पनि समाज अथवा भनौ राष्ट्रमा शुन्य अपराध हुदैन । कुनैमा घटी हुन्छन कुनैमा बढी हुन्छन ।   तर जुनसुकै राष्ट्र वा समाजमा प्रहरीको पहिलो दायित्व भनेको अपराधमुक्त समाज बनाउनु हो अथवा भनौ शान्त र समुन्नत समाजको बिकास गराउनु हो । यसकै लागि प्रहरीले काम गरिरहेको हुन्छ । तर प्रहरीले अपराध न्युनीकरणको लागि जति काम गरी पनि अपराध गर्ने व्यक्तिहरु प्रहरी भन्दा एक कदम अगाडि पुग्छन, अपराध कर्म गरिहाल्छन । बिगतमा डकैती, लुटपाट जस्ता अपराध हुने गरेका थिए । तर अहिले यो अपराधको शैली केही फरक भएको छ ।   राम्री युवतीले आफ्नो मायाँजाल र शौन्र्दयमा कुनै उद्योगी, व्यवसायी वा धनाड्य व्यक्तिहलाई फसाएर अति घनिष्ठ जस्तो देखिने गरी फोटो र भिडियोहरु खिच्ने र त्यसकै नाउँमा पैसाको बार्गेनिङ गर्ने घटनाहरु बढिरहेकाछन । प्रहरीले यस् किसिमको घटनालाई हनी ट्रयापिङ भन्ने गरेको छ । यस्तो घटना सार्वजनिक हुदा घटनामा सलग्न व्यक्ति जो पीडित पनि छन, उनीहरुले घरपरिवार बिग्रने डरले यस्ता घटना सार्वजनिक गर्देनन । पीडकले जति पैसा माग्छन दिएर यस्तो घटनाबाट मानसिकरुपमा उन्मुक्ती पाउन खोज्छन । तर उ आर्थिकरुपमा भने पीडित नै हुन्छ । पीडकले मागजति पैसा दिन उसले ऋण सापटी, वा जायजेथा बिक्री गरेको हुन्छ ।    वास्तवमा अहिले युवतीको माध्यमबाट हुने यस्ता हनी ट्रयापिङका घटनाहरु निकै बढेकाछन । तर पनि यि घटनाहरु प्रहरीसम्म नआउनु निकै दुखपुर्ण रहेको छ । हनी ट्रयापिङ कै कारण थुप्रै उद्योगी, व्यवसायी, एवं सामान्य व्यक्तिहरु पनि पीडित भएकाछन । यस्ता पीडामा परेका व्यक्तिहरु उपर प्रहरी आफलै सुक्ष्म अनुसन्धान एवं निरीक्षण गरेर हनी ट्रयापिङमा पार्ने व्यक्तिहरुलाई कडा कारवाही गर्नुपर्छ । ताकी त्यो व्यक्तिले अर्को व्यक्तिलाई पनि आफ्नो मायाँजालमा पारेर अरु व्यक्तिहरुलाई ठग्न नसकोस । समाजमा जुनसुकै आवरणमा यस्तो अपराध भएपनि यस्तो अपराध क्षम्य हुनुहुदैन । माया र प्रलोभनमा देखाएर व्यक्तिको सम्पती र सामाजिक प्रतिष्ठा तहस नहस पार्ने हनी ट्रया्पिङमा सलंलग्न व्यक्तिहरु कारवाहीको दायरामा आउनु पर्छ, अर्थात भनौ कारवाहीको दायरामा ल्याईनुपर्छ ।       


Posted on: 2020-Jan-30

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar