24 Apr
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

सिद्धार्थ डेभलपमेन्ट बैकको बित्तीय अवस्था सवल बन्दै गएको छ

15 - Oct- 2015, Posted by: Yuwahunkar

नेपाली बैकिड क्षेत्रमा कुुशल व्यवस्थापकको परिचय स्थापीत गरेका व्यक्ति हुन अजय कुमार मिश्र । बिगत लामो समय देखि बिभिन्न संस्थाहरुमा व्यवस्थापन प्रमुखकोरुपमा जिम्वेवारी सम्हाली सक्नु भएका मिश्र हाल सिद्धार्थ डेभलपमेन्ट बैकमा प्रमुख कार्यकारी अधिकृतकोरुपमा रहनु भएको छ । कार्यभार सम्हाले देखि उहाँले सिद्धार्थमा थुप्रै सुधारात्मक कार्य गरिसक्नु भएको छ । सोही कारण पनि पछिल्लो समय बैकको बित्तीयरुपमा निकै नै सवल बन्दै गएको छ । उनै सफल बैकर मिश्रसंग बैकको बर्तमान अवस्था र दिर्घकालीन योजनाको बारेमा केन्द्रित रहेर युवा हुंकारले लिएको अन्र्तवार्ताको संपादित अंश

अजय कुमार मिश्र प्रमुख कार्यकारी अधिकृत सिद्धार्थ डेभलपेन्ट बैक



 बैकको पछिल्लो अवस्थाको बारेमा के भन्नु हुन्छ ? 

पछिल्लो समय बैकको बित्तीय अवस्थामा उल्लेख्य सुधार आएको छ । सेयरधनीहरुलाई प्रतिफल दिन सक्ने अवस्थामा बैक र्फिर्कएको छ । बैकले आर्थिक बर्ष २०७१, ०७२ मा आफ्नो आर्थिक सुचकांकहरुमा उल्लेख्य सुधार गरेको छ । आर्थिक बर्ष २०७१, ०७२ को असार मसान्तसम्ममा बैकले २६ करोड २० लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । हामीले गत आवको सोही अवधिमा सात दसमलव ८० प्रतिसतमा कायम रहेको निष्क्रिय कर्जालाई घटाएर चार दसमलव शुन्य तीन प्रतिसतमा झारेका छौं । बैकमा हाल ८८ हजार जना निक्षेपकर्ताहरु रहेकाछन । बैकले गत आवमा छ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैकको पुंजीको १२ दसमलव ६९ प्रतिसत रहेको छ । यसबाहेक निक्षेप कर्जा अनुपात ७३ दसमलव एक प्रतिसत र तरलता अनुपात २८ दसमलव ७० प्रतिसत रहेको छ । बैकको हाल १८ वटा शाखा कार्यालयहरु, १९ वटा एटिएम काउन्टर, ३६ हजार भन्दा बढी एटिएम कार्ड प्रयोगकर्ताहरु, देशभर आठ सय ५० भन्दा बढी एसडिबिएल रेमिटको सञ्जाल रहेको छ । सिद्धार्थ बैक अन्र्तगत कै सिद्धार्थ अवकाश कोषमा पनि एक अर्ब तीन करोड रुपैयाँको कोष परिचालन रहेको छ । हामीले आफ्नो बित्तीय सुचकांकाहरुमा उल्लेख्य प्रगति हाँसिल गर्न सफल भएका छौं । आगामी दिनमा हामी अझ सवल, सक्षम र प्रभावकारी हुदै जाने छौं । 
 
यो बर्ष लाभांस बितरसण गर्न सक्ने अवस्था बैक रहेको छ ? 
बैकको बित्तीय अवस्था सवल रहेको छ । आर्थिक बर्ष २०७१–०७२ को खुद मुनाफाबाट लाभांस बितरण गर्ने सक्ने अवस्था बैक रहेको छ । अघिल्लो आवमा सात दसमलव ८० प्रतिसतमा कायम रहेको निष्क्रिय कर्जालाई घटाएर आव २०७१–०७२ मा चार दसमलव शुन्य सातमा सिमित राखेका छौ । बैकले संभावित जोखिम व्यवस्थापन शिर्षकमा नौ करोड ७६ लाख ५२ हजार रुपैयाँ छुट्याएको छ । राईट व्याक मार्फत १४ करोड ४९ लाख ५६ हजार रुपैयाँ प्राप्त गरेको छ । अहिले हाम्रो कुल खराव कर्जा भनेको २० करोड रुपैयाँ जति हो । बैकमा रहेको बिगतको केही खराव कर्जा हामीले उठाई सकेका छौ । यो बर्ष हाम्रा सेयरधनीहरुले बोनस खान पाउँछन, अब हामीलाई लाभांसको बितरणमा समस्या छैन, सेयरधनीहरुले राम्रै अनुपातमा लाभांस पाउँछन । अझै पनि बैकमा केही खराव कर्जा रहेकाछन । त्यसलाई उठाउनको लागि हामीले प्रकृया सुरु गरिसकेका छौ, आशा छ यि कर्जाहरु छिटै उठ्नेछन । 
 
तपाईको नियुक्तीको बिषयलाई लिएर, मिश्रले राम्रो काम गर्न सकेन भन्ने हल्ला पनि बित्तीय बजारमा रहेको छ नि ?  
हुन सक्छ, तर मेलै यस्तो अनुभव गरेको छैन । म खुल्ला प्रतिस्पर्धाद्धारा नै यस बैकमा प्रमुख कार्यकारीकोरुपमा आएको हुं । मैले प्रुडेन्सीयल फाईनान्समा छँदा गरेको गोर्खा फाईनान्सलाई सफलरुपमा प्रुडेन्सीयलमा मर्ज गराएको थिए, खराव अवस्थामा रहेको फाईनान्सको बित्तीय अवस्थामा सुधार ल्याएको थियो, फाईनान्समा रहेको धेरै खराव कर्जा उठाएको फाईनान्सलाई बित्तीयरुपमा सवल बनाएको थियो । मलाई सुरुमा प्रमुख कार्यकारीको पदको लागि अन्र्तवार्ता दिने क्रममा पनि यस्तै प्रश्न सोधिएको थियो । खराव कर्जा उठाएर बैकलाई बित्तीयरुपमा सवल बनाउने, उपयुत्त बैक तथा बित्तीय संस्थााई मर्ज गराउने लगायतका उदे्श्य लिएर नै म यो बैकमा आएको थियो । अहिले बैकको बित्तीय अवस्था निकै नै सवल भई सकेको छ । ६४ करोड ५० लाख रुपैयाँ चुक्ता पुंजी भएको बैकको अहिले झण्डै सात अर्ब रुपैयाँ बराबरको पोर्टफोलियो बनिसकेको छ । हामीले बिगतमा रहेको खराव कर्जालाई घटाएकै कारण आव २०७१–०७२ मा १६ करोड १८ लाख ७५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेका छौ । गत आवको मुनाफाबाट हाम्रा सेयरधनीहरुले निकै नै राम्रो बोनस सेयर पाउनु हुने छ । 
 
 
व्यवस्थापन र बोर्डको बिचमा कस्तो सम्वन्ध रहेको छ ? 
व्यवस्थापन र सञ्चालक समितीबिच राम्रो सम्वन्ध रहेको छ । अरु बैक तथा बित्तीय संस्थामा बोर्डले कस्तो हस्तक्षेप गर्छ, त्यो त मलाई थाहा छैन । तर यहाँ मलाई बोर्डले कुनै हस्तक्षेप गरेको छैन । जुन उद्ेश्य लिएर मैले प्रमुख कार्यकारी अधिकृतको जिम्वेवारी लिएको थिए, अथवा बोर्डले मलाई जुन जिम्वेवारी दिएको थियो त्यो जिम्वेवारी पुरा गरी बैकलाई सवल र सक्षम बनाउको लागि मैले काम गरिरहेको छु, सिंगो सिद्धार्थ डेभलपमेन्ट बैक परिवारले काम गरिरहेको छ । यो सुधारको काममा तलमाथि हुने गरी आजसम्म बोर्डले कुनै हस्तक्षेप गरेको छैन र गर्ने पनि छैन, भन्नेमा  म पुर्र्णरुपमा आसावादी रहेको छ । हामीले बैकलाई राम्रो बनाउको लागि काम गर्ने हो, राम्रो बनाउनको लागि गरिने कुनै पनि काममा बोर्ड सदैव सकारात्मक रहेको छ, हस्तक्षेप हुने भन्ने ठाउँ नै रहंदैन । 
 
 
तपाईको भनाईलाई सत्य मान्ने अथार्त बोर्डलाई राम्रो मान्ने हो भने त बिगतमा बैक समस्यामा पर्ने थिएनन नि होईन र ? 
संस्था अप्ठेरोमा पर्नुका पछाडि धेरै कारणहरु रहेका हुन सक्छन, त्यसमा म जान चाहान्न । बोर्ड पहिले पनि अहिले पनि संस्थाप्रति पुर्णरुपमा बफादार रहेको छ । यो बैक बिगतमा क्षेत्रियस्तरको बैकबाट राष्ट्रियस्तरको बिकास बैककोरुपमा रुपान्तरण भएको हो । यही क्रममा बैकमा केही समस्या देखिएको हुन सक्छ । यसमा तत्कालीन समयमा बैकले जसले व्यवस्थापन प्रमुखको जिम्वेवारी सम्हालेका थिए उहाँले सहीरुपमा व्यवस्थापन गर्न नसक्दा समस्या आएको हुन सक्छ । अव त्यस्तो समस्या आउने संभावना छैन । बोर्ड, व्यवस्थापन र सिंगो कर्मचारी संयन्त्र संस्थाप्रति पुर्णरुपमा बफादार रहेको छ ।
 
पुंजी बृद्धिको बिषयमा के भन्नु हुन्छ ?  
चुक्ता पुंजी बढाउनु आवस्यक पनि छ, र बढाउनु पनि पर्छ । चुक्ता पुंजी बढाउने बिषयमा सिद्धार्थ बैक परिवार सदैव सकारात्मक रहेको छ । अहिले हाम्रो चुक्ता पुंजी ६४ करोड ५० लाख रुपैयाँ रहेको छ । चुक्ता पुंजी बृद्धिको लागि हामीले एकै पटक तीन वटा बिकल्प अघि सारेका छौ, बोनस सेयर हकप्रद सेयर र मर्जर । चुक्ता पुंजी बृद्धिको लागि राष्ट्र बैकले बिसं २०७४ सालको असार मसान्तसम्म समय दिएको छ । यही कारण पनि यो बर्ष हामी मर्जरलाई प्राथमिकता दिंदैनौ । पहिलो बर्ष बोनस सेयर हकप्रद सेयर जारी गर्छो । यसबाट कुन हदसम्म चुक्ता पुंजी कायम हुन्छ, त्यही आधारमा दोस्रो बर्ष राम्रा र बित्तीय अवस्था सवल भएका बैक तथा फाईनान्स कम्पनीहरुलाई मर्ज गर्छों । 
 
 
पुंजी बृद्धिको लागि समय कम भयो भन्छन नि ?  
भर्खरै राष्ट्र बैकले चुक्ता पुंजी बृद्धि गर्न निर्देशन दिएको छ । यसको लागि हामीसंग २०७४ असार मसान्तसम्मको समय सिमा रहेको छ । निर्देशन अनुसार सबै बैक तथा बित्तीय संस्थाहरुले यही भदौ मसान्तभित्रमा नै चुक्ता पुंजी बृद्धिको योजना पेस गर्नु पर्ने छ । भर्खर प्रकृया सुरु भएको छ, यो अवस्थामा समयसिमा कम भयो भनेर भनिहाल्नु उचित हुदैन । प्रकृयामा जानु पर्यो । जाँदै गर्दा समय पुगेन भन्ने अनि पो भन्ने हो । त्यो समयसम्म राष्ट्र बैकले पनि अवस्था हेरेर केही सहुलियत दिन सक्छ । यही अर्थमा पनि पुंजी बृद्धिको लागि अहिले नै समय कम भयो भनेर भन्नु जायज होईन ।  यदि सबै बैकले राष्ट्र बैकको निर्देशन बमोजिम नै चुक्ता पुंजी बढाए भने बैकिङ कारोवार बढ्ने संभावना कम नै रहन्छ । राष्ट्र बैकले चुक्ता पुंजी बृद्धि गर्नको लागि ल्याएको नीति बित्तीय सवलता, मर्जरसंग पनि जोडिएको छ । त्यहीकारण पनि राष्ट्र बैकले चुक्ता पुंजी बृद्धिको नाउँमा धेरै बैक तथा बित्तीय संस्थाहरु मर्जरमा जाउन भन्ने चाहान्छ । सोही अनुरुपमा मर्जर भएर बैक तथा बित्तीय संस्थाको संख्या घटेको खण्डमा नेपालको बित्तीय क्षेत्र सवल, सुदृण र सक्षम हुने छ । त्यो अवस्थासम्म नेपालमा बाँणिज्य बैकहरुको संख्या १० देखि १५ वटा, बिकास बैकहरु १५ देखि २० वटा र फार्ईनान्स कम्पनीको संख्या १० देखि २० वटामा सिमित रहने छ । बैकिङ क्षेत्रको बिजनेश बढाउनको लागि पनि धेरै बैक तथा बित्तीय संस्थाहरु मर्जरमा जानै पर्छ । 
 
राष्टियस्तरका बिकास बैकहरुमा कस्ता खालका समस्याहरु रहेकाछन ? 
बिकास बैकहरुलाई ठुला बैकहरुले प्रयोगशालाकोरुपमा लिने गरेकाछन । बिकास बैकरुहले पत्याएका अथवा राम्रो कारोवार गर्ने असल ऋणीहरुलाई बाँणिज्य बैकहरुले कम व्याजदरमा खोजी खोजी ऋण दिएर राम्रा ऋणी खोस्ने काम भएको छ  । बित्तीय क्षेत्रमा यस्तो अस्वस्थ प्रतिस्पर्धा हुनु हुदैन । प्रतिस्पर्धा स्वस्थ हुनुपर्छ,, स्वस्त प्रतिस्पर्धामा नै स्वस्थ व्यवसाय सभंव हुन । चुक्ता पुंजी बिजेनस पोर्टफोलियो, कार्यगत दायरा सबै दृष्टिकोणबाट बाँणिज्य बैकहरु ठुला हुन्छन, यस्तो अवस्थामा पुंजी कार्यगत दायरा सबै दृष्टिकोणबाट साना रहेका बिकास बैकहरुसंग अस्वस्थ  प्रतिस्पर्धा गर्नु हुदैन । अर्को १० प्रतिसतको आधार व्याजदरमा पनि केही समस्या रहेको छ  । रियलस्टेट क्षेत्र पनि पछिल्लो समय सुधारको क्रममा रहेको छ ।  हाम्रो रियलस्टेट कर्जा राष्ट्र बैकले तोेकेको सिमा भन्दा पनि कम रहेको छ । आव २०७१–०७२ को असार मसान्तसम्म्मा छ अर्ब ९८ करोड १३ लाख ४० हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ४४ करोड ५३ लाख ६१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको हाम्रो बैकले रियलस्टेट क्षेत्रमा ३१ करोड ५६ लाख १२ हजार रुपैयाँ मात्र कर्जा प्रवाह गरेको छ । अघिल्लो आवको सोही अवधिमा छ अर्ब २५ करोड ८६ लाख ३१ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ७७ करोड ५५ लाख १० हजार रुपैयाँ कर्जा प्रवाह गरेकोमा रियलस्टेट क्षेत्रमा २१ करोड ८२ लाख चार हजार रुपैयाँ कर्जा प्रवाह भएको थियो । अहिले पनि हामीकहाँ रियलस्टेट कर्जा खाली छ, राम्रो धितो र ग्राहक आएको खण्डमा राष्ट्र बैकले तोकेको सिमा भित्र रहेर कर्जा दिन सक्छौ । 
 
अन्तमा केही भनाई वा सन्देश छन कि ? 
जति वेला चालु आर्थिक बर्षको मौद्रिक नीति आएको थिएन, त्यति हाम्रो लक्ष्य तथा उदेश्य भनेको नतै आगामी पाँच बर्ष भित्रमा सिद्धार्थलाई टप फाईभ बिकास बैकहरुको सुचीमा पुर्याउने लक्ष्य रहेको थियो । तर अहिले मौद्रिक नीति आएसकेको अवस्थामा तत्काल यो लक्ष्यमा पुग्न संभव छैन । अब हामीले राष्ट्र बैकले तोकेको न्युनतम चुक्ता पुंजी कायम गर्नुपर्छ । सिद्धार्थ डेभलपमेन्ट बैक आजको दिनसम्म आईपुग्दा सबै दृष्टिकोणबाट एकदम बलियो संस्थाकोरुपमा स्थिापित भईसकेको छ । यो बर्ष हाम्रो सबै सेयरधनीहरुले लाभांस पाउँछन । बिगतको तिक्तता अव सहनु पर्देन, सबै निक्षेपकर्ताहरुको निक्षेप रकम पुर्णरुपमा सुरक्षित रहेको छ । बैकलाई सवल र सक्षम बनाउनको लागि व्यवस्थापन तथा सञ्चालन पक्ष प्रतिवद्ध रहेको छ । 
 

Interview


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar