19 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

भ्रष्टाचार नियन्त्रण गर्ने कार्यको अगुवाई नै प्रहरीले गरिरहेको छ ।

11 - Aug- 2015, Posted by: Yuwahunkar

उपत्यकामा अहिले अपराध घटेको छ, जघन्य प्रकृतिको अपराध हुन पाएको छैन । पछिल्लो समय सवारी दुर्घटना र घरेलु हिसां लगायतका घटनामा भने सामान्यरुपमा केही बृद्धि भएको छ । घरेलु हिसां अन्र्तगत महिला हिसां बढेको छ । यस किसिमको हिसां बढ्नुमा आर्थिक कारण, सोसियल साईटहरु जस्तै फेस बुक, भाईवर लगायतका सञ्चार माध्यमहरुमा गलत प्रयोग आदि मुख्य कारण रहेको छ । यही कारणले गर्दा श्रीमान श्रीमतीहरुका बिचमा बिश्वासको संकट उत्पन्न भएको छ । आफ्नो श्रीमान हुदांहुर्दे फेसबुक लगायतका माध्यमद्धारा अर्को केटा संग सम्वन्ध बिस्तार गर्ने आफ्नी श्रीमती हुंदा हुंदै अर्को केटीसंग सम्वन्ध बिस्तार गर्ने लगायतका घटनाले गर्दा घरेलु हिसां बढेको हो ।

प्रहरी उपरीक्षक बिश्वराज पोखरेल



 भ्रष्टाचार नियन्त्रण गर्ने कार्यको अगुवाई नै प्रहरीले गरिरहेको छ ।

प्रहरी उपरीक्षक, बिश्वराज पोखरेल
महानगरीय प्रहरी परिसर टेकु  
 
उपत्यकामा अहिले अपराधको बर्तमान अवस्था कस्तो रहेको छ ?
उपत्यकामा अहिले अपराध घटेको छ, जघन्य प्रकृतिको अपराध हुन पाएको छैन । पछिल्लो समय सवारी दुर्घटना र घरेलु हिसां लगायतका घटनामा भने सामान्यरुपमा केही बृद्धि भएको छ । घरेलु हिसां अन्र्तगत महिला हिसां बढेको छ । यस किसिमको हिसां बढ्नुमा आर्थिक कारण, सोसियल साईटहरु जस्तै फेस बुक, भाईवर लगायतका सञ्चार माध्यमहरुमा गलत प्रयोग आदि मुख्य कारण रहेको छ । यही कारणले गर्दा श्रीमान श्रीमतीहरुका बिचमा बिश्वासको संकट उत्पन्न भएको छ ।  आफ्नो श्रीमान हुदांहुर्दे फेसबुक लगायतका माध्यमद्धारा अर्को केटा संग सम्वन्ध बिस्तार गर्ने आफ्नी श्रीमती हुंदा हुंदै अर्को केटीसंग सम्वन्ध बिस्तार गर्ने लगायतका घटनाले गर्दा घरेलु हिसां बढेको हो । यसका साथै हिंसा बिरुद्ध न्याय माग्नुपर्छ भन्ने सचेतनाको कारणले गर्दा पनि हिंसाको घटनाहरु प्रहरीमा आउन थालेकाछन  यसले गर्दा पनि घरेलु हिंसाको घटनाहरु बढेको देखिन्छ । अहिले घरेलु हिसां अन्र्तगत महिला हिसांको मात्र कुरा चलेको छ तर पछिल्लो समय पुरुष हिसां पनि बढेको छ । महिलाबाट पीडित हुने पुरुषहरुको संख्या पनि निकै नै बढेको छ तर सामाजिक मर्यादाको कारण पुरुषहरु पत्नीबाट पीडित भएको कुराहरु बाहिर ल्याउन चाहदैनन । सदियौ देखि यो समाज पुरुष प्रधान भएकोले गर्दा पुरुष पीडित भएका घटनाहरु बाहिर नआएका हुन सक्छन । तर पछिल्लो समय यो संख्या पनि निकै नै बढ्दै गएको छ । 
 
अपराध नियन्त्रणको लागि प्रहरीले यतिधेरै काम गरिरहँदा पनि किन प्रहरी संगठन संधै नै आलोचित हुन्छ ?
प्रहरी संगठन आलोचित छ भन्ने कुरा म बिश्वास गर्दिन । यदाकदा कुनै सदस्यबाट भएको कमिकमजोरीको कारण संगठनलाई जोडेर आलोचना हुनु बुझाईमा कमी हुनु नै हो । व्यक्तिको कमीकमजोरी हुन सक्छ तर संगठनमा कमिकमजोरी रहन सक्दैन । प्रहरी संगठनले जहिले पनि शान्ती सुरक्षा कायम गर्नेक्रममा अपराध गर्ने व्यक्तिहरुको खोजतलास, पक्राउ र अनुसन्धान गर्ने गर्दछ यस्तो अवस्थामा कतिपय व्यक्तिहरुले प्रहरीले आफ्नो मान्छेलाई खोजतलास गरेको वा पक्राउ गरेको कुरा मन नपराएर पनि प्रहरीको आलोचना गरेको हुनसक्छ । वास्तवमा बाहिर आएको आलोचना पनि यस्तै नै हो । यस्तो हुनु हुदैन, प्रहरी सदैव हाम्रो हो, र हाम्रै लागि काम गरिरहेको हुन्छ भन्ने तथ्यलाई सबैले मनन गर्नुपर्छ । प्रहरी बिनाको शान्ती सुरक्षा  र शान्ति सुरक्षा बिनाको नागरिक समाजको कल्पना गर्न सकिदैन । 
 
बेला बेलामा प्रहरी संगठन भित्र आचरण सुधारको कुरा पनि उठ्ने गरेको छ नि ? 
बिगतका बर्षहरुको तुलनामा प्रहरीको आचरण र व्यवहारमा निकै नै ठुलो सुधार आईसकेको छ । आचरणको र व्यवहारको कुरा गर्दा समाजको मुल्य मान्यताको स्तरलाई पनि हेरिनु पर्छ । यद्धापी सामाजिकस्तरलाई उछिन्दै अहिले प्रहरीको बोलीचाली र आम नागरिकप्रति गरिने व्यवहारमा निकै नै सुधार आएको छ । अझै पनि केही कुरामा कमी भएको हुन सक्छ ।  समाजमा आम नागरिकहरुको व्यवहार सभ्य शिष्ट र नम्र भएमा त्यसको असर प्रहरीमा पनि परि नै हाल्छ  किनकी प्रहरी समाजका सदस्यहरुबाट नै छानिएर आएका कर्मचारीहरु हुन । केहीबर्षयतादेखि त मुलुकमा अपराध नियन्त्रणको अगुवाई प्रहरी ले नै गरेको छ भन्दा अत्युक्ती हुदैन किनकी भ्रष्टाचार नियन्त्रण बिरुद्धको अभियानमा प्रहरीले जुन गति लिएको छ  त्यो सबैको लागि उदाहरणीय र अनुकरणीय रहेको छ । यसले प्रहरीको आचरणमा समेत उच्च सुधार आएको तथ्य आम नागरिक सामु स्पष्ट नै रहेको छ । 
 
प्रहरीको अवैध सम्बन्ध तस्कर, अपराधी लगायतका व्यक्तिहरुसंग हुने र त्यहाँबाट प्रहरीले आर्थिक लाभ लिने गरेको आरोप पनि नेपाल प्रहरीलाई लाग्ने गरेको छ नि ?
यदाकदा संगठनका कुनै सदस्यहरुले गरेको गलत क्रियाकलापको कारणले प्रहरीमाथि यो आरोप लागेको हुनसक्छ । तर संगठनको कुनै सदस्यबाट भएको गलत क्रियाकलापलाई हेरेर समग्र संगठन र बाँकी संगठनका सदस्यहरु उपर एउटै दृष्टिकोण बनाईनु हुदैन । गलत गर्ने उपर संगठनले निर्दयितापुर्वक कारवाही गरेको तथ्य आम नागरिकमा जानकारी नै छ । आफ्नो सदस्यले गलत क्रियाकलाप गर्दा निर्दयितापुर्वक कारवाही गर्नुृले संगठनको पवित्र भावना र मुलुक र मुलुकीप्रतिको निष्ठा स्पष्ट नै हुन्छ । त्यसलै प्रहरीलाई आरोप लगाउनुभन्दा कसरी सहयोग गर्न सकिन्छ त्यसतर्फ आम नागरिकको सोच हुनुपर्छ किनकी प्रहरी कसैको होईन सबैको हो । 
 
 
 
प्रहरीको दृष्टिकोणमा सबैभन्दा ठुलो सुरक्षा चुनौती के हो ?
खासै त्यस्तो सुरक्षा चुनौती छैन । सबै अवस्था सामान्य नै रहेको छ । तर सिंगो प्रहरी संगठनले भोगेको एउटा नमिठो अनुभव भनेको अपराध र अपराधी नियन्त्रण गर्ने कार्यमा राज्यको शक्तिकोरुपमा रहेका व्यक्तिहरुबाट हुने हस्तक्षेप नै हो । जघन्य प्रकतिका अपराध, गुण्डागर्दी, फिरौती, अपहरण लगायतका कार्यमा संलग्न रहने व्यक्तिहरु समेतलाई राज्य शक्तिको प्रत्यक्ष वा अप्रतक्ष्य अभ्यासमा रहेका व्यक्तिहरुबाट बचाउ गर्न गरिने प्रयासले प्रहरीलाई मात्र होईन अन्तत्वगोत राज्यलाई नै कमजोर बनाएको छ । राज्यको कमजोर संयन्त्रको सेवामा रहेर वा कमजोर राज्यमा रहेर बलियो नागरिक बन्छु भन्ने सपना सबैले त्याग्नु पर्छ । राज्य मजवुत भएमात्र नागरिक मजवुत र सम्मानित बन्न सक्दछ । नागरिक सम्मानको स्तर आफु आफुसंग तुलना गरिनु भन्दा एउटा सभ्य, बिकसित राष्टको नागरिकको सम्मान संग तुलना गर्दा आफ्नो स्तर थाहा हुन्छ । त्यसैले आम नागरिकले पहिल्यै राज्य र राज्यका संयन्त्रहरुले सुदृढरुपमा निष्पक्ष, पारदर्शी र स्वतन्त्र भई काम गर्ने वातावरणको निर्माण गर्नेतर्फ सहयोग पुर्याउनु पर्छ । जुन सहयोगले प्रहरीलाई जस्तोसुकै चुनौतीको सामना गर्न सहज हुन्छ र त्यसैबाट समाजमा आमुल परिवर्तनको सुरुवात र स्थायित्व प्राप्ती पनि हुन्छ । 
पछिल्लो समय ठुलो संख्यामा युवायुवतीहरु लागु औषधको कुलतमा फस्दै आएकाछन, यसको कारण के होला ? समाजमा यसले कस्तो असर पार्छ ?
अहिले युवायुवतीहरुको नैतिकस्तर निकै नै खस्केको छ । ठुलो संख्यामा युवायुवतीहरु व्यभिचार र लागुऔषधको कुलतमा फस्दै गएकाछन । यसले समाजलाई असुरक्षित मात्र बनाएको छैन वास्तवमा यो  मुलुक कै  लागि पनि दुर्भाग्य नै हो ।  मुलुकको भबिष्य बोक्ने युवाशक्ति दुव्र्यशनीमा फस्नु आम नागरिकको चिन्ताको बिषय हो । दुव्र्यशनीमा फसेका युवाहरुले  आफुलाई मात्र समाप्त गरेका छैनन, समग्रमा मुलुक मै ठुलो क्षति पुर्याई रहेकाछन । लागुऔषध आयात, बेचबिखन  तथा कारोवारी नियन्त्रणमा प्रभावकारी भुमिका रहन नसकेको, सामाजिक सचेतना र युवापीढीलाई घरदेखि बिद्यालयसम्म दिईने नैतिक शिक्षाको स्तर कमजोर रहेको, उनीहरुउपरको निगरानी प्रभावकारी नरहेको र समाजमा भौत्तिक सुखको खोजीमा भौत्तारिने युवाशक्तिको बढ्दो संख्या रहेकाकारण समेतले पछिल्लो समय युवाशक्तिहरु लागु औषध सेवनमा फस्दै गएकाछन । यसबाट युवाशक्तिलाई बचाउन परिवार देखि राज्यसम्मको उत्तिकै दायित्व रहेको छ । 
अपराध नियन्त्रण गर्नको लागि प्रहरी संगठले आम नागरिकसंग कस्तो अपेक्षा गरेको हुन्छ ?
राज्यले शान्ती सुरक्षाको गहनतम जिम्वेवारी प्रहरीलाई सुम्पिएको छ । यो जिम्वेवारी निर्वाह गर्न प्रहरीलाई आम नागरिकको सहयोग हरक्षण जरुरी रहन्छ । अपराध समाज मा नै हुने भएको हुंदा अपराधको बारेमा पहिलो जानकारी प्रहरीलाई भन्दा पनि नागरिकलाई हुन्छ । यस्तो अवस्थामा नागरिकले प्रहरीलाई आफ्नो ठानी अपराध र अपराधीको बारेमा समयमा नै सुचना दिने, उनीहरुको खोजतलास तथा पक्राउमा सहयोग गर्ने हो भने अपराध नियन्त्रणमा प्रहरीको भुमिका एकाएक सफलताको चरम बिन्दुमा पुग्द छ । त्यसैले प्रहरीले जहिले पनि नागरिकबाट सकारात्मक सहयोगको अपेक्षा गरिनै राखेको हुन्छ । नागरिकले पनि प्रहरीलाई यि हाम्रै सुरक्षाका लागि अहोरात्र खटिन्छन भन्ने तथ्यलाई ह्दयंगम गरी सहयोग गर्नुपर्दछ । नागरिकको सहयोग बिना शान्ती सुरक्षाको स्तरलाई माथि पुर्याउन हाम्रो जस्तो मुलुकमा प्रहरीलाई उपलब्ध भएको साधान र श्रोतको स्तरमा निकै नै चुनौती रहन्छ ।
संगठनका तर्फबाट आम नागरिकलाई के भन्नु हुन्छ ?
आम नागरिक सबैले राज्यलाई आफ्नो घर सम्झिनु पर्छ । हरेक नागरिकले नैतिक, सामाजिक, धार्मिक, मुल्य र मान्यतालाई आत्मसाथ गर्नुपर्छ । प्रत्येक नागरिक मुलक र मुलुकीप्रति जिम्वेवार बन्नुपर्दछ । राज्यप्रति आफ्नो जिम्वेवारी देखाउने कार्य आफैबाट सुरु गर्नुपर्छ । शान्ति सुरक्षा सबैको साझा बिषय हो, यो कसैलाई चाहिने, कसैलाई नचाहिने बिषय होईन । सुरक्षा प्रदान गर्ने कार्यमा सबै नागरिक प्रहरीको सहयोगी हुनुपर्छ । प्रहरी हाम्रो लागि र  हामी प्रहरीको लागि हौ भन्ने सोचाईमा सुरक्षा सुदृणीकरण खोजिनुपर्छ । प्रहरी र आम नागरिक एउटै सिक्काका दुईपाटा हुन भन्ने तथ्यलाई सबैले मनन गर्नुपर्छ । प्रहरीलाई सफल बनाउने कार्यमा सहयोग पुर्याउँदा आफै सफल होईन्छ  र आफ्नै समाज अपराध मुक्त बन्छ भन्ने तथ्यलाई नागरिक समाजले भुुल्नु हुदैन । 
 

Interview


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar