नेपालको सबै भन्दा पुरानो र जेठो बैक नेपाल बैक बैक ७८ औं बर्षमा पुगेको । यो अवधिमा बैकले निकै नै आरोव अवरोह पार गरेको छ । बिगत १२ बर्ष देखि राष्ट्र बैकको व्यवस्थापनमा सञ्चालनमा रहेको बैकको व्यवस्थापन हस्तान्तरणको तयारीमा अहिले राष्ट बैक जुटेको छ । बैकले मसिंर मसान्तसम्ममा बिशेष साधारण सभा गरी नयाँ सञ्चालक समिती गठन गरेर व्यस्थापन हस्तान्तरण गर्ने तयारी राष्ट बैकले गरेको छ । यसै सेरोफेरोमा बैक व्यवस्थापन समितीका संयोजक महेश्वरलाल श्रेष्ठ संग युवा हुंकारका प्रतिनिधिले गरेको कुुराकानीको संपादित अशं
महेश्वरलाल श्रेष्ठ संयोजक नेपाल बैक लिमिटेड
नेपालको सबै भन्दा पुरानो र जेठो बैक नेपाल बैक बैक ७८ औं बर्षमा पुगेको । यो अवधिमा बैकले निकै नै आरोव अवरोह पार गरेको छ । बिगत १२ बर्ष देखि राष्ट्र बैकको व्यवस्थापनमा सञ्चालनमा रहेको बैकको व्यवस्थापन हस्तान्तरणको तयारीमा अहिले राष्ट बैक जुटेको छ । बैकले मसिंर मसान्तसम्ममा बिशेष साधारण सभा गरी नयाँ सञ्चालक समिती गठन गरेर व्यस्थापन हस्तान्तरण गर्ने तयारी राष्ट बैकले गरेको छ । यसै सेरोफेरोमा बैक व्यवस्थापन समितीका संयोजक महेश्वरलाल श्रेष्ठ संग युवा हुंकारका प्रतिनिधिले गरेको कुुराकानीको संपादित अशं
अझै बैकको बित्तीय अवस्था सृदण हुन सकेको छैन भनिन्छ नि ?
यसमा सत्यता छैन । अहिले हामी निकै नै सदृण अवस्थामा रहेका छौ । चालु आर्थिक बर्षको पहिलो त्रैमाससमा बैकले २६ करोड ९१ लाख ९९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैकले दुई करोड ११ लाख ४४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । गत आर्थिक बर्षमा बैकले एक अर्ब २३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बित्तीय अवस्था सदृण नभएको हुदो होत यो नाफा संभव हुने थिएन ।
राष्ट बैकले व्यस्थापन छोड्दा बैकलाई असर गर्देन ?
अहँ गर्देन । राष्ट बैकले बिशेष साधारण सभा मार्फत नयाँ र सक्षम व्यवस्थापन समिती गठन गरेर छोड्न्े हो । यसको लागि हामीले ठोस आधार तयार गरिसकेका छौ । झण्डै १२ बर्ष अघि नेपाल बैक १२ अर्ब रुपैयाँ भन्दा बढी निगेटिभ नेटवर्थ रहेको थियो । अहिले हामीले चार अर्ब रुपैयाँ भन्दा बढीको पोजेटिभ नेटर्वथमा बैकलाई ल्याएका छौ । सिंगो बैक व्यवस्थापन, राष्ट्र बैक, आम ग्राहक सबैको साथ र सहयोगका कारण बैक यहाँसम्म आएको हो । राष्ट्र बैकको व्यवस्थापन फिर्ता भएपछि पनि बैक यहीरुपमा अझ सशक्तरुमा अगाडि जान्छ, यसमा दुईमत छैन ।
नेपाल बैकको कर्जा प्रकृया झन्झटिलो छ भनिन्छ नि ?
यो आधार हिन रहेको छ । यो आम नेपाली जनताको आफ्नो बैक हो । यसमा कुनै झन्झट छैन । हामी संग अहिले सबै जिल्ला तथा क्षेत्रमा समेत गरी एक सय २० वटा शाखा रहेकाछन । ग्राहक सबै एकै हुन सबैलाई बैकलाई समान किसिमको व्यवहार गरेको छ र गर्छ पनि । राष्ट्र बैकले निर्देशनको अधिनमा रहेर कर्जा दिदां केही कागजी प्रृया पुरा गर्न पर्छ । ।तर यो झन्झट होईन । सबै बैकले गर्ने त्यही नै हो । हामीले ग्राहकहरुलाई सजिलो होस भनेर पाँच कार्य दिनमा कर्जाको छिनोफानो गर्ने गरी सरल कर्जा योजना ल्याईसकेको छ । बैकको प्रमुख व्यवस्थापको नाताले भन्नु पर्दा नेपाल बैकको सेवा सबै ग्राहकप्रति सरल र सहज रहेको छ, यसमा दुई मत छैन ।
बैकले घरजग्गामा कतिको कर्जा प्रवाह गरेको छ ?
हाम्रो घरजग्गा क्षेत्रमा प्रवाह भएको कर्जामा कुनै समस्या छैन । बैकको कुल कर्जाको झण्डै आठ प्रतिसत मात्र रियलस्टेट क्षेत्रमा कर्जा रहेको छ । यि सबै कर्जा सुरक्षित रहेकाछन । बरु हाम्रो अन्य शिर्षकको कर्जामा केही समस्या होला, तर रियलस्टेट कर्जामा कुनै समस्या छैन । चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिसम्ममा रियलस्टेट क्षेत्रमा एक अर्ब ८७ करोड ७२ लाख ७० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ, गत आवको सोही अवधिमा यस्तो कर्जा एक अर्ब ७६ करोड छ लाख ३९ हजार रुपैयाँ रहेको थियो । संभावित जोखिम व्यवस्थापन शिर्षकमा बैकले चालु आवको पहिलो त्रैमासिक अवधिसम्ममा नौ करोड १८ लाख दुई हजार रुपैयाँ छुट्याएका छौ गत आवको सोही अवधिमा प्रोभिजन छ करोड ५२ लाख ५८ हजार रुपैयाँ रहेको थियो । यदि रियलस्टेट कर्जामा बैकलाई अप्ठेरो थियो भने बैकको प्रोभिजन रकम निकै नै उच्च हुने थियो ।
बैकको कर्जा प्रवाहको अवस्था कस्तो रहेको छ ?
बैकको चुक्ता पुंजी नै बढेर छ अर्ब ४६ करोड ५० लाख दुई हजार रुपैयाँ पुगेको छ । चालु आवको पहिलो त्रैमासिक अवधिसम्ममा बैकले ७० अर्ब ८२ करोड ४७ लाख छ हजार रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब १३ करोड ७९ लाख १० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबाहेक बैकको बिभिन्न क्षेत्रमा २० अर्ब ५८ करोड ९४ लाख २३ हजार रुपैयाँ लगानी रहेको छ । बैकले सबै क्षेत्रमा कर्जा प्रवाह गरेको छ । लगानी तथा कर्जालाई बिकेन्द्रीकृत गर्ने उदे्श्य अनुरुप नै बिभिधिकरण गरेको छ ।
नीजि बैकहरुको तुलनामा नेपाल बैकले नाफा कमाउन सक्दैन भन्छन नि ?
नाफा मात्र सबै कुरा होइन । हामी पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म छौ । मासिकरुपमा दुई चार सय रुपैयाँ बचत गर्ने देखि दिएर करोडौ करोड रुपैयाँ बचत गर्ने सम्मका ग्राहक रहेकाछन । बिगतमा हामी जुन स्थितीबाट उठेर यहाँसम्म आयौं त्यो निकै ठुलो कुरा हो । नाफा कमाउन सक्ने अवस्थासम्म बैक आउनु ठुलो कुरा हो । यसको सुरुवात भई सकेको छ । गत आव बैकले एक अर्ब २३ करोड रुपैयाँको हाराहारीमा खुद मुनाफा आर्जन गरेको छ । क्रमश यसमा सुधार हुदै जाने छ । नेपाल बैकको सबै जिल्लामा पहँुच रहेकाकारण शाखा सञ्जाल ठुलो रहेको छ । त्यही आधारमा बैकको कमर्चारी संयन्त्र ठुलो छ । यो ठुलो हुदा बार्षिक सञ्चालन गर्छ भने धेरै हुने गर्छ । चालु आवको पहिलो त्रैमासमा बैकले कर्मचारी व्यवस्थापनको लागि मात्र ४४ करोड ४९ लाख ३६ हजार रुपैयाँ खर्च गरेको छ भने अन्र्य शिर्षकमा १६ करोड ४७ लाख ७६ हजार रुपैयाँ खर्च गरेको छ । यो अवस्थामा बैकको खर्च ठुलो छ । यसले गर्दा पनि बैकले धेरै आम्दानी गरेपनि खर्च कटाउँदा खुद आम्दानी कम देखिएको होला । तर यसमा सुधार आउँछ ।