25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

पे्रममा हुनुहुन्छ ? डेटिङ स्पट नै छैन

29 - Mar-2018, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 काठमाडौ फागुन
यो बर्षको प्रेम दिवस अर्थात भनौ भ्याले न्टाईन डे हामीबाट एक बर्षको लागि बिदा भईसकेको छ । अर्को बर्ष फेरी फेव्रुअरी १४ तारिखमा दिन प्रेम दिवस आउँछ । यदि तपाई हामी मध्ये कुनै कसैसंगको प्रे ममा छौ भने यो बर्षको जुन समस्याको महसुस हामीले गर्यौं, अर्को बर्ष पनि त्यही समस्याले हामीलाई पच्छाई रहेको हुने छ । राजधानीमा यतिखेर खुल्ला पार्कको निकै अभाव रहेको छ । यहीकारण प्रेम गर्ने जोडीहरु चाहे बाटो होस वा चोक गल्ली एकान्तमा गफ गरिरहेका भेटिन्छन । यदि उनीहरु राम्रो डेटिङ स्पट पाउँदा हुन तथा बाटोमा यसरी लुकेर गफ गर्नु पर्ने थिएन, होला । यस्तै स्पट नभएकै कारणले होला जावलाखेलस्थित सदर चिडियाखानालाई ‘ अघोषित डेटिङ स्पटकोरुपमा लिने गरि एको छ । जुद्धसमशेरको पालामा बने को चिडियाखाना र आसपासका बगैंचा प्रे म जोडीका निम्ति सुरक्षित गन्तव्य बने का छन् । निश्चित शुल्क तिरेपछि प्रवेश पाइने चिडियाखानमा लुकीछिपी प्रेम साट्ने अनुकुलता मिल्छ । राजधानी खाल्डोबाट केही माथि उक्लिएपछि भेटिने थानकोटको त्रिभूवन पार्क त डेटिङका लागि भरपर्दो स्थान नै हो । त्यहाँको हरियाली, एकान्त वातावरण, प्राकृतिक सौन्दर्यले प्रेममैत्री बनाएको छ । प्रेम जोडीका निम्ति अर्को सुरक्षित गन्तव्य हो, गोदावरीस्थित बोटानिकल गाडेर् न । जंगलले घेरिएको यो बगैंचामा उनीहरु उन्मुक्त रमाउन सक्छन् । कुनैबेला नेपाली फिल्मको क्लाइमेक्स चोभारको डाँडामा पुगेर इन्डिङ हुन्थ्यो । अहिले त्यस आसपासको क्षेत्र प्रेमको उत्कर्षमा पुग्नेहरुको गन्तव्य बनेको छ । बाइकमा हुइँकिँदै कति प्रेमजोडी चोभार डाँडामा पुग्छन् र उन्मुक्त प्रेमालाप गर्छन् । नगरकोट र धुलिखेलको सौन्दर्यले पनि प्रे मजोडीलाई आमन्त्रण गरिरहेको छ । केही तन्नेरीहरु प्रेम साट्नको लागि मठमन्दिर पनि धाउने गर्छन् । भक्ति दर्शनले तानिएर होइन, प्रेम साट्ने सुरक्षित क्षेत्रको खोजी गर्दै उनीहरु त्यहाँ पुग्ने गरेका हुन । शहरीया तन्नेरीहरु मन्दिरको आडमा बसेर आपसमा प्रेमलाप गरिरहेका भेटिन्छन् । भक्तपुर दरबार स्क्वायर होस् वा नजिकैको सिद्धपोखरी, जोडीहरु प्रशस्तै भेटिन्छन् । यस्तै, पशुपतिनाथ, स्वयम्भु, बौद्धनाथजस्ता मठ मन्दिरलाई युगल जोडीले डेटिङ पो इन्टमा रुपान्तरण गरिरहेका छन् । उपत्यका बाहिरको कुरा गर्दा पोखरा, प्राकृतिक रमणीयताले भरिपूर्ण शहर हो । यो शहरमा थुप्रै स्पट छन जहाँ तन्नेरीहरु डेटिङ जान्छन् । त्यसमध्ये पनि वेगनास तालमा रमाउने प्रेमजोडी बग्रेल्ती देखिन्छन् । यस्तै, धरानबाट पहाडतिर उक्लिएपछि भेटिने भेडेटार प्रेमजोडीको रोज्जा डेटिङ स्पट हो । तराईको गर्मी छल्न मात्र होइन, प्रेमको तिर्खा मेट्न पनि थुप्रै तन्नेरी भेडेटार पुग्छन् । आसपासमा देखिने हिम शृंखला, पूर्वपश्चिम फैलिएको चारकोसे झाडी, तर ाईका सुन्दर फाँट र गोधुली साँझको मनमो हक दृश्यले यो ठाउँलाई प्रेममैत्री बनाएको छ । राप्ती किनारबाट सूर्यास्तको दृश्य नियाल्दै प्रेम साट्न सौराहा पुग्ने जोडीहरु पनि प्रशस्तै हुन्छन् । तन्नेरीका लागि लो भलाग्दो लभ पोइन्ट हो यो । राप्ती किनार मा कुम जोडेर प्रेमलाप गरिरहेका दृश्य नौ लो लाग्न छाडिसकेको छ । इलामको कन्याम पनि अघोषित डे टिङ डेस्टिनेसन हो । चियाको बुट्यानमा लुकामारी खेल्दै प्रेम साट्न प्रेमजोडीहरु कन्याम पुग्ने गर्छन् । थुम्का थुम्कीमा लगाइएको कलकलाउँदो चिया बगान, निर न्तर बहकिने शीतल हावा अनि हावाको झोंका ठोक्किएर सल्लाका रुखबाट निस्कने एकनासको आवाजले प्रेममय मनमा थप रौनकता भरिदिन्छ । तराईमा डेटिङ स्पटका रुपमा हिजोआज पनि प्रेमजोडी खे त(खलिहान या नदी किनारतिर जान छाडे का छैनन् । कोही ‘गन्नाको खेत’को बीचमा छेलिएर प्रेम साटिरहेका हुन्छन् भने कोही खेतको ढिकमुन्तिर बसिरहेका हुन्छन् । अनि कोही नदी किनारमा । बुटवलका प्रेम जोडी तिनाऊपारि को मणि मुकुन्द सेनको दरबार (फुलबारी पार्कमा रमाइरहेका भेटिन्छन् । कोही भने चिडिया खोलापारि सिद्धबाबा मन्दिर वरिपरि घुमिरहेका हुन्छन् ।

Posted on: 2018-Mar-29

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar