19 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

नेपालमा बिट क्वीन कारोवारमा ठुुलो गिरोह सक्रिय

24 - Oct-2017, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 नेपालमा बिट क्वीन कारोवारमा ठुुलो गिरोह सक्रिय
सिआईबीद्धारा पहिलो पटक कारोवारमा संलग्न सात व्यक्तिहरु पक्राउ युवा हुंकार व्युरो काठमाडौ असोज  नेपाल पनि गैरकानुुनी मानिएको बिट क्वीनको कारोवारमा राष्टिय तथा अन्तराष्टियस्तरका ठुलो गिरोह सक्रिय रहेको फेला परेको छ । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले नेपाल मै पहिलो पटक बिट क्वीनको कारोवारमा संलग्न भएको आधारमा सात जना व्यक्तिहरुलाई पक्राउ गरेपछि यस्तो रहस्य खुुलेको हो । व्युरोका प्रहरी उपरिक्षक जीवन कुुमार श्रेष्ठका अनुसार नेपालमा पनि बिट क्वीनको कारोवार हुुने गरेको भन्ने जानकारीको आधारमा अनुसन्धान गर्दे जाँदा ति व्यक्तिहरु पक्राउ परेका हुुन ।  पक्राउ पर्नेहरुमा सिन्धुली कल्पवृक्ष वडा नम्वर चार घर भई हाल काठमाडौ महानगरपालिका बानेश्वर बस्ने ३८ बर्षिय ज्ञान प्रसाद पौडेल, अर्गााखाँची घरर भई हाल  काठमाडौको बानेश्वर बस्ने ३४ बर्षिय  माधव खनाल, काठमाडौ जिल्ला घर घई कामनपा भाटभटेनी वडा नम्वर चार बस्ने २५ बर्षिय प्रशान्त प्रताप शाह, नुुवाकोटको बेलकोटल घर भई काठमाडौ कलंकी बस्ने २४ बर्षिय बिन्दा ढकाल, सिन्धुुपाल्चोकको हेलम्वुु गाँउपालिका वडा नम्वर सात घर भएका ४४ बर्षिय मिङमार तामाङ, काठमाडौ जिल्ला घर भई ललितपुर हरिसिद्धी बस्ने दमन बस्नेत र रुपन्देही जिल्लाको रुपन्देही उपमहानगरपालिका ११ बस्ने मनिष कुमार गिरी रहेको प्रहरी उपरिक्षक श्रेष्ठले बताएकाछन । श्रेष्ठका अनुसार ति व्यक्तिहरुलाई काठमाडौ र चितवनको बिभिन्न स्थानबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट बिट क्वीन कारोवारको लागि प्रयोग गरिने मोवाईल र ल्यापटप समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।  पक्राउ परेका सबै व्यक्तिहरुउपर नेपाल राष्ट्र बैक ऐन २०५८ बमोजिम अनुसन्धान भईरहेको छ । प्रहरी उपरिक्षक श्रेष्ठ क्रिप्टोकरेन्सी एक विश्वव्यापी डिजिटल भुक्तानी प्रणाली हो । हाल विश्वमा ११ सय भन्दा बढी यस्ता क्रिप्टोकरेन्सी प्रचलनमा रहेका छन् ।  ओपन सोर्स सफ्टवेयरको रुपमा सातोसी नाकामोतो को नाममा सन् २००९ मा इन्टरनेटमा बिटकोइनको प्रयोग सुरु भएको हो । नेपालमा यसको प्रयोग सन् २०१३ तिर शुरु भएको बुझिन्छ । सन् २००९ मा १० सेन्टमा सुरु भएको बिट क्वनीको कारोवार हाल ४४३९३ सम्म पुगेको छ । यसको कारोबारमा कुनै बैंक वा मध्यस्थकर्ताको आवश्यकता पर्दैन र कारोवार गर्ने व्यक्तिहरुको पहिचान खुलाउन पनि जरुरी हुँदैन । यसको कारोवारमा कुनै सेवा शुल्क नलाग्ने, प्रयोगकर्ताको पहिचान नखुल्ने र करको दायराभित्र पनि नपर्ने देखिन्छ ।  बिकसित राष्ट्रहरुमा यस्तो कारोवार बढ्दै गएको भएपनि नेपालमा भने आवस्यक कानुुन समेतको अभावमा बिट क्वीनको कारोवारलाई गैर कानुुनी मानिंदै आएको छ । राष्ट्र बैकले केही समय अघि मात्र बिट क्वीन कारोवारको सम्वन्धमा परिपत्र जारी गर्दे यसको कुुनै बैधानिकता नभएकोले यस्तो कारोवार नगर्न, नगराउन निर्देशन दिएको थियो ।   

Posted on: 2017-Oct-24

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.

ECONOMY


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar