23 Apr
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

शुक्रबार नै किन हुन्छ धेरै अपराध ?

9 - Oct-2017, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 
शुक्रबार नै किन हुन्छ धेरै अपराध ? जवानीको मुल्य पाँच सय रुपैयाँ देखि पाँच हजार रुपैयाँसम्म शोभन बस्नेत राजधानी काठमाडौमा शुक्रबार सबै भन्दा बढी आपराधीक घटनाहरु हुुने गरेकाछन । मानिसहरु हप्तादिनको कामबाट तनाव मुक्त हुन एक दिन गुड फ्राइडे मनाउन रेष्टुरेण्ट वा अन्य कतै पुगेका हुन्छन तर सन्जोगवश त्यसैदिन अपराधीहरुले पनि आफ्नो समयलाई रेष्टुरेण्ट वा त्यस्तै शान्त स्थानलाई अखडा बनाउछन् । जसको कारण दुइ पक्षवीच सामान्य विवाद हुदा पनि अपराधमा परिणत हुन्छ । प्रहरीको विश्लेषण हेर्ने हो भने पनि शुक्रबार र शनिवार धेरै अपराध कर्महरु हुने गरेका छन् । आइतबार र सोमबार भने अरु बारको तुलनामा कम अपराध भएको छ । महानगरीय प्रहरी आयुक्ता कार्यालयले दिएको तथ्यांक अनुसार शुक्रबार र शनिवार सय प्रतिशतमा १६–१६ प्रतिशतका दरले अपराध भएको पाइएको छ भने बिहिबार, बुधबार र मंगलबार १४–१४ प्रतिशतका दरले आइतबार र सोमबार १३–१३ प्रतिशतका दरले अपराध भएको पाइएको छ ।   नेपाल प्रहरीको यो तथ्यांक अनुसार काठमाडौं उपत्यकामा भएका अपराधलाई समयका आधारमा हेर्दा साँझ ६ बजेदेखि राती १२ बजेसम्म सबैभन्दा धेरै अपराधका हुने गरेको छ । सबैभन्दा कम अपराध बिहान ६ बजेदेखि मध्यान्न बाह्र बजेको समयमा भएको छ । आंकडा अनुसार बिहान ६ बनेदेखि १२ बजेसम्म १२ सय ८० घटना भएका छन्, दिँउसो १२ बजेदेखि साँझ ६ बजेसम्म १६ सय १२ घटना भएका छन् । यस्तै साँझ ६ बजेदेखि राती १२ बजेसम्म १६ सय १५ घटना भएका छन् । यस्तै राती १२ बजेदेखि बिहान ६ बजेसम्म १३ सय ३७ वटा अपराधका घटना भएका छन् । अपराधका धेरै कारणहरु रहेका हन्छन । यसमध्ये एउटा कारण गरिबी र बेस्वावृति हो । न्यूरोडको भूगोल पार्क, सुन्धारा, रत्नपार्क, मैतीदेवी मन्दिर पछाडि, रातोपुल पछाडि, जडिबुटी, सिनामंगल लगायतका ठाउँहरुमा बेश्याबृत्ति बारे बोलकबोल हुने र नजिकैको गेष्टहाउसमा कारोवार समेत हुने गरेको भएपनि प्रहरीको ध्यान केन्द्रीत हुनसकेको छैन । कतिपय ठाउँहरुमा पार्क भित्रै बेलुका ६ बजेपछि वेश्याबृत्ति सुरु हुने गरेको छ भने कतिपय ठाउँहरुमा फ्ल्याट भाडा लिएर वेश्याबृत्ति हुने गरेको छन् । वेश्याबृत्ति खुलेआम भएपछि प्रहरीले देखे पनि नदेखे जस्तो गरेर हिड्दै गरेको एक पीडितहरुले गुनासो गरेका छन् । भूगोल पार्कभित्र बेलुका ६ बजेदेखि राती १० बजेसम्म रुपमा १२ देखि २५ वर्षका युवतीहरु वेश्याबृत्तिमा संलग्न हुदै आएको न्यरोड गेटका एक व्यापारी बताउछन । त्यस्तै राजधानीको मैतीदेवि मन्दिर र रातोपुल पछाडि केही महिलाहरुले फ्ल्याट भाडामा लिएर वेश्याबृत्ति गर्दै आएको जानकारी एक पीडित पुरुषले बताएका छन् । उपत्यकामा खुलेआमा वेश्याबृत्ति हुने ठाउँहरु मैतीदेवी, रातोपुल, जुडिबुटी, सुन्धारा, भूगोल पार्क, सिनामंगल, गंगबु, सामाखुसी, ठमेल, नयाँ बस पार्क र पुरानो बस पार्क लगायतका एरियाहरुमा हिडिरहेको पुरुषहरुलाई वेश्यावृत्ति गर्ने महिलाहरुले  पाँच सय रुपैयाँ देखि पाँच हजार रुपैयाँसम्म लिने गरेको भएपनि प्रहरीको भूमिका शून्य रहेको छ । वेश्याबृत्तिलाई बढाउन क्याबिन, डान्स, डिस्को लगायतमा काम गर्ने महिलाहरु बढि रुपमा देखिएका छन् ।    

Posted on: 2017-Oct-9

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar