25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

संकटमा नयाँ शक्ति

30 - Aug-2017, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 
  संकटमा नयाँ शक्ति नेता कार्यकर्ता सबै लाखापाखा बिचमा बुुढाबुुढी  युवा हुंकार व्युरो काठमाडौ साउन  डा. बावुराम भट्राईको नयाँ शक्ति पार्टी संकटमा परेको छ । धुमधामकासाथ र यही चुनावमा बहुमत ल्याउने दावी गरेको नयाँ शक्तिमा बावुराम र उनकी पत्नी हिसिलायमि मात्र बाकी रहेका छन । सवैले छोडदै जादा र यो बेला सम्म आइपुदा उनका सवैभनदा निकट मानिएका  देवेन्द्र पौडेलले पनि छाडे । यसैकारण उनले पौडेल सहितका १५ नेतालाई स्पष्टिकरण सोधेका छन । यसको अर्थहो अव उनीसंग कोही पनि रहेनन यो दम्पत्ति बाहेक । राजनीति ठीक ठाउमा भएन भने भावनात्मक रुपले संगठन चल्दो रहेन छ भन्ने नया खुलने हरुका लागि यो एउटा पाठ हुनु पर्छ । यही क्रम बढदै गए एकदिन उनलाइ हिसिलालेपनि छाडेको समाचार आउन सक्त छ । उनको गनतव्य त्यतै तिर लागेको देखापर्ने थालेको छ । पौडेलसहितका नेताहरुले आफू निराश भएको भन्दै पूर्व माओवादीहरुबीच ध्रुविकरण गर्न केही पहिले आहृवान गरेका थिए । प्रष्टिकरणमा पार्टी बैठकमा कुनै फरक मत नराखेको तर, पत्रकार सम्मेलन गरेर पार्टीको विचार, नेतृत्व र कार्य्दिशाबारे भ्रामक धारणा सार्वजनिक गरेको भन्दै नयाँ शक्तिले २४ घन्टे स्पष्टिकरण सोधेको हो । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले भन उहाँहरुको राजनीतिक उद्देश्य र नियतप्रति पार्टीलाई गम्भीर आशंका उत्पन्न भएको छ । उहाँहरुले चाहेको के हो २४ घण्टाभित्र प्रष्ट गर्न स्पष्टीकरणपत्र समेत पठाइएको छ । पार्टी र असन्तुष्ट नेताहरुको बुझाइबीच कुनै जोडकोणको भिन्नता भए छलफल गर्न सकिने तर, पार्टीको वैकल्पिक राजनीतिक चरित्र र पार्टीहित विपरित हुने अवसरवादी सोचलाई सहन नसक्ने बाबुरामको भनाइ छ । तर सहने नसहने भन्नेकुरा जव पार्टीमा दोस्रो व्यक्ति रहे हुने हो । त्यस्ता व्यक्रिनै नरहे उनलेकेकार्वाही गर्लान बुझन सकिन्छ ।    बारामको एक्लै हिड्दै गरेको फोटो राख्ने किन छाडे नेता तथा कार्यकर्ताहरुले डा. बाबुराम भटरालाई सवैले छोडेर जानुुको कारण उनभित्रको बैचारिक अष्पटता देखिएको छ । उनी पार्टी निर्माणको अभियानदेखि नै दुई धारको चेपुवामा परे । माओवादी पृष्ठभूमिबाट गएका नेताहरूका माक्र्सवादी रुझान र गैर(माक्र्सवादी र ब्युरोक्रेसीबाट राजनीति सुरु गर्न खोजेका शक्तिको फरक धार थियो त्यसवेला । यो धारकामध्यो उनलाइ धेरैले पहिले नै छाडेका थिए भने माओवादी पृष्ठभूमिकाले पनि पयसरी छाडन थाले भने अव बाबुराम कहा रहे भनने प्रश्न उठछ नै । नयाँ शक्ति गठन हुदा नै उनले भनेका थिए यो पार्टी  कुनै वाद र दर्शनमा आधारित हुने छैन । जव कुनैवाद र दर्शन नै हुदैन भने एउटा व्यक्ति छत उभिन सक्तैन भने एउटा दल कसरी जिवन्त रहनसक्ला भनने तयतिखेर नै प्रश्न गरिएको थियोभने अव तयो व्यवहारमा नै प्रकट भयो ।    द्धन्द्धकालको बावुरामको पुरानो फोटो खोजेर राख्ने डा. बावुरामको अबको बाटो डा. बावुराम भट्राई पछिल्लो समय उनी एउटा राजनीतिक दलभन्दा कुनै आकार प्रकार नभएका व्यक्तिमा परिणत भए । हलबाट संविधान घोषणा गर्ने र बाहिर आउन साथ तयसको विरोध गर्नेकाम बाट उनको दल जन्मिएको थियो । जुन उद्देश्यसाथ नयाँ पार्टी निर्माण गर्न खोजिएको थियो, त्यसको उल्टो अभियान बढयो यसपछि । यति खेर उनी न माक्र्सवादी नसाम्यवादी न उनी आफैले गरेको जनयुद्धक पक्षपाती न पहचिानवादी केहुन भनने नै देखिएन । वैचारिक राजनीतिक विषयमा भट्टराईको विद्वतामाथि अति विश्वासपात्र मानिएकै देवेन्द्र पौडेललगायत नेताले प्रश्न उठाएको यो अवस्थाले त झनै उनको व्यक्तिगत पहिचान सकेत गुमेको अवस्था छ  । पार्टीको विचार, कार्यदिशा र नेतृत्वमा अलमलमा रहेको प्रश्न पौडेलले उठाएपछि अहिले भट्टराईले पौडेललगायत १५ जनालाई २४ घन्टे प्रस्टीकरण सोधे । यो भनेको आफैले आफैलाइ देवत्वकरण गर्नेखोज्नु हो जसले उनैलाइ सिध्याएको  अवस्था हो यो । यस अघि पौडेलले नेता वामदेव क्षत्रीलाई साथमा लिएर भट्टराईसँग आफूहरूले नयाँ राजनीतिक बहस सुरु गर्न लागेको जानकारी दिएका थिए । पौडेल पक्षले आफूहरूलाई कारबाही गरे नयाँ कोर्स सुरु गर्न सजिलो हुने ठानेर २६ साउनमा पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेका थिए ।     

Posted on: 2017-Aug-30

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar