25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

मनास्लु र ओम विकास बैंक गाभिए

20 - Apr-2017, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 मनास्लु र ओम विकास बैंक गाभिए
उत्सव गिरी गोरखामा कार्यालय रहेको क्षेत्रियस्तरको मनास्लु विकास बैंक लि. र पोखराको ओम डेभलपमेण्ट बैंक लि. एक आपसमा गाभिएका छन् । गोरखामा प्रधान कार्यालय रहेको मनास्लु विकास बैंकको विशेष साधारणसभाले उक्त बैंक एकआपसमा गाभिने निर्णय गरेको छ ।  मनास्लुुको विशेष साधारणसभाले उक्त निर्णय गरेको हो । गोरखा, तनहँु र चितवन गरी तीन जिल्ला कार्यक्षेत्र रहेको बैंकले कार्यक्षेत्रभित्र राम्रो प्रभाव पार्न सफल भएको भन्दै वर्तमान वित्तीय बजारको आवाश्यकता, नीतिगत व्यवस्थालगायतका पक्षहरुलाई आत्मसात् गरी ओम डेभलपमेण्ट बैंक लि.सँग मर्जरमा जाने निर्णय गरेको छ । बैंकको विशेष साधारणसभाले बैंकहरु गाभ्ने÷गाभिनेसम्बन्धी प्रस्तुत विशेष प्रतिवेदन, मनास्लु विकास बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेड एक आपसमा गाभ्ने (मर्ज गर्ने) प्रयोजनका लागि डीडीए प्रतिवेदनको आधारमा निर्धारण गरिएको सेयर आदानप्रदान अनुपातलाई पारित गरेको छ ।  यस्तै, ‘मर्जर’ सम्बन्धमा भएका सहमतिपत्र, सम्झौताहरुको अनुमोदन गर्ने, मर्जर गर्ने प्रयोजनका लागि पाँच वर्षको व्यावसायिक योजना तथा प्रक्षेपण पारित गर्ने, मर्जर सम्बन्धमा कुनै विशेष थप संशोधन गर्न नियमनकारी निकाय वा कार्यालयबाट कुनै निर्देशन दिएमा सो समेत मिलाई संशोधन गर्न तथा मर्जर सम्बन्धमा गर्नुपर्ने अन्य सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेलगायतका विशेष निर्णयहरु सभाले सर्वसम्मतिमा पारित गरेको छ । बैंकले चालू आ.व. २०७३÷०७४ को पुस मसान्तसम्ममा दुई अर्ब २४ करोड ५१ लाख रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ९३ करोड कर्जा लगानी गरी चार करोड ८२ लाख सञ्चालन मुनाफा कमाउन सफल भएको छ ।  बैंकको हाल केन्द्रीय कार्यालयसमेत १० वटा शाखा कार्यालयहरु र एउटा एक्स्टेन्सन काउन्टर सञ्चालनमा रहेका छन् भने बैंकको खराब कर्जा शून्य रहेको छ । नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपश्चात् यथा सम्भव संयुक्त कारोबार सञ्चालन गर्ने योजनामा रहेका दुवै बैंकको चालू आवको पुस मसान्तसम्मको तथ्यांकलाई आधार मान्दा मर्जरपश्चात् बन्ने राष्ट्रियस्तरको विकास बैंकको १५ अर्ब २४ करोड निक्षेप, १३ अर्ब २७ करोड कर्जा लगानी, ३४ करोड ८२ लाख सञ्चालन मुनाफा, ४२ वटा शाखा कार्यालय, छवटा एटीएम सेन्टर, एक लाख ६० हजार ग्राहक संख्या तथा तीन सय ४० जना कर्मचारी पुग्नेछन् । 

Posted on: 2017-Apr-20

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar