भिओआईपी बिरुद्धको अपरेशनमा प्रहरी सक्रिय
7 - Dec-2016, Posted by: Yuwahunkar | COMMENTS: 0
भिओआईपी बिरुद्धको अपरेशनमा प्रहरी सक्रिय
युवा हुंकार व्युरो काठमाडौं, कात्तिक भिओआईपी प्रकरण बिरुद्धको अभियानमा प्रहरी शक्रियरुपमा लागेको छ । हालसम्म प्रहरीले भिओआईपी प्रकरणमा स्वदेशी तथा बिदेशी समेत गरी दर्जनौं व्यक्तिहरु पक्राउ गरिसकेको छ भने संयौको संख्याको यस्तो प्रकरणमा प्रयोग हुने उपकरणहरु पक्राउ गरिसकेको छ । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले भिओआईपी बिरुद्धको अपरेशन कै क्रममा पछिल्लो पटक नेपाल टेलिकमको अप्टिकल फाइबरजडित ई–वान पीआरआई प्रविधिलाई दुरुपयोग गरी अन्तर्राष्ट्रिय गिरोहसँग मिलेमतो गरी अवैध कल बाइपास गर्ने सञ्चालक काठमाडौं महानगरपालिका–१ नक्साल बस्ने रविराज सिंहलाई पक्राउ गरेको छ । सिंहले श्रीलंकन नागरिकसँग मिलेमतो गरी नेपालमा लाइन फोनबाट अवैध कलबाइपास गर्ने गरेको तथ्य खुलेपछि सिआईबीले सिंहलाई पक्राउ गरेको हो । सिआईबीका अनुसार सिंहले नुवाकोटका कान्छा गुरुङको नाममा अनलाइन बिजनेस गर्ने प्रयोजनका लागि रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वरबाट गत साउनमा मात्र कम्पनी दर्ता गर्न लगाएका थिए । पानीपोखरीस्थित डेरा लिई उनले अवैध कल बाइपासको उपकरण जोडी एक पटकमा एक सय २० वटा लाइनमा कल बाइपास गर्न सक्ने बनाएका थिए । सिंहले बडा दशैंको विदाको मौका पारी फूलपातीको अघिल्लो दिनदेखि कल बाइपास गरिरहेको खुल्न आएको छ । नेपाल टेलिकमले उल्लिखित सेवा व्यक्तिलाई नदिने भएकाले सो सेवा लिने प्रयोजनकै लागि कम्पनी स्थापना गरेको समेत खुलेको छ । सिंहलाई पक्राउ गरी निजको नक्सालस्थित घर खानतलासी गर्दा सो अवैध कल बाइपासका लागि राखेको विभिन्न दस्तावेजहरु समेत बरामद भएको थियो । श्रीलंकन नागरिक नेपाल आई अवैध भीओआईपी जडान गरेर श्रीलंका फर्केपछि मात्र निजले कल बाइपास सञ्चालनमा ल्याएका थिए । पक्राउ प्रतिवादीलाई नेपाल दूरसञ्चार ऐन २०५३ बमोजिम आवश्यक कारबाही भइरहेको छ । सिंह यसभन्दा पहिले पनि विदेशीहरुसँग मिली नक्कली भारुको कारोबार गरेको अभियोगमा पक्राउ परी खोटाचलन मुद्दामा काठमाडौ जिल्ला अदालतबाट पुर्पक्षका लागि दुई वर्ष जेलजीवन व्यतित गरी सफाइ पाएका व्यक्ति हुन् । केन्द्रीय अनुसन्धान ब्युरोले अवैध भीओआईपीविरुद्ध हालसम्म ९२ स्थानहरुमा भएको कारबाहीमा नेपाली एक सय सात जना र विदेशी ३१ जना गरी एक सय ३८ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याएको जानकारी दिएको छ । पक्राउ परेका अभियुक्तहरुविरुद्ध हालसम्म ११ अर्ब ६७ करोड ५६ लाख १८ हजार आठ सय ७४ रुपैयाँको बिगो मागदाबी लिई अदालतमा मुद्दा दायर गरेको छ । कारबाहीमा हालसम्म विभिन्न दूरसञ्चार कम्पनीहरुका २२ हजार थान सिमकार्डहरु र भीओआईपीमा प्रयोग हुने आधुनिक उपकरणहरु समेत बरामद गरी जफत
Posted on: 2016-Dec-7

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story