16 Apr
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

युरोपको चरा नेपालमा

6 - Dec-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
युरोपको चरा नेपालमा  युवा हुंकार व्युरो काठमाडौ कात्र्तिक  प्राकृतिक शौन्दर्यले भरिपुर्ण नेपालमा उत्तरी क्षेत्रमा चराहरु बसाई सरेर नेपाल झर्न थालेकाछन । नेपाल पक्षीविद् संघका अनुसार हिमाली क्षेत्र र उच्च उचाइमा बस्ने चरा जाडो छल्न तल्लो सतहमा आउन थालेका हुन् । जुलोजिकल सोसाइटी अफ लन्डनका नेपाल प्रतिनिधि तथा नेपाल पक्षीविद् सङ्घका अध्यक्ष डा हेमसागर बरालका अनुसार अहिले दक्षिणबाट आएका चरा फर्कने र उत्तरी क्षेत्रबाट चरा आउने क्रम चलिरहेको छ । उहाँका अनुसार जाडोमा आउने करिब ७० प्रतिशत चरा नेपाल भित्रिसकेका छन् । तिब्बत, चिन, मङ्गोलिया, साइबेरिया, काजकिस्तानलगायत पूर्वी युरोपबाट समेत केही चरा यो समयमा नेपाल आउने बरालको भनाइ छ । आएका चरा चैत वैशाखमा फर्कने र फेरि दक्षिणका चरा आउने क्रम चल्छ । अहिले आउनेमा जलमा आश्रित चरा हुन् । “नेपालमा चार प्रजातिका हाँसमात्रै रैथाने छन, बाँकी १५, २० प्रजातिका हाँस यो समयको आगन्तुक नै हुन”, डा बराल ले भने – “नेपालको घाँसे मैदान, जल तथा जमिन सबै क्षेत्रमा बस्ने चरा बसाइँ सरेर आउने गरे पनि बढी जलाशयमा बस्ने चरा भने जाडो छल्न आउँछन् ।” असोजबाट नै चरा बसाइँ सर्न थालेको र अहिले यो क्रम तीव्र बनेको नेपाल पक्षीविद् सङ्घका मध्यमाञ्चल संयोजक तथा बर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष बासु बिँडारीले बताएकाछन । जाडो समयमा चितवनलगायत नेपालको तल्लो तहमा उनीहरु जाडोमा समय बिताउने गर्छन् । चखेवा, कालो गरुड, सेतो गरुड, ग्रिन स्याँक, प्लोभर, खोया हाँसलगायतका चरा बसाइँ सरेर आइसकेको अध्यक्ष बिँडारीको भनाइ छ । खोया हाँस उच्च हिमाल नाघेर आउने गरेको छ । यी चरा मुख्यगरी चार हजार मिटरभन्दा माथिका हुन् । हिमाली क्षेत्रबाट बसाइँ सरेर आएकामध्ये धेरै चरा समुद्र सतहबाट ८० देखि दुुई सय मिटरको हाराहारीमा आएर बस्ने चरा हुन् । चितवनलगायत तराई क्षेत्रमा अहिले कालीगण्डकी हुँदै चरा आइरहेका छन् । आएका चरा चितवनको राप्ती, नारायणी, कर्णाली र कोसी नदीमा पुग्छन् । लाङ्टाङ क्षेत्रबाट बढी चरा आइरहेको विज्ञ बिँडारी उल्लेख गर्नुहुन्छ । यो समयमा करिब एक सय ५० देखि एक सय ८० प्रजातिका चरा बसाइँ सरेर तल्लो तहमा आउने गरेका छन् । जाडो छल्ल हिमालमा पाइने चरा मध्य भागमा र मध्य भागका चरा तल्लो तहमा झर्छन् । चराको बसाइँ–सराइ अवलोनका लागि विदेशीसहित नेपाली चरा विज्ञहरु पश्चिम नेपालको अस्ट्रेलियन बेसक्याम्प ठूलो खर्क भन्ने स्थानमा पुगेका छन् । जाडो छल्न आउने चराको अवलोकनका लागिसमेत पर्यटक आउने गरेका छन् । जैविक विविधता सन्तुलनको अवस्था चराको उपस्थितिले जानकारी पाउन सकिने चरा विज्ञहरुको भनाइ छ । नेपालमा अहिलेसम्म आठ सय ८४ प्रजातिका चरा फेला परेका छन् । तीमध्ये ६३२ प्रजातिका चरा चितवनमा पाइएका छन् । त्यसैले चितवन राष्ट्रिय निकुञ्ज, यहाँको संरक्षित ताल, नारायणी र राप्ती नदी तथा पहाडी क्षेत्र चरा अवलोकनका लागि महत्वपूर्ण गन्तव्य मानिन्छ । चितवन निकुञ्जमा जङ्गली जनावर अवलोकनका साथै चरा अवलोकनका लागि समेत ठूलो धनराशि खर्चेर विदेशबाट पर्यटक आउने गरेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बताउनुहुन्छ । तर चरा पर्यटनको नेपालमा पर्याप्त सम्भावना भए पनि सरकारी तहबाटै विशेष योजनाका साथ अघि बढ्नुपर्ने चरा विज्ञ डा बरालले बताए । सरकारी पहल प्रभावकारी नभए पनि पर्यटक नजानिँदो रुपमा चरा अवलोनका लागि आउने गरेको उनले बताएकाछन । सौराहास्थित क्षेत्रीय होटल सङ्घका महासचिव राममणि खनालले चितवनमा चराको पर्यटनको सम्भावना राम्रो रहेको बताएकाछन ।     

Posted on: 2016-Dec-6

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar